Showing posts with label Entertainment. Show all posts
Showing posts with label Entertainment. Show all posts

दुबै तातेपछि सेक्स गर्न मझा

Friday, December 14, 2012 | comments

निर्माणाधीन ‘हमेसा चलचित्रमा नायिका रेखा थापासँग अभिनय गरेका उदीयमान नायक सवीन श्रेष्ठले अहिलेसम्म विवाह गरेका छैनन् । तर, कृष्णप्रसाद भट्टराईले भनेजस्तै उनी अविवाहित भए पनि ‘कुमार’ चाहिँ हैनरै’छन् । पहिलो चुम्बन र यौनको अनुभवबारे अनलाइनखबरको प्रश्नमा नायक श्रेष्ठ भन्छन्- ‘केटा मान्छे भएपछि चुम्बन, सेक्स त अवश्य हुन्छ नै । तर, चुम्बन गर्नेबेला अलिकति आवेशमा आउने भएकाले याद नभएको होला ।’ यद्यपि नायक श्रेष्ठ कथाले माग्यो भन्दैमा बेडसिन भने नदिने पक्षमा छन् । भर्खरै एक युवतीसँग दोहोरो प्रेममा डुबेका श्रेष्ठ आफूलाई रेखा थापा, श्रृष्टि श्रेष्ठ र सदीक्षा श्रेष्ठ खुबै ‘सेक्सी’ लाग्ने बताउँछन् ।


हमेसा कस्तो सिनेमा हो ?
यो एक लभस्टोरी र द्वन्द्वप्रधान सिनेमा हो । मैले यो सिनेमामा राम्रै काम गरेको छु जस्तो लाग्छ ।
प्राय सिनेमामा रेखा थापासँग देखिनुहुन्छ, जोडी कहिलेसम्म जम्ला ?
मलाई त लामै समयसम्म जम्छ जस्तो लाग्छ । उहासँग काम गर्न सजिलो पनि लाग्छ मलाई ।
तपाईलाई आफू कस्तो मानिस हुँ जस्तो लाग्छ ?
म सादा जीवन, उच्च बिचार बोकेको मानिस हँु । १२ बर्षदेखि यो क्षेत्रमा संघर्षरत छु । म एक मिहिनेती मानिस हुँ ।
रेखाभन्दा बाहिरको ब्यानरमा नजम्नु भएको हो ?
होइन, मैले नायिका बिनिता बरालसँग फुलस्टपममा पनि काम गरें । जम्न त मेरो जोडी विनितासँग पनि जमेकै हो । तर, व्यापार गर्न सकिएन ।
एक्लै हुँदा युवतीबारे कत्तिको सोचिन्छ ?
स्कुल पढ्दा त खुबै सोच्थे । तर ,अहिले करिअरको बारेमा बढी सोच्ने भएकाले पनि त्यता खासै ध्यान जाँदैन ।
पुस्तक पढ्ने बानी कत्तिको छ ?
पुस्तक पढ्ने बानी छ । पल्पसा क्याफे बल्ल पढ्दैछु । जोक्स, म्यागजिन पढिरहेको छु । पुस्तकहरु खुबै पढ्छु ।
कस्ता युवतीले आकर्षण गर्छन् ?
आँखा राम्रो र नशालु भएका, हातका औंला लामा भएका र सफा युवतीले खुबै लोभ्याउँछन् ।
प्रेम कत्तिको गरियो ?
दोहोरो प्रेम त खासै भएको छैन । तर, भर्खर-भर्खर परेको छु ।
कति भयो प्रेम गर्न थाल्नुभएको ?
हाम्रो प्रेम भएको १ बर्ष भयो होला । उनलाई मनाउन खुबै गाह्रो भयो मलाई । तर, मनपरेकाले आफ्नो नबनाई रहनै सकिँन ।
पहिलो चुम्बन याद छ ?
खासै याद गरेको छैन । केटा मान्छे भएपछि चुम्बन, सेक्स त अवश्य हुन्छ नै । तर, चुम्बन गर्नेबेला अलिकति आवेशमा आउने भएकाले पनि याद नभएको होला ।
पहिलो सेक्स कति बर्षको उमेरमा भयो त ?
म यस्तै २४ बर्षको थिएँ होला, जतिबेला मैले सेक्सको अनुभव गरेको थिएँ ।
नायक भएपछि युवतीले कत्तिको प्रस्ताव गर्छन् ?
प्रेम प्रस्तावभन्दा पनि कामलाई मनपराउँछन् । तर, मलाई सवीन मनपर्छ भनेर मरिहाल्दैनन् ।
आफ्नो अंगमा कुन मनपर्छ ?
मलाई आँखा खुबै मनपर्छ । मेरो आँखाको रंग परिवर्तन भैराख्छ भन्छन् ।
नेपालका तीन सेक्सी युवती को-को लाग्छन् ?
रेखा थापा, श्रृष्टि श्रेष्ठ, सदीक्षा श्रेष्ठ मलाई खुबै सेक्सी लाग्छन् ।
विश्वमा कुन सेलिब्रेटी देख्दा आफुमा सेक्स डिजाइर भएको जस्तो लाग्छ ?
करिना कपुर र ऐश्वर्या राय देख्दा मन नै थाम्न सक्दिन ।
अब नेपालका को-को कलाकारसँग काम गर्न मन छ ?
सबैसँग मन लागेको छ । तर, मिस नेपाल श्रृष्टि श्रेष्ठ सिनेमा क्षेत्रमा आउनुभयो भने उहाँसँग काम गर्न मन लागेको छ ।
के मनपर्छ श्रृष्टिको तपाईलाई ?
उहाँको आँखा र ओठले खुबै लोभ्याउँछ ।
अब कस्तोखालको भूमिकामा काम गर्न मन लागेको छ ?
आमिर खान टाइपको सिनेमा गर्न मन लागेको छ । आमिरले रंगीला, गजिनीमा निर्वाह गरेको भुमिका मलाई पनि गर्न मन छ । नेपालमा भर्खरै मात्रधन्दामा अर्पण थापाले गर्नुभएको जस्तो भूमिका गर्न मन छ ।
बिहे कहिले गर्ने त ?
बिहे अब ३ बर्षपछि गर्ने सोचाइमा छु । बिहे गर्ने मानिस रोजिसकंे, अब करिअरलाई केही उचाइमा पुर्‍याएर बिहे गर्छु
फिल्म लाईनलाई कस्तो पाउनुभयो ?
मैले सोचेभन्दा धेरै फरक पाएँ । यहा नाम, इज्जत र पैसा छ । अहिले कलाकारहरु सक्षम बन्न सक्ने अवस्था छ ।
सवीन श्रेष्ठले छोटो समयमै आफ्नो पारिश्रमिक बढायो भन्छन् नि ?
मैले त्यस्तो केही पनि गरेको छैन । म काम गरेअनुसारको पारिश्रमिक दिनुहोस् भन्छु । निर्माता बच्यो भने हामी पनि बाँच्ने हो भन्ने सिद्धान्त मेरो छ ।
कस्तोबेलामा सेक्स गर्न मन लाग्छ ?
मलाई मात्र मन लागेर हुँदैन, आफ्नो सहकर्मीलाई पनि मन लाग्नुपर्छ । चिसो मौसममा दुबैजना तातेपछि सेक्स गर्नुको मजा नै बेग्लै छ । आफ्नो सहकर्मीको रुचि जाग्नु पर्यो । चिसो चिसो मौसममा मजा आउँछ । मलाई मात्र इच्छा जागेर भएन ।
सिनेमाभित्र बेड सिन र किस कति हदसम्म दिनुहुन्छ ?
म त्यस्तो सिनेमा गर्दिँन । कथाले मागेअनुसारको म दिन्न ।

प्रस्तुती : बिजय आवाज

गायक सोनु र अभिनेता संजय दत्तको घरमा छापा

Sunday, December 9, 2012 | comments

बलिउडका चर्चित अभिनेता संजय दत्त र गायक सोनु निगमको घरमा भारतीय आयकर विभागले छापा मारेको छ । भारतीय आयकर विभागले शुक्रबारको दिन अभिनेता संजय र गायक सोनुको घरमा छापा मारेपनि खबर भने आजमात्रै सार्वजनिक भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

समाचारका अनुसार विभागले संजय र सोनुलाई लामो बयान समेत लिएको छ । तर, यो कुराको बारेमा संयज र सोनुले भने केही नबताएको जनाइएको छ । संजय दत्त बलिउड अभिनेता हुन् भने राजनीतिक परिवारसँग पनि सम्बन्ध जोडिएका व्यक्ति हुन् । उनले एक फिल्म खेलेको करोड बढी रकम दिने गरेका छन् ।

त्यस्तै सोनु निगम भारतका एक चर्चित गायक त हुँदै हुन् । साथै उनी बलिउडमा सबैभन्दा बढी पैसा कमाउने गायकहरु मध्येमा पनि पर्ने गर्छन् । उनी कन्सर्टका लागि भारत बाहिरका मुलुकमा पनि अधिक जानेमा पर्छन् ।

बलिउडका चर्चित कलाकारका घरमा भारतीय आयकर विभागले छापा मारेको यो पहिलो घटना भने होइन । यसअघि विगत डेढ वर्षअघि नायिकाहरु कैटरिना कैफ र प्रियंका चोपडाको घरमा पनि त्यहाँको आयकर विभागले छापा मारेको थियो ।

सलमानसंग बिहे गर्ने रानी मुखर्जीको भनाइ

Sunday, December 2, 2012 | comments


मंसिर, एजेन्सी ।
बलिउडमा विवाहको सीजन शुरू भैसकेको छ । हालै मात्र सेफ र करीना विवाह बन्धनमा बाँधिएका छन् । बलिउडको ताजा समाचार अनुसार ‘खंडाला गर्ल’ रानी मुखर्जी आफ्ना प्रेमी आदित्य चोपडासंग विवाह गरेर घर बसाउने तयारीमा छिन भन्ने समाचार आइरहेका बेला सूत्रहरूको एक समाचार अनुसार रानी अर्कोतिर खिचडी पकाउँदैछिन् ।

रानीले हालै भारतीय टिभि च्यानल जूमका साथमा एक्सक्लूसिभ कुराकानीका क्रममा आफ्नो मनको कुराको खुलासा गरेकी छन् ।  रानीको विवाहलाइ लिएर अहिले बलिउड विभिन्न अडकलबाजीहरू तथा हल्लाले तातेको छ । उनले आखिर को संग विवाह गर्नेछिन ?

रानीले पनि निकै आश्चर्य गराउने अभिव्यक्ति दिएर आफ्नो मन पर्ने ब्यक्तिका बारेमा खुलासा गरेकी छन् ।  जूमका साथमा हसीमजाकमानै रानीले यो भनिदिइन कि अब उनले सलमान खान संग विवाह गर्नु पर्दछ, जसले गर्दा अहिले भैरहेका हल्लाहरूमा विराम लाग्नेछ ।

उता बलिउडका ‘चुलबुल पाण्डे’ सलमान खानको बिबाहको कुराले पनि अहिले मीडियाहरूमा निकै चर्चा भैरहेको छ, यस्तोमा रानी र सलमानले एक अर्कासंग बिबाह गर्दा हुने भन्ने कुरा पनि निस्किएको छ ।

सबैलाइ थाहै छ, अहिले अमिर खान  सलमानका लागि दुलहीको खोजी गरिरहेका छन् । रानीलाइ के त्यसोभए अब तपाइँ अमिरलाइ मद्दत गर्नुहुन्छ त भन्दा रानीले उनी र  सलमानको साथमा एक छुट्टै एजेन्डा भएको बताइन् ।

यति चाहीँ पक्का छ कि जब रानीको भेट बलिउडका यी मोस्ट एलिजिबल ब्याचलरसंग हुनेछ, त्यतिबेला बिबाह एउटा प्रमुख मुद्दा बन्नेछ ।
-medianp

सेक्सको प्रस्ताब धेरै आउँछ

Saturday, December 1, 2012 | comments

पाँच दर्जन भन्दा बढी म्युजिक भिडीयोहरुमा मोडलीङ्ग गरिसकेकी र चपली हाइट सिनेमा बाट हाईटमा पुगेकी नायिका बिनिता बरालको अर्को सिनेमा फुल स्टप प्रदशन हुने तयारीमा रहेको छ । उनी पटक पटक विभिन्न स्क्यान्डल निकाली चर्चामा आइरहने गर्दछिन् । चपलि हाइटवाट उनको चर्चा निकै हुन थालेको हो ।  उनै बिनिता सगँ गरएकिो कुराकानी ।

१.तपाईको घरमा बोलाउने नाम के हो ?
सानो हुदा बुनु थियो अहिले बिनिता नै हो ।
२.जन्म दिन कहिले कहिले हो कसरी मनाउनु हुन्छ ?
असोज २२ गते हो खासै सेलिबे्रट गर्दिन हीही.. बुढी भए जस्तो लाग्छ तर नयाँ सोच बिचार भने बनाँउछु ।
३.ऐनामा हेर्दा कतिकी रामी्र छु जस्तो लाग्छ ?
म भ्यन्कर राम्री पनि होइन नराम्री पनि छैन ।
४.खाना पकाउने र भाडा माझने मध्ये एउटा रोज्नु पर्दा ?
ही.. ही.. खाना पकाउने ।
५.तपाईलाई कस्ता केटा मनपर्छ ?
मलाई सुन्दर रुप भन्दा पनि सुन्दर मन भएका केटा मन पर्छ ।
६. तपाईसँग भएको महगो भौतिक बस्तु ?
स्कुटर
७. प्रेम पस्ताव कतिको आउछँ ?
आउछ धेरै ।
८. के के भन्छन ?
ह्ट सेक्सी भन्छन तर साह्रै हास्न मन लाग्छ प्रेम त्यसरी हुदैन ब्यतिगत रुपमा बुझनु पर्छ
९. मात्ने गरि पिउनु भएको कुनै क्षण छ ?
म धेरै पिउदिन तर कहिले कहिले काहि ।
१०. के कुराले पछुतो लाग्छ ?
ब्वाइफ्रड बनाएको थे त्यो बे्रकअफ भयो त्यो पछुतो लाग्छ ।
११. सेक्सी लाग्ने तीन पुरुष ?
भुषण दहाल , बाबुराम भट्टराई र किसोर नेपाल ।
१२. सुन्दर पुरुषले सेक्सको प्रस्ताव राखेमा ?
जुता खान्छ ।

पाठेघर क्यान्सरको उपचारका लागि मनिषालाई न्यूयोर्क लगिँदै

Friday, November 30, 2012 | comments

मंसिर, काठमाण्डौ ।
अस्वस्थपछि काठमाण्डौको अस्पताल हुँदै भारतमा पाठेघरको क्यान्सर भएको प्रमाणित पछि अभिनेत्री मनिषा कोइरालालाई थप उपचारका लागि आज न्यूयोर्क लगिने भएको छ । मुम्बईस्थित जसलोक अस्पतालमा स्वास्थ्य परिक्षण गर्दा पाठेघरमा क्यान्सर भएको पुष्टी भएपछि परिवारको सल्लाहमा मनिषालाई उपचारका लागि न्यूयोर्क लगिन लागेको हो ।

मनिषाका पिता प्रकाश कोइरालाका अनुसार मनिषाका साथीको सल्लाहमा परिवारले उनलाई न्यूयोर्क लाने निर्णय गरेको बताइएको छ ।

‘जसलोकका डाक्टरले क्यान्सर प्रारम्भिक अबस्थाको रहेको र भारतमै उपचार संभव रहेको भनेपनि विश्वस्थ हुन नसकेका कारण शनिवार साँझ न्यूयोर्क लैजाने भएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन । प्रकाशका अनुसार मनिषालाई शुक्रबार बिहान जसलोकबाट डिस्चार्ज गरेर घरमा राखिएको छ ।

मनिषालाई न्यूयोर्कस्थित मेमोराइजल स्यालोन क्याटरिन क्यान्सर सेन्टरमा उपचारका लागि भर्ना गर्ने तयारी गरिएको छ । मनिषाका साथमा उनका बाबु, आमा र भाई सिद्धार्थसंगै अमेरिका जाने भएकाछन् ।

आतिफ आज नेपाल आउदै, रंगशालामा धुम मच्चाउने

| comments

पाकिस्तानी मुलका भारतीय गायक आतिफ असलम आज नेपाल आउदैछन् । उनी दिउसो २:४० मा त्रिभुवन विमानस्थलमा ओर्लने कार्यक्रम छ । विमानस्थलमा ओर्लिएपछि उनले केही समय आराम गर्ने छन् । आतिफ विमानस्थल ओर्लनु अघि नै नेपाली दर्शकका लागि कार्यक्रम स्थल दशरथ रंगशालाको प्रवेश द्धार खुला गरिनेछ । दर्शकले २ बजेबाट रंगशाला प्रवेश गर्ने पाउने छन् ।

नेपाल आएको करिव २ घन्टा २० मिनेट पछि आतिफ आफ्ना नेपाली शुभचिन्तकको अघि उपस्थित हुनेछन् । उनले बेलुकी ५ बजेबाट २ घन्टा रंगशालामा उपस्थित आफ्ना नेपाली शुभचिन्तकहरुलाई संगीतको तालमा नचाउने कार्यक्रम छ ।
उनको सुरक्षाका लागि १६ सय प्रहरी तैनाथ गरिएको आयोजकले बताएको छ । सुरक्षा व्यवस्था मजबुद बनाउन कन्सर्टमा आउनेहरुको प्रवेश पास यसपटक फरक ढंगले तयार पारिएको छ । प्रवेश पासका लागि फोटो र व्यक्तिगत विवरण पूर्णरुपमा लिइएको छ । उनले कार्यक्रममा दुरी, ओ लम्हे, पहेली नजर मे, ओ मेरे खुदा, तेरे लिए, आदत लगायतका गीतहरु गाउनेछन् । उनी शनिबार नै र्फकने कार्यक्रम छ ।

भिडियो खबर तथा जानकारी

पेट मिचिमिची हास्नुहोस !!

हेर्नुहोस नेपाली ओम सान्ति ओम कमेडी भिडियो

Om Shanti Om - Parody (Nepali)