Showing posts with label dalynews. Show all posts
Showing posts with label dalynews. Show all posts

विपक्षीको आन्दोलनले सरकार छाडिन्न: प्रधानमन्त्री

Saturday, November 10, 2012 | comments

२५ कार्तिक, सिन्धुली । काठमाडौमा बसेर विपक्षीले महिनाभरको आन्दोलनको कार्यक्रम सार्वजनिक गरिरहेको समयमा सिन्धुली पुग्नुभएका प्रधानमन्त्री डा.बाबुराम भट्टराईले भने देशलाई गतिरोधबाट बचाउन आफु तत्काल सरकार नछाड्ने बताएका छन् ।

नेपाली जनताले संविधान चाहेका भन्दै प्रधानमन्त्रीले जनपक्षीय सविधान नबनेसम्म माओवादीले सरकार नछाड्ने बताएका छन ।

सिन्धुलीको कपिलाकोटमा एकीकृत माओवादीले गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री भट्टराइले अहिलेको सरकार सहमतिको बाधक नभएकाले काग्रेस एमालेलाई पनि सरकारमा सहभागि हुन आग्रह गरे । सरकारमा नआउनु हो भने पनि चुनावमा जाने सहमति गरेर मुलुकलाई निकास दिन उनले सुझाव दिए ।

बिमान दुर्घटनाबाट १७ सेनाको ज्यान गयो

| comments

२५ कार्तिक, एजेन्सी । टर्कीको दक्षिणपूर्वी सिर्त प्रान्तमा हेलिकप्टर दुर्घटनामा परी १७ जना टर्कीस सेनाको मृत्यु भएको छ । सिर्तका गभर्नर अमद आइदिनले मारिनेहरु सेनाको विशेष फोर्सका सदस्य रहेको जनाएका छन् ।

बाक्लो हुस्सु लागेको पहाडि क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको बताइएको छ । टर्कीस सेना कुर्दिस विद्रोहीविरुद्ध दक्षिणपूर्वी क्षेत्रमा सक्रिय छन् ।

खराब मौसमका कारण हेलिकप्टर दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।

सफल पोखरा कप फुटवलको उपाधि मनाङलाई

| comments


२५ कात्तिक, पोखरा । मोफसलको सबैभन्दा ठूलो पुरस्कार राशी भएको सफल पोखरा कप फुटवलको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको छ ।
शनिबार भएको उपाधि भिडन्तमा मछिन्द्रलाई १-० गोल अन्तरले पराजित गर्दै मनाङले ३ लाख ५ हजार नगद पुरस्कारसहित उपाधि उचालेको हो । राष्ट्रिय टोलीका प्रशिक्षक कृष्ण थापाले टोली सम्हालेपछि लयमा देखिएको मनाङले एक महिनामा उचालेको यो दोस्रो ठूलो उपाधी हो । गत महिना काठमाडौंमा सम्पन्न एनसेल कप फुटवलको उपाधि पनि मनाङले नै जितेको थियो । उपविजेता मछिन्द्रले भने १ लाख ५० हजारमा चित्त बुझाएको छ ।
स्थानीय पोखरा रंगशालामा भएको खेलमा मनाङका लागि निराजन मल्लले विजयी गोल गरे । उनले खेलको ३५ औं मिनेटमा कप्तान अनिल गुरुङको पासमा बललाई जाली चुमाएका हुन् ।
यसअघि खेलको २७ औं मिनेटमा मछिन्द्रले पेनाल्टी पाएपनि कप्तान दिपक राई गोल गर्न चुके । उनको प्रहार मनाङका गोलरक्षकले रोकेका थिए ।

यौन सम्बन्धका कारण सीआईएका प्रमुखले राजीनामा गरे

| comments


वासिङ्टन, कार्तिक २५ - इराक तथा अफगानिस्तानमा सैनिक कमान्डरको रूपमा अन्तर्राष्ट्रिय रूपमा कडा नाम कमाएका अमेरिकी गुप्तचर संस्था सीआईएका प्रमुख डेविड पेट्रेयसले विवाहेत्तर सम्बन्ध राखेको भनी राजीनामा दिएका छन् ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाको पुनः निर्वाचनको तीन दिनपछि पेट्रेयसको राजिनामाले वासिङ्टनलाई झस्काएको छ र उनले लिबियामा अमेरिकी महावाणिज्य दूतावासको सुरक्षा गर्न नसकेको भनी उनमाथि सुनुवाइ हुने भएको थियो ।
पेट्रेयसले सीआईएका कर्मचारीलाई पठाएको एक सन्देशमा विवाहको ३७ वर्षसम्मको सम्बन्धपछि पनि आफूले विवाहेत्तर सम्बन्ध कायम गरी निकै कमजोर निर्णय गरेको बताएका छन् । उनले यस्तो व्यवहार एक पति तथा सीआईए जस्ता संस्थाका प्रमुखका लागि अस्वीकार्य भएको उल्लेख गरेका छन् ।
एफबीआईले पेट्रेयसले उपयोग गरेको कम्प्युटरमा कसैले चलाएको छ कि छैन भनी अनुसन्धान गरिरहेको समयमा उक्त सम्बन्धका विषयमा जानकारी बाहिर आएको समाचार न्युयोर्क टाइम्स तथा अमेरिकी अन्य आमसञ्चारले दिएका थिए ।
एनबीसी न्युजले सङ्घीय अनुसन्धान केन्द्र (एफबीआई)ले पाउला ब्रोडवेलमाथि अनुसन्धान गरिरहेको समाचार प्रकाशित गरेको थियो । पाउलाले पेट्रेयसको ‘‘अल इन: द एडुकेसन अफ डेविड पेट्रेयस’’ नामक जीवनी प्रकाशित गरेकी थिइन । उनले गलत रूपमा गोप्य सूचना प्राप्त गरेको अनुमान गरिएको छ ।
एक अधिकारीले आफ्नो नाम नबताउने सर्तमा पेट्रेअसका प्रेमिका ब्रोडवेल भएको र उनी पूर्व सैनिक मेजर भएको जानकारी दिए भनी न्युयोर्क टाइम्सले समाचारमा उल्लेख गरेको थियो ।
लिबियाको बेनघाजीमा अवस्थित अमेरिकी महावाणिज्य दूतावासमा अमेरिकी राजदूत तथा तीन कर्मचारीको मृत्यु हुने गरी भएको आक्रमणका लागि पेट्रेयसमाथि सुनुवाइ हुनेभएको थियो ।
सीआईएका उपप्रमुख माइकल मोरेलले हालका लागि कार्यवाहक प्रमुखको रूपमा कार्यभार सम्हाल्नुभएको छ र यस सुनुवाइमा उनी उपस्थित हुनेछन् ।
राष्ट्रपति ओबामाले मोरेलको नेतृत्वलाई आपूmले पूर्णरूपमा विश्वास गरेको बताए । बिहीबार बिहानसम्म राष्ट्रपति ओबामालाई सीआईएका प्रमुखले राजिनामा दिने कुरा थाहा नभएको बताइन्छ ।
पेट्रअसले सोही दिन भेट गरेपछि राष्ट्रपति ओबामाले राजिनामा अस्वीकार गरेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ । पछि राष्ट्रपति ओबामाले ६० वर्षीय पेट्रअसलाई पदमा कायम रहन बाध्य नपार्ने निर्णय गर्नुभएको पनि यस पत्रिकाले उल्लेख गरेको छ । 

यस्ता छन् विपक्षीका आन्दोलन कार्यक्रम

| comments

काठमाडौं, कार्तिक २५ - कांग्रेस-एमालेसहित विपक्षी १९ दलले शनिबार आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । एमाले मुख्यालय बल्खुमा पत्रकार सम्मेलन गरी १९ दलले सरकारविरोधी आन्दोलन घोषणा गरेका हुन् ।


आन्दोलन कार्यक्रमको पूर्णपाठ
संयुक्त प्रेस वक्तव्य
नेपाल यतिबेला राजनीतिक रुपमा अन्योल, दिशाहीनता, अराजकता गतिहीनताबाट गुजि्ररहेको छ । संक्रमणकालबाट देशलाई मुक्त गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने उद्देश्यले जनताबाट निर्वाचित संविधानसभा गठन भएको थियो । तर त्यो संविधानसभा पनि माओवादीहरुको उग्रवामपन्थी, संकीर्ण जातिवादी र अधिनायकवादी चिन्तन एवम् व्यवहारका कारण संविधान बनाउन नसकी असफलरुपमा विघटित हुनपुगेको छ । संविधान निर्माणका लागि पटक-पटक भएका सहमतिहरु तोडेर  षड्यन्त्रमूलक ढंगले संविधानसभालाई समाप्त गरी देशका सबै लोकतान्त्रिक र संवैधानिक संस्थाहरुलाई क्रमशः समाप्त पार्दै एनेकपा (माओवादी)को नेतृत्वमा रहेको गठबन्धन सरकार नेपाली जनतामाथि अलोकतान्त्रिक र सर्वसत्तावादी शासन थोपर्न उद्यत छ ।  
बाबुराम भट्टराईको नेतृत्वमा मधेशी मोर्चा संलग्न सरकारले अपराधीहरुको मुद्दा फिर्ता लिएको छ, देशमा तस्करी, भ्रष्टाचार, अनियमितता र कमिशनखोरीलाई खुला छुट दिएको छ । प्रहरी र कर्मचारीहरुको सरुवा र बढुवामा भएका अनियमितताका घटनामा कतिपय मन्त्रालयका मन्त्रीहरुका संलग्नताका घटनाहरु बारम्बार सार्वजनिक भइरहेका छन् । कमिशन खाएर विकास योजनाहरुको लागत दोब्बर-तेब्बर बनाउँदै देशलाई आर्थिक रुपले टाट पल्टाउने काममा प्रधानमन्त्रीका निकटस्थहरु, मन्त्रीहरु र सत्तारुढ दलका नेताहरु खुलेआम संलग्न छन् । देशमा चौतर्फी लुट र अराजकता मच्चिएको छ । सत्ता, शक्ति र शासनको चरम दुरुपयोग भइरहेको छ ।
देशको शान्ति सुरक्षाको स्थिति दिनप्रतिदिन बिग्रदै गएको छ । महंगीले आकाश छोएको छ । खाद्यान्नमा अनेकौं अखाद्य वस्तुहरु मिसावट गरेर बेच्दा पनि सरकार कालाबजारिया र तस्करहरुलाई कारवाई गर्न असमर्थ छ । प्रशासन र कर्मचारीतन्त्रको मनोबल कमजोर हुनपुगेको छ । सरकारको अकर्मण्यता, निस्त्रिmयता र घुसखोरीले गर्दा जनजीवन झन्-झन् कष्टकर बन्दै गएको छ ।
लोकतान्त्रिक व्यवस्थामा अन्तर्राष्ट्रिय सम्बन्धका विषयहरुमा सकेसम्म राष्ट्रिय सहमति कायम गरी अघि बढ्ने प्रचलन हुन्छ । यस्तो अभ्यासबाट मात्र अन्तर्राष्ट्रिय विश्वसनीयता आर्जन गर्नसकिन्छ, राष्ट्रिय हितको रक्षा गर्न सकिन्छ र राष्ट्रिय बिकासका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन सकिन्छ । तर वर्तमान सरकारले कुटनीतिक सम्बन्धलाई समेत सत्तास्वार्थ र दलीय प्रतिस्पर्धाको विषय बनाउन खोजेको छ । सरकारको यस्तो प्रवृत्तिले देशको स्वाभिमान र आन्तरिक निर्णय क्षमता कमजोर बन्दै गएको छ । शासन टिकाउनका लागि राष्ट्रिय स्वाधीनता र स्वाभिमानको समेत बेवास्ता गर्ने वर्तमान सरकारका क्रियाकलापले स्वाभिमानी नेपालीहरुको शीर निहुरिएको छ ।
ऐतिहासिक जनआन्दोलनको मर्म र भावना एवम् संविधानसभाको निर्वाचनमार्फत् अभिव्यक्त मतका आधारमा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भइसकेको छ । यस्तो घोषणा हाम्रै सक्रियतामा भएको थियो र यो घोषणा हाम्रो सहयोग र समर्थन बिना सम्भव थिएन । तर मधेशी मोर्चा सहितको वर्तमान सरकार र एकीकृत नेकपा (माओवादी) आफ्ना राष्ट्रिय एकता र सामाजिक सद्भावलाई खल्बल्याउने दुराशयलाई ढाकछोप गर्ने कुत्सित मनसायबाट आफूमात्र संघीयता र समावेशी पक्षधर भएको मिथ्या घोषणा गर्दै सत्ताको आडमा विपक्षीहरुविरुद्ध आक्रमण गर्ने निरंकुश प्रवृत्ति देखाउँदैछन् । हामी यस्तो प्रवृत्तिको भत्र्सना गर्दछौं ।
हामीहरु गणतन्त्र नेपालको लोकतान्त्रिक संविधान निर्माण गर्न प्रतिबद्ध र क्रियाशील रहँदै आएका छौं । हामीहरु जातीय, क्षेत्रीय, लैङिगक समानता र समावेशीकरणका लागि निरन्तर संघर्षरत रहँदै आएका छौं । राज्यको पुनःसंरचनाका लागि दत्तचित्त भएर लागिरहेका छौं । विगतका कतिपय कमि-कमजोरीको समीक्षा गरेर नयाँ संविधान निर्माणका लागि ध्यान केन्दि्रत गर्न दृढ प्रतिज्ञ छौं ।
राजनीतिक निकास र सहमतिको प्रमुख बाधक बनेका कामचलाउ प्रधानमन्त्री बाबुराम भट्टराई निरंकुश र अलोकतान्त्रिक ढंगले सरकारमा रहुञ्जेल मुलुक सहमतिको दिशातर्फ अघि बढ्न  सक्दैन ।  बाबुराम भट्टराईले संबैधानिक रुप्ामा मात्र होइन राजनीतिक दृष्टिबाट समेत प्रधानमन्त्री पदमा रहिरहने आधार गुमाइसकेका छन् । निजलाई विगतमा व्यवस्थापिका संसदमा समर्थन गर्ने मध्येका एनेकपा     -माओेवादी), मधेशी जनअधिकार फोरम -लोकतान्त्रिक) र मधेशी जन अधिकार फोरम -गणतान्त्रिक) विभाजित भैसकेका छन् र विभाजित भएर बनेका पार्टीहरुले प्रधानमन्त्री तुरुन्त पदबाट हट्नुपर्ने माग गरिरहेका छन् ।  
सहमतिको सरकारले मात्रै मुलुकमा देखापर्न थालेको राजनीतिक धु्रवीकरण, अन्योल, अस्थिरता र मुठभेडको सम्भावनालाई रोकेर सहमतिको ढोका खोल्नसक्छ, र संविधान निर्माण एवम् लोकतन्त्रको संस्थागत विकासलाई अघि बढाउन सक्छ । त्यसैले संवैधानिकरुपले पदमुक्त भइसकेका प्रधानमन्त्री बाबुराम भट्टराई, गठबन्धन सरकार र एकीकृत नेकपा (माओवादी)लाई तत्काल सरकार छोड्न र सहमतिको ढोका खोल्न हामी आह्वान गर्दछौं ।
हाम्रो चाहना सहमति, सहकार्य र संविधान निर्माण नै हो । सहमति र वार्ताका नाममा अल्मल्याउने, झुक्याउने र अलोकतान्त्रिक शासनलाई तन्काउन जालझेल गर्ने शैली र प्रवृत्तिले यो कार्यमा अवरोध सिर्जना गर्छ । एकीकृत नेकपा (माओवादी) र वर्तमान सरकारमा सामेल मधेशी मोर्चाका दलहरुको क्रियाकलाप हेर्दा जसरी पनि शासन  लम्ब्याउने दाउ रहेको देखिन्छ । देशलाई तत्काल राष्ट्रिय सहमति र राजनीतिक निकास आवश्यक परिरहेको समयमा गठबन्धन सरकार, प्रधानमन्त्री, एनेकपा (माओवादी) र मधेशी मोर्चाका नेताहरुको क्रियाकलापले देशलाई संकटग्रस्त बनाएको छ । यस्तो संकटबाट देशलाई बचाउन आन्दोलन गर्नु हाम्रो बाध्यता भएको छ ।  वर्तमान सरकार हटाएर सहमतिको सरकार बनाउन, संविधान निर्माणका लागि ताजा जनादेशमा जान र जनतालाई राहत प्रदान गर्ने कार्यक्रमहरु लागू गर्न आन्दोलन नै एकमात्र विकल्प बन्न पुगेको छ । तसर्थः देशव्यापीरुपमा आन्दोलनको प्रचार र संयुक्त कार्यक्रम गरी आन्दोलनको लहर उत्पन्न गर्न हामी सबै कार्यकर्ता र समर्थकहरुलाई आग्रह गर्दछौं ।
आन्दोलनका मुख्य उद्देश्यहरुः
१. जनताद्वारा निर्वाचित संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान बनाउन आगामि २०७० साल बैशाखमा संविधानसभा-संसदको निर्वाचन गर्ने ।
२. संविधानसभा-संसदको निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष ढङ्गले सम्पन्न गर्न संबैधानिक र राजनीतिक रुपले वैधानिकता गुमाइसकेको र सहमतिको प्रमुख बाधक बनेको बाबुराम भट्टराई नेतृत्वको सरकारलाई  हटाएर सहमतिको नयाँ सरकार गठन गर्ने  ।
३. दलीय स्वार्थ पूर्ति गर्ने र कार्यकर्ताहरुलाई राज्यकोष बाँड्ने वर्तमान कामचलाउ सरकारको निहित स्वार्थपूर्ति गर्ने विकासविरोधी अराजक प्रवृत्तिलाई नियन्त्रण गर्ने र देशको विकास निर्माणका गतिविधिलाई अघि बढाउने मुख्य उद्देश्य लिएर बाँकी आर्थिक वर्षका लागि सहमतिको नयाँ सरकारले बजेट जारी गर्ने ।
४. खाली हुँदै गएका संबैधानिक निकायहरु- अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, लोकसेवा आयोग आदिमा नयाँ सरकार गठन भएपछि राजनीतिक सहमतिका आधारमा योग्य व्यक्तिहरुको नियुक्ति गरी देशलाई कानूनी राज्यको मान्यताअनुरुप बैधानिक रुपले अघि बढाउने ।
५. न्यायपालिका र संबैधानिक निकायहरुको स्वतन्त्रता र स्वायत्तताको सम्वर्द्धन गर्ने ।
नयाँ संविधानको लागि एनेकपा (माओवादी) ले अघि सारेको संविधानसभा पुनःस्थापनाको प्रस्ताव संवैधानिक, राजनीतिक, लोकतान्त्रिक र नैतिक दृष्टिकोणले उपयुक्त छैन । सरकारको आयु बढाउने, आˆनो दलगत स्वार्थ पूर्ति गर्ने र राजनीतिक अन्योल लम्ब्याएर आˆनो अभिष्ट पूरा गर्ने एनेकपा -माओवादी)को दाउपेचलाई परास्त गर्दै लोकतन्त्रको रक्षा गर्नु आवश्यक   छ । सार्वभौम नेपाली जनताको ताजा जनादेशबाट गठन भएको नवनिर्वाचित संस्था मात्र साँचो अर्थमा सार्वभौमसत्ता सम्पन्न हुनसक्छ । त्यसैले सहमतिको सरकार गठन गरी संविधान निर्माणका सम्बन्धमा विगतमा भएका सहमतिहरुको स्वामित्व ग्रहण गर्दै नयाँ संविधान निर्माण गर्न र गणतन्त्रलाई संस्थागत गर्न अब ताजा जनादेश नै एकमात्र विकल्प रहेको छ । संविधान निर्माणको लागि नयाँ निर्वाचन र निर्वाचनका लागि सहमतिको सरकार आजको आवश्यकता हो । तर तोकिएको मितिमा निर्वाचन गराउन नसक्ने वर्तमान सरकार सत्ता त्याग्न तयार छैन र मुलुकलाई ताजा जनादेशतर्फ जान नदिने अवरोधको रुपमा रहेको छ ।  वर्तमान सरकार रहेसम्म चुनाव हुने कुनै सम्भावना छैन । त्यसैले नेपालको अन्तरिम संविधानको धारा ४३ अनुरुप सरकार संचालन हुनुपर्ने प्रावधान अनुसार धारा ३८ (१) बमोजिम राष्ट्रिय सहमितको सरकार गठन गरी नयाँ  निर्वाचन सम्पन्न गर्न सबै लोकतान्त्रिक र जनपक्षधर शक्तिहरुलाई एकताबद्ध भएर आन्दोलनमा अघि बढ्न हार्दिक आह्वान गर्दछौं ।
आन्दोलनका कार्यक्रमहरूः
१. मंसिर २ गते राजधानीमा नागरिक समाजसँग आन्दोलनको विषयमा अन्तरक्रिया गर्ने ।
२. मंसिर ५ गते व्यापारी, उद्योगपति, अर्थविद् र आर्थिक क्षेत्रसँग सम्बद्ध व्यक्तिहरुको भेला गरी बजेट लगायत देशको अर्थतन्त्रसँग सम्बन्धित विषयमा छलफल गर्ने ।
३. मंसिर ८ गते आन्दोलनको तयारीका लागि विपक्षी दलका कार्यकर्ताहरुको उपत्यकास्तरीय बृहत् भेला गर्ने ।  
४. मंसिरको दोश्रो हप्ता भित्र आन्दोलनको तयारीका लागि उपत्यका बाहिरका सबै जिल्लामा  विपक्षी दलका कार्यकर्ताहरुको संयुक्त भेला गर्ने ।  
५. मंसिर ९ गते विराटनगर, १५ गते जनकपुर, २२ गते धनगढी, २३ गते नेपालगंज र ३० गते भैरहवामा र्‍याली र आमसभा गर्ने । नेपाली कांग्रेसले जनकपुर र नेपालगञ्ज, नेकपा (एमाले)ले बिराटनगर र धनगढी एवं राष्ट्रिय प्रजातन्त्र पार्टीले भैरहवाको कार्यक्रमको संयोजन गर्ने र अन्य दलले त्यसमा सहयोग गर्ने ।
६. मंसिर १५ गते शुक्रबार १० देखि १२ बजे सम्म पचहत्तरै जिल्लामा प्रमुख जिल्ला अधिकारीको  कार्यालयमा धर्ना दिने ।
७. मंसिर २९ गते काठमाडौं, झापा, सुनसरी, सप्तरी, सिन्धुली, पर्सा, चितवन, कास्की, पाल्पा, बाग्लुङ्ग, दाङ, सुर्खेत, जुम्ला, डोटी र कञ्चनपुर गरी १५ जिल्लामा जुलुस र विरोध सभा गर्ने । १५ जिल्ला मध्ये झापा, सप्तरी, कास्की, पर्सा, दाङ, सुर्खेत र कञ्चनपुर जिल्लामा हुने कार्यक्रमको संयोजन नेपाली कांग्रेसले गर्ने । सुनसरी, चितवन, पाल्पा, वागलुङ् , डोटी, जुम्ला, सिन्धुली र काठमाडौंको संयोजन नेकपा (एमाले)ले गर्ने ।
माथि उल्लेखित कार्यक्रमहरुसँग नजुध्ने गरि आन्दोलनमा सहभागी राजनीतिक दलहरु तथा विभिन्न जनसंगठन र पेशागत संगठन र पार्टीका जिल्ला तहका संगठनहरुले आˆनै पहलकदमीमा पनि विरोधका विभिन्न कार्यक्रमहरु गर्नसक्ने छन् । आन्दोलनका अन्य थप कार्यक्रमहरु यथासमयमा तय गरी सार्वजनिक गरिनेछ ।
अन्त्यमा, सम्पूर्ण नेपाली जनतामा दीपावली २०६९, नेपाल सम्बत् ११३३ र छठ पर्वको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
धन्यवाद ।  
दलका नेताको नाम, पद        राजनीतिक दल    हस्ताक्षर    
सुशील कोइराला    सभापति    नेपाली कांग्रेस        
झलनाथ खनाल    अध्यक्ष    नेकपा (एमाले)        
पशुपतिशमशेर जबरा    अध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी           
सी.पी. मैनाली    महासचिव    नेकपा (माले)        
चन्द्रदेव जोशी    अध्यक्ष    नेकपा (संयुक्त)        
सूर्यबहादुर थापा    अध्यक्ष    राष्ट्रिय जनशक्ति पार्टी        
देवेन्द्र मिश्र    अध्यक्ष    नेपाल सद्भावना पार्टी (आ.)        
भूमिराज निरौला    अध्यक्ष    चुरेभावर राष्ट्रिय एकता पार्टी        
हिक्मतबहादुर देउवा    अध्यक्ष    समाजवादी जनता पार्टी        
लोकनारायण सुवेदी    अध्यक्ष    नेकपा (संयुक्त माक्र्सवादी)        
अच्युतराज ज्ञवाली    पो.व्यू. सदस्य    नेकपा (मार्क्सवादी)        
साध्यबहादुर भण्डारी    महासचिव    जनमोर्चा नेपाल        
प्रकाश अधिकारी    अध्यक्ष    नेकपा (संयुक्त मार्क्सवादी)        
विष्णुराज अर्याल    अध्यक्ष    नेकपा (माले जनसमाजवादी)        
एस्.वी. क्षेत्री    कार्यकारी प्रमुख    नेपाली समाजवादी परिषद्   

व्यापारीको गोदाममा सकेट बम फेला

| comments

राजविराज,कार्तिक २५ । सप्तरीको सदरमुकाम राजविराज स्थित एक व्यापारीको गोदाममा शुक्रबार राती सकेट बम फेला परेको छ । राजविराज ३ स्थित गजराज तातेडको हार्डवेयरको गोदाममा शक्तिशाली सकेट बम फेला परेको हो । तातेड हार्डवेयर व्यापारीसँगै निर्माण व्यवसायी पनि हुन् । साँझ करिब साढे ८ बजे अपरिचित नम्बरबाट गोदाम धनी तातेडलाई फोन गरी बम राखिएको जानकारी गराएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक कुशकुमार थापाले बताउनुभयो । राजविराजस्थित नेपाली सेनाको कृष्णदल गणले बम निस्किृय गरेको हो । बम कुन समूहले राखेको हो भन्ने बारे यकिन हुन सकेको छैन ।

‘विपक्षी राष्ट्रपतिलाई उक्साएर सत्ता हत्याउने षडयन्त्रमा लागे’ राष्ट्रपतिलार्इ बजेट रोक्ने अधिकार छैन : सापकोटा

| comments


२५ कात्तिक, काठमाण्डौ । एकीकृत माओवादीले विपक्षी दलहरुले राष्ट्रपतिलाई उक्साएर सत्ता हत्याउने षडयन्त्रमा लागेको वताएको छ । उसले काँग्रेस-एमाले लगायतका विपक्षी दलहरुले आन्दोलनको कुरा गरेर मुलुकलाई सहमतिभन्दा पनि मुठभेडतर्फ धकेल्न खाजेको समेत आरोप लगाएको छ।
 पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा शनिवार नियमित पत्रकार सम्मेलन गर्दै एमाओवादीका प्रवक्ता अग्नि सापकोटाले भन्नुभयो,’काँग्रेस-एमालेमा सरकार भनेको पूख्यौँली सम्पत्ति मान्ने शासकिय मानसिकता छ । सत्ता नपाएको झोकमा उनीहरुले आन्दोलनको कुरा गरिरहेका छन् । त्यसैले आन्दोलनको कुनै अर्थ छैन । ‘ उहाँले सरकारले ल्याउन लागेको बजेट रोक्न विपक्षीहरुले राष्ट्रपतिलाई लिखित पत्र बुझाउनु गलत भएको वताउनुभयो । उहाँले भन्नुभयो,’पहिले राजालाई विन्ति पत्र हाल्ने गर्थ्ये । अहिले राष्ट्रपतिलाई पनि त्यस्तै कार्यलाई निरन्तरता दिदै उनीहरुले सरकारले ल्याउन लागेको बजेट रोक्न विन्ति पत्र बुझाएका हुन् ।’
 सापकोटाले विपक्षीले सरकारलाई बजेट सहमतिमा ल्याउन निर्देशन दिन राष्ट्रपतिलाई लिखित प्रस्ताव वुझाउनु गैर राजनीतिक भएको वताउनुभयो । उहाँले भन्नुभयो,’संविधान सभावाट निर्वाचित सरकारले सिफारिस गरेका काम कारबाहीलाई कार्यान्वयन गर्ने मात्रै पक्ष भनेको राष्ट्रपति हो । त्यसैले राष्ट्रपतिले सरकारलाई कुनै निर्देशन दिने अधिकार छैन ।’
उहाँले दलहरुवीच सहमति नभएपनि सरकारले २७ गतेसम्ममा पूर्ण बजेट ल्याउने दाबी गर्नु भयो । उहाँले अध्यक्ष प्रचण्डले अन्य दलहरुसंग अन्तिमसमयसम्म बजेटका विषयमा सहमति जुटाउन छलफललाई निरन्तरता दिने र सहमति नजुटेपनि सरकारले बजेट भने ल्याएरै छोड्ने वताउनुभयो । बजेट मुलुकको जिवन रेखा भएको वताउदै सापकोटाले भन्नुभयो,’बजेटविना मुलुक अघि वढ्न सक्दैन । त्यसैले बजेट मुलुकको जिवन रेखा भएकाले सरकारले जसरी नी बजेट ल्याउँछ । त्यो राष्ट्रपतिले जारी गर्नु पर्छ ।’
सापकोटाले सरकारले घोषणा गरेको निर्वाचनमा आउन डराएको विपक्षी दल काँग्रेसले राजधानीमा आमसभा गरेर निर्वाचनमा आउन एमाओवादीलाई दिएको चुनौती दिनु हास्यास्पद भएको टिप्पणी गर्नु भयो । उहाँले भन्नुभयो,’ सरकारले घोषणा गरेको निर्वाचनको मिति मंसिर ७ नजिकिदै छ । त्यसैले निर्वाचनका विषयमा सत्ता गठवन्धन दलह्रले सल्लाह गरेर फेरी सरकारले नयाँ निर्वाचन तोक्छ ।’ उहाँले सरकार परिवर्तन, बजेट, संविधानसभा पुनःस्थापना, राष्ट्रिय सरकार गठन लगायतका विषयमा प्याकेजमा सहमति जुटाउन एमाओवादी तयार रहेको वताउनुभयो ।
सापकोटाले संविधानसभावाट चुनिएको सरकार सहमतिविनै हटे २००७ देखि २०१५ सालको जस्तो स्थितिमा मुलुक र्फकने वताउनुभयो । एक फरक प्रसंगमा सापकोटाले चिहानमा पुगिसकेको राजतन्त्र नेपालमा र्फकने कुनै सम्भावना नरहेको दावी गर्नु भयो । उहाँले भन्नुभयो,’केहीले बेतायतको जस्र्त गरी नेपालमा राजतन्त्र फर्कन सक्ने वताइरहेका छन् । तर नेपालमा त्यसरी राजतन्त्र फर्कने कुनै सभ्भावना छैन र फर्कन नी सक्दैन ।’

कस्तो अचम्म १५ वर्ष ननाघेका छात्रा सिउँदोमा रातै सिन्दुर लगाएर स्कूलमा

Friday, November 9, 2012 | comments

उमेरले १५ वर्ष नाघेका कोही पनि छैनन्। हेर्दा सबै किशोरीनै हुन्। तर, सबैका हातमा चुरा, गलामा माला अर्थात पोते र सिउँदोमा रातै सिन्दुर। कपिलवस्तुको धनकौली गाविस-९ स्थित कपिलवस्तु राष्ट्रिय निमाविको कक्षा सातदेखि नौ सम्मका प्रायः सबै किशोरीलाई कक्षामा यस्तै पहिरन र रूपमा देख्न पाइन्छ। जिल्ला सदरमुकामदेखि पाँच किलोमिटर दुरीमा रहेको धनकौली गाविसको यो विद्यालयमा अध्ययन गर्न आउने कक्षा सातदेखि नौसम्मका छात्राहरू प्रायः सबैको विवाह भइसकेको छ। विवाह कम उमेरमा भएपनि वयस्क नहुँदासम्म माइतीमै बस्नुपर्ने परम्परा सो समुदायमा रहेको छ। उमेर पुगेपछि विवाह जस्तै गवाना गरेर घर पठाउने संस्कार हुन्छ। गवानाअघि आफ्नो लोग्नेलाई भेट्नुलाई सो समुदायमा परम्परा विपरीत मानिन्छ। विवाहपछि पनि गवाना नभएकाले उनीहरू माइतीमै बस्न पाएका हुन्।

यसैले विवाहित ती किशोरीलाई वैवाहिक पहिरन र रूपमा विद्यालय आउनु नियमित जस्तो भएको छ। तराइका जिल्लामा बसोवास गर्ने यादव, केवट, माझी, सहानी, मल्लाहा, पथ्थरकट्टा, नटुवा, चमार र मुसहरलगायतका जातीमा बाल विवाह गर्ने परम्परा छ। उक्त गाउँमा रहेका करिब २०० घर परिवारमध्ये अधिकांश यादव र केवट समुदाय रहेका छन्। सो समुदायका प्रायः सबैका छोरीहरूको सानैमा विवाह भइसकेको छ। विवाह पश्चात पनि गवाना नभएकाले उनीहरू माइतिमै बस्दै आएका छन्। उक्त विद्यालयकी छात्रा किशोरी इन्द्रावती यादवको आज भन्दा छ वर्षअघि सदरमुकाम तौलिहवामा विवाह भएको हो। उनलाई आफ्नो कसरी विवाह भयो भन्ने पनि राम्रोसँग सम्झना छैन। इन्दावती अहिले १४ वर्षकी भइन्। उनी सो विद्यालयको कक्षा ९ मा अध्ययन गर्ने जेहेन्दार विद्यार्थी हुन्। उनले पढेर नर्स बन्ने चाहना भएको सुनाइन्। उनले लजाउँदै भनिन्, विवाह भएको खासै सम्झना छैन, पतिले ११ कक्षामा पढ्छन् भन्ने सुनेकी छु, देखेकी छैन। इन्द्रावतीकी बहिनी पूँजाको पनि चार वर्षअघि विवाह भइसक्यो। गवाना बाँकी रहेकाले उनी पनि माइतिमै बस्दै आएकी छन्। सो विद्यालयको कक्षा सातमा अध्ययन गर्ने पूँजाको विवाह जिल्ला सदरमुकाम नजिकै डुमरा गाविसमा भएको हो। उनका पति पनि स्थानीय एक बोर्डिङ स्कुलमा पढ्दै गरेको आफूले सुनेको उनले बताइन्।

सो विद्यालयमा अध्ययन गर्ने कक्षा सातदेखि नौसम्मका झन्डै ३० प्रतिशत छात्रा विवाहित रहेको विद्यालयका प्राधानाध्यापक परशुराम यादव बताउँछन्। तिनै किशोरीहरूको दबाबले गाउँमा रहेको उक्त विद्यालयले यस वर्ष कक्षा नौ सञ्चालन गर्न बाध्य भयो। विवाहित त्यस्ता किशोरीको सङ्ख्या धेरै भएपछि उनीहरूको दबाबमा विद्यालयको आर्थिक, भौतिक र प्रयाप्त जनशक्तिको अभावमा पनि यस वर्ष कक्षा नौ सञ्चालन गरेको छ। सो कक्षामा ३४ जना विद्यार्थी रहेको विद्यालयले जनाएको छ। विद्यालयका प्रधानाध्यापक यादव पनि बालविवाहका एक प्रतिनिधि हुन्। कक्षा छ मा पढ्दै गर्दा वैवाहिक बन्धनमा बाँधिएका प्रधानाध्यापक यादवको विवाह हुँदा उमेर ११ वर्ष थियो। उनले भने, मेरो विवाह पनि बाल्य अवस्थामै भयो, गवाना भने एसएलसी पासपछि मात्र भएको हो। तराईका जिल्लामा बाल विवाह गर्ने परम्परालाई सस्कारको रूपमा लिइन्छ। छोरीको विवाह रजस्वला नहुँदै गर्दा पुन्य प्राप्त हुने धार्मिक विश्वास त्यहाँका समुदायमा रहिआएको छ। तराईका जिल्लामा बाल विवाह कायम रहनुको कारण गरिवी, जनचेतनाको अभाव रहेको विद्यालयका प्रधानाध्यापक यादवको ठहर छ। छोरी बढे भने दाइजो धेरै दिनुपर्ने बाध्यताका कारण पनि सानै उमेरमा विवाह गर्ने चलन रहेको बताउँदै उनले भने- भेँडा, बाख्रा जस्तै किनबेच हुन्छ, विवाह दाइजोकै लागि गरिन्छ जस्तो पो लाग्छ। उनले आफ्नो परिवारमा दाजु-भाइसमेतका सात वटी छोरी रहेको बताए। परिवारमा छोरीको विवाहका लागि निक्कै दबाब आएको बताउँदै आफ्नै अडानका कारण रोकिएको बताए। रासस

पुर्वाञ्चल क्षेत्रीय कारागारबाट १२ कैदी फरार (फोटो फिचरसहित)

| comments



इनरुवा, कार्तिक २४ - सुनसरीको झुम्कास्थित पूर्वाञ्चल क्षेत्रीय कारागारबाट बिहीबार राति १२ जना कैदी फरार भएका छन् । कारागारभित्रै सुरुङ खनेर उनीहरु फरार भएको सुनसरीका प्रहरी नायव उपरीक्षक लक्ष्मण गिरीले जानकारी दिए ।
फरार हुनेहरुमा बंगलादेशी अपराधी अली असरफ अन्सारी, भारतीय कुख्यात अपराधी मुखिया भनिने धिरेन्द्र यादवसहित भारतीय अपराधीहरु बमबम भनिने दिनेश यादव, रमेश यादव, विनायक यादव, सुवास यादव, सुवास झा, सरफराज आलम, रमेश सदाय, फारुक मियाँ, ममताज मिया र जाकिर मिया रहेको प्रहरी नायव उपरीक्षक गिरीले बताए ।
फरार मध्ये धिरेन्द्रमाथि कृषी विकास बैंक राजविराजका प्रबन्धकको हत्या, राजविराजकै डाक्टर मुरलीप्रसाद सिंहको अपरहण लगायतका दर्जनौं हत्या र अपहरणको तथा नक्कली नागरिकता सम्बन्धी मुद्दा लागेको थियो । भारतको बिहारमा कोसी क्षेत्रको आतंकको उपनाम पाएका धिरेन्द्रले विहारमा पनि कयौं उधोगपतिको हत्या गरेका थिए ।
उनलाइ प्रहरीले पाँचवर्ष अघि नाटकीय ढङ्गबाट सुनसरीको इटहरीवाट पक्राउ गरेको थियो । धिरेन्द्रले सुनसरीको पश्चिम कुसाहा र सप्तरीको बभनगामा कटीबाट नेपाली नागरिकता लिएका थिए ।
यस्तै बंगलादेशी नागरिक अली असरफमाथि पनि नक्कली नागरिकता लगायतका मुद्दा थियो । भने भागेका अन्य भारतीय अपराधीमाथी हत्याकै अभियोग थियो । आज बिहान कैदी चेकजाँचका बेला १२ जना कैदी नदेखिएपछि मात्र प्रहरी र कारागार प्रशासनले कैदी भागेको थाहा पाएका थिए । क्षेत्रीय कारागारको सुरक्षा नेपाल प्रहरीले गर्दे आएको थियो ।
त्यहाँ प्रहरी निरीक्षक ईश्वर बस्नेतको नेतृत्वमा ४५ जना प्रहरी थिए । स्रोतका अनुसार केही प्रहरी र कारागार प्रशासनका केही कर्मचारीको मिलेमतोमा कैदीहरु सुरुङ खनेर भाग्न सफल भएका हुन् । कैदी फरार भएपछि सुनसरीका प्रमुख जिल्ला अधिकारी लक्ष्मणकुमार थापासहित जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु कारागार पुगेका छन् ।
प्रमुख जिल्ला अधिकारी थापाले कैदी भागेको बिषयमा अनुसन्धान भइरहेको जानकारी दिए । प्रहरीले फरार कैदीहरुको खोजी भइरहेको बताए पनि कारागार भएको ठाउँबाट भारतीय सिमा ३० किलोमिटर मात्र दक्षिण रहेकाले उनीहरु राति नै भारतीय क्षेत्रमा पसेको हुन सक्ने अनुमान गरिएको छ । भारतीय प्रहरीसँग समन्वय गरी खोजी भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।
कैदी फरार प्रकरणः प्रहरी निरीक्षकसहित ४७ जना निलम्बन







एमाओवादीविरुद्ध खनिए कांग्रेसका शीर्ष नेता

| comments

काठमाडौं, २५ कातिक । नेपाली कांग्रेसका शीर्ष नेताहरूले एमाओवादी सर्वसत्तावादी बाटोमा लागेको आरोप लगाउँदै तीव्र विरोध गरेका छन् । शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै कांग्रेसका शीर्ष नेताहरूले एमाओवादीले सत्ताकब्जाको बाटो नत्यागे पतन हुने चेतावनी दिए ।
गणेशमान सिंहको ९७आँै जन्मजयन्तीको अवसरका गरिएको सभामा बोल्ने सबै शीर्ष नेता एमाओवादीविरुद्ध खनिएका थिए । सभालाई सम्बोधन गर्दै सभापति सुशील कोइरालाले प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सहमतिका लागि कुर्सी नछाडे राजाको जस्तै हालत बनाइदिने चेतावनी दिए । ‘शालीनतासाथ कुर्सी छाडेर राजनीतिक सहमतिका लागि मार्गप्रशस्त गर्नुस्,’ उनले भने, ‘अन्यथा यस्तै अवस्था कायम भए राणा, पञ्चायत र राजाजस्तै पतन हुनुहुन्छ ।’ कोइरालाले एमाओवादी शान्ति, संविधान र लोकतन्त्रको बाधक भएको पनि दाबी गरे । ‘शान्ति, संविधान र लोकतन्त्रका लागि तपाईंहरू अवरोध गरिरहनुभएको,’ सभापति कोइरालाले भने, ‘डर, धाकले अब कोही डराउँदैन । लोकतन्त्रका मूलधारमा उभिनुस्, आºनो कुरा राख्नुस् अब करकापले राजनीति चल्दैन ।’ उनले कांग्रेस चुनावमा जान तयार रहेको भन्दै चुनावका लागि वातावरण बनाउन आग्रह गरे । ‘चुनावका निम्ति बाटो स्पष्ट गर्नुस् । हामी चुनावमा जान चाहन्छौँ,’ कोइरालाले भने, ‘सत्ता कब्जाको बाटो त्याग्नुस् त्यो बाटो पतनको बाटो हुनेछ,’ उनले भने ।
सभापति कोइरालाले मुलुकको अवस्थाप्रति कांग्रेस जिम्मेवार रहेको भन्दै आन्दोलनको विकल्प मात्रै नरोजेको प्रस्ट्याए । ‘एउटै कुरा आन्दोलन मात्रै त्यो उचित होइन,’ कोइरालाले भने, ‘हामी सहमतिका लागि पनि तत्पर छौँ ।’ संवैधानिक लडाइँ, शान्तिपूर्ण आन्दोलन र सहमतिको प्रयासलाई कांग्रेसले एकैपटक अघि बढाएको उनको प्रस्टोक्ति थियो । कतिपयले वार्ता छाडी आन्दोलनमा मात्रै जानुपर्ने बताएको उल्लेख गर्दै कोइरालाले सहमतिका लागि वार्ताका ढोका बन्द नगर्ने बताए । कोइराला अघि भाषण गर्दै देउवाले आन्दोलनमा जाने भए प्रस्ट हुनुपर्ने बताएका थिए । सभापति कोइरालाले विपक्षीहरूको विरोधको शैलीलाई रिहर्सल मात्रै भएको दाबी गर्दै शनिबार १८/२० दल मिलेर शान्तिपूर्ण आन्दोलनका कार्यक्रम तयार पार्ने जनाए ।
‘आन्दोलनमा जाने भए प्रस्ट होऔँ’
वरिष्ठ नेता शेरबहादुर देउवाले माओवादीले सत्ता कब्जा र सर्वसत्तावाद लाद्न लागेको उल्लेख गर्दै आन्दोलनबारे कांग्रेस प्रस्ट हुनुपर्ने बताए । ‘सरेन्डर वा आन्दोलन दुईवटा बाटा मात्रै छन् । यसका लागि कांग्रेस प्रस्ट हुनुपर्छ,’ उनले भने । पार्टीमै आन्दोलनमा जाने कि नजाने भन्नेमा द्विविधा रहेको पनि उनले खुलासा गरे । ‘आन्दोलन गर्ने हो कि होइन भन्ने कुरा भइरहेको सुन्छु म । आन्दोलनको घोषणा मुखले मात्र भनेर हुँदैन कामले गरेर देखाउनुपर्छ,’ उनले भने ।
नेता देउवाले संविधान बनाउनकै लागि नयाँ चुनाव गर्नु र पुन:स्थापना गरी संविधान बनाउनमा आफूले कुनै अन्तर नदेखेको पनि बताए । पुन:स्थापनाको कुरा उठाउँदा भत्ता खान खोजेको भन्ने आरोप लगाएको उनको भनाइ थियो । देउवाले गणेशमान सिंहले राणा, पञ्चायत र राजाविरुद्ध लडेर नेपाली राजनीतिलाई एउटा उचाइ दिएको भन्दै उनको योगदानको चर्चा गरे ।
‘सरकारकै कारण पूर्वराजाले माइक समाते’
उपसभापति रामचन्द्र पौडेलले सबैभन्दा ठूलो बाधा माओवादी र मधेसवादीको सत्ता रहेको भन्दै आन्दोलनबाटै परास्त गर्नुपर्ने बताए । संविधानसभामा लोकतन्त्र विरोधीहरूको बहुमत भएकाले नै संविधान नबन्दै संविधानसभा अन्त्य भएको उनको आरोप थियो । ‘संविधानसभा लोकतन्त्र विरोधीहरूको बहुमत भएकाले संविधान बन्न सकेन,’ पौडेलले भने, ‘माओवादीले लोकतन्त्र र शान्तिलाई विश्वास गरेन । यही हिंसा रोज्ने पार्टी संविधानसभामा ठूलो पार्टी भएकाले संविधानसभा असफल भयो ।’ मुलुकलाई अधिनायकवाद र षड्यन्त्रमा पुर्‍याएका माओवादी र मधेसवादी चुनावमा जान तयार नभएको उनको आरोप थियो । चुनाव गराउने र संविधान बनाउने सरकारको सोच नभएको भन्दै पौडेलले सरकारकै यस्तै प्रवृत्तिले पूर्वराजावादीहरू सल्बलाएको आरोप लगाए । यही सत्ताका कारण पूर्वराजा ज्ञानेन्द्रले माइक समातेर भाषण गर्न थालेको उनको आरोप थियो ।
सभालाई कांग्रेसका महामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, कोषाध्यक्ष चित्रलेखा यादव, नेता भीमबहादुर तामाङलगायतले सम्बोधन गरेका थिए । शान्तिबाटिकामा रहेको गणेशमान सिंहको सालिकमा माल्यार्पण गरी र्‍यालीसहित वसन्तपुरमा पुगी सभामा परिणत भएको थियो । २००७ र ०४६ सालको परिवर्तनमा महत्त्वपूर्ण योगदान गरेका सिंहको सालिकमा कांग्रेसका शीर्षस्थ नेताहरूले माल्यार्पण गरेका थिए ।

संकट अन्त्यका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न प्रचण्डलाई राष्ट्रपतिको आग्रह

| comments

काठमाडौ, कात्तिक २४ । राष्ट्रपति डा. रामबरण  यादवले एकीकृत माओवादी अध्यक्ष प्रचण्ड समक्ष विद्यमान राजनीतिक र संवैधानिक संकट अन्त्यका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ । आज बिहान शीतलनिवास बोलाएर राष्ट्रपतिले बजेटलगायत विषयमा दलीय सहमति जुटाउन प्रचण्डलाई आग्रह गर्नुभएको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले मुलुकको पछिल्लो राजनीतिक अवस्था, बजेट र निर्वाचनलगायत विषयमा कुराकानी भएको जानकारी दिनुभयो । भेटमा राष्ट्रपतिले सरकार नेतृत्वकर्ता दलको प्रमुख नेताको हैसियतले संकट अन्त्यका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरेको बताउनुभयो । राष्ट्रपतिले काँग्रेस–एमालेसहित १८ विपक्षी दलले सरकारले ल्याउने बजेट अध्यादेश अस्वीकृत गर्न माग गर्दै हिजो पेश गरेको ज्ञापनपत्रबारे राष्ट्रपतिले अध्यक्ष प्रचण्डलाई अवगत गराउनुभएको थियो । आफूले पक्ष विपक्षमा नलागी सहमति निर्माणमा तटस्थ भूमिका निर्वाह गर्न राष्ट्रपतिको ध्यानाकर्षण गराएको पनि प्रचण्डले बताउनुभयो ।

| comments


मलेसियामा मृत्युदण्ड सुनाइएका घले परिवारलाई आर्थिक सहयोग

२४ कार्तिक, नुवाकोट । मलेसियाको जेलमा मृत्युदण्डको सजाय सुनाइएका वर्सुन्चेतका हरिबहादुर घलेकी छोरी झरनाको शैक्षिक कार्यकालागि मलेसियामा रहेका नेपालीले आर्थिक सहयोग प्रदान गरेका छन् ।

९ वर्षअघि लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा पक्राउपरी अहिले मृत्युदण्डको सजाय सुनाइएका हरिबहादुरकी एकमात्र छोरी झरनाको शिक्षामा सहयोग पु¥याउन मलेसियामा काम गर्ने नेपालीले रु ६२ हजार २ सय ३५ सङ्कलन गरी पठाएको हरिबहादुरका भाइ टेकबहादुरले जानकारी दिए ।

मलेसियाको बाघसार भिलेज कम्पनीमा कार्यरत गोविन्दप्रसाद रिजालको अगुवाइमा सोही कम्पनीमा कार्यरत नेपालीले उक्त रकम सहयोग प्रदान गरेका हुन् । उक्त रकम दुई दिनअघि नेपाल आइपुगेको हो ।

त्रिशूलीस्थित त्रिशूली सामुदायिक बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत झरनाको नाममा बैंकमा खाता नै सञ्चालन भए पनि अरू रकमसमेत सङ्कलन गरेर पठाइने जानकारीसमेत आएको टेकबहादुरले बताए ।

मृत्युदण्डको फैसलापछि विदेशमा रहेका नेपालीले हरिबहादुरको परिवारलाई सहयोग गरेका हुन् । नेपाल सरकारले मृत्युदण्ड रोक्नका लागि प्रभावकारी पहल नगरेको भन्दै मलेसियामा रहेका नेपालीले आक्रोश व्यक्त गरेको समेत बताइएको छ ।

नेपाल सरकारले मृत्युदण्ड रोक्नका लागि मलेसिया सरकारलाई लेखेको पत्र त्यहाँको संसद्मा पेस भएपछि त्यहाँका राजाले माफी दिएमा मात्र हरिबहादुर ज्यान बच्नेछ । अन्यथा त्यहाँको सर्वोच्च अदालतले अन्तिम फैसला गसिरसकेकाले हरिबहादुरलाई राजाले माफी नदिएमा मृत्युदण्ड पाउने निश्चित भएको बताइएको छ ।

शिक्षकले भने, 'मसँग सेक्स गर पास गराइदिन्छु'

Wednesday, November 7, 2012 | comments

भारतको राजधानी दिल्ली स्थित मेडिकल कलेजको एक विद्यार्थीले शिक्षकसँग सेक्स गर्न नमानेपछी शिक्षकले उनलाई परिक्षामा फेल गराएका छन् । पिडित युवतीले यस विषयलाई महिला आयोगमा पुगेपछी यस घटना बाहिर आएको थियो । उनले कलेजका ती शिक्षक विरूद्ध महिला आयोगमा मुद्धा समेत दायर गरेकी छिन् । पिडित युवतीले दिएको जानकारी अनुसार कलेजको डायरेक्टरले दिन प्रति दिन फोन गरेर शारिरिक सम्बन्ध राख्न भनेर हैरान पारेका थिए । ती युवतीले डायरेक्टरसँग सम्बन्ध नराखेकै कारण आफूलाई परिक्षामा फेला गराईएको दावी गरेकी छिन् । हाल पिडित युवती एमबीबीएस सेकेन्ड सेमेस्टरमा अध्ययनरत छिन् ।

रत्नपार्कमा कसरि हुन्छ केटिहरुको मोल-मोलाई (भिडियो)

| comments

अमेरिकाका राष्ट्रपति बाराक ओबामा दोस्रो कार्यकालका लागि पुन: निर्वाचित । (Afternoon News, Nov. 07, 2012, Video Source: Himalaya TV)

| comments


अमेरिकाका राष्ट्रपति बाराक ओबामा दोस्रो कार्यकालका लागि पुन: निर्वाचित । (Afternoon News, Nov. 07, 2012, Video Source: Himalaya TV)


११ क्वीन्टल गाँजा सहित तीन जना पक्राउ

Tuesday, November 6, 2012 | comments

 नेपालबाट तातोपानी नाका हुँदै चीन लैजान तयार गरिएको झण्डै ११ क्वीन्टल गाँजा सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । यो घटनापछी नेपालबाट चीनतर्फ गाँजा तस्करी भईरहेको खुलासा भएको छ ।


चीन तर्फपनि गाँजा तस्करी हुने गरेको तथ्य खुलेपछि प्रहरीले चीनतर्फपनि यसको संजाल पत्ता लगाउन अनुसन्धान सुरु गरिसकेको प्रहरीको लागु औषध नियन्त्रण कानून कार्यान्वयन ईकाईले जनाएको छ ।


ईकाईका प्रहरी बरिष्ठ उपरिक्षक नवराज सिलवालले चीनतर्फ गाँजा तस्करी गर्ने मुख्य व्यक्ति राजनन्दन साह सहितका व्यक्ति फक्राउ गरेर नेपालभित्र रहेको उनको समुहको संजाल नै तोडेको दाबी गर्नुभयो । प्रहरीले मकवानपुर सरिखेत पलासे ६ का डिलबहादुर मगर, महोत्तरी डाम्हीमडै ९ का उमेश चौधरी र महोत्तरी भटोलिया ८ का राजनन्दन साहलाई १ हजार ८० किलो गाँजा चाल्नाखेलमा पक्राउ गरेको छ ।

कैलालीको टीकापुरमा आज साँझ बम फेला

| comments


कैलालीको टीकापुरमा आज साँझ एउटा बाल्टिन बम फेला परेको छ ।

उक्त बाल्टिन बम कैलालीको टीकापुर नगरपालिका वडा नं. १ थानापुरमा लम्की–खक्रौला सडक निर्माण गर्ने क्रममा फेला फेला परेको हो ।

उक्त बम फेला परेको स्थानतर्फ धनगढीबाट नेपाली सेनाको बम डिस्पोजल टोली प्रस्थान गरिसकेको बताइएको छ ।

सडक निर्माण गर्ने क्रममा पुरानो कल्भर्ट भत्काउँदै गर्दा फेला परेको उक्त बाल्टिन बम द्वन्द्वको समयमा माओवादीले सुरक्षाकर्मीलाई लक्षित गरी राखेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । 

नेपाली युवाले बनाए बिद्युतीय मतदान मेसिनसमाज सुहाउँदो र सस्तो पनि

| comments


२१ कात्तिक, काठमाडौं ।
मुलुकमा चुनावको चर्चा भइरहेका
बेला दुई नेपाली युवाले
मतदानका लागि विद्युतीय मेसिन
बनाएका छन् ।
राम-लक्ष्मण दाजुभाई अर्थात
रामप्रसाद रिमाल र
लक्ष्मणप्रसाद रिमालले विद्युतीय
मेसिन बनाएका हुन् । उनीहरुले
मंगलबार प्रधानमन्त्री डा.
बाबुराम भट्टराईलाई
भेटी आफूहरुले बनाएको विद्युतिय
मेसिनबारे जानकारी गराए ।
नेपाली युवा बैज्ञानिकहरुले
बनाएको विद्युतीय मेसिनबाट
नमुना मतदान
गरेपछि प्रधानमन्त्री भट्टराईले
यसको प्रयोगबारे सरकारले
आवश्यक छलफल गर्ने आश्वासन दिए

करिव २
वर्ष
नेपाली समाजको अध्ययन गरेर
मेसिन निर्माण गरिएको र
नेपालका लागि उपयोगी हुने
उनीहरुको दावी छ । रामप्रसादले
भने-’हामीले
नेपालको परिवेशअनुसार नै मेसिन
निर्माण गरेका छौं ।’
नेपाली मतदाताको शिक्षाको
अबस्था लगायतको अध्ययन
गरि मेसिन बनाइएको उनले बताए
। विद्युतीय मेसिनमा भोट
गर्दा यसअघि हुने गरेको जस्तै
स्वस्तिक छाप लगाउने व्यवस्था छ
। विभिन्न दलको निर्वाचन चिन्न
भएको बोर्डमा रहेको कुनै एक
चिन्हमा विद्युतीय मेसिनसँग
जोडिएको स्वस्तिक छाप
लगाएपछि तपाईको मतदान सफल
भयो भन्ने सन्देश आउँछ ।
मेसिनमा मतदान गर्दा रद्द नहुने
तथा एकको नाममा अर्कोले
मतदान गर्न नसक्ने
जस्ता सुविधा छन् । आफूहरुले
अन्तराष्ट्रिय मापदण्ड पूरा गरेर२१ कात्तिक, काठमाडौं ।
मुलुकमा चुनावको चर्चा भइरहेका
बेला दुई नेपाली युवाले
मतदानका लागि विद्युतीय मेसिन
बनाएका छन् ।
राम-लक्ष्मण दाजुभाई अर्थात
रामप्रसाद रिमाल र
लक्ष्मणप्रसाद रिमालले विद्युतीय
मेसिन बनाएका हुन् । उनीहरुले
मंगलबार प्रधानमन्त्री डा.
बाबुराम भट्टराईलाई
भेटी आफूहरुले बनाएको विद्युतिय
मेसिनबारे जानकारी गराए ।
नेपाली युवा बैज्ञानिकहरुले
बनाएको विद्युतीय मेसिनबाट
नमुना मतदान
गरेपछि प्रधानमन्त्री भट्टराईले
यसको प्रयोगबारे सरकारले
आवश्यक छलफल गर्ने आश्वासन दिए

करिव २
वर्ष
नेपाली समाजको अध्ययन गरेर
मेसिन निर्माण गरिएको र
नेपालका लागि उपयोगी हुने
उनीहरुको दावी छ । रामप्रसादले
भने-’हामीले
नेपालको परिवेशअनुसार नै मेसिन
निर्माण गरेका छौं ।’
नेपाली मतदाताको शिक्षाको
अबस्था लगायतको अध्ययन
गरि मेसिन बनाइएको उनले बताए
। विद्युतीय मेसिनमा भोट
गर्दा यसअघि हुने गरेको जस्तै
स्वस्तिक छाप लगाउने व्यवस्था छ
। विभिन्न दलको निर्वाचन चिन्न
भएको बोर्डमा रहेको कुनै एक
चिन्हमा विद्युतीय मेसिनसँग
जोडिएको स्वस्तिक छाप
लगाएपछि तपाईको मतदान सफल
भयो भन्ने सन्देश आउँछ ।
मेसिनमा मतदान गर्दा रद्द नहुने
तथा एकको नाममा अर्कोले
मतदान गर्न नसक्ने
जस्ता सुविधा छन् । आफूहरुले
अन्तराष्ट्रिय मापदण्ड पूरा गरेर
नै मेसिन
बनाएको दावी उनीहरुको छ ।
करिव ४० हजारमा मेसिन
बनेको मेसिन बिदेशमा निर्मित
मेसिनभन्दा निकै
सस्तो भएको रिमालले बताए ।
नेपालको निर्वाचन आयोगले
आगामी निर्वाचनमा सवै
बुथमा मेसिनको प्रयोगबाट भोट
खसाउने तयारी गरिरहेको छ ।
प्रधानमन्त्रीको आश्वासनपछि
नेपाली युवा अन्वेषकहरु उत्साहित
भएका छन् ।
नै मेसिन
बनाएको दावी उनीहरुको छ ।
करिव ४० हजारमा मेसिन
बनेको मेसिन बिदेशमा निर्मित
मेसिनभन्दा निकै
सस्तो भएको रिमालले बताए ।
नेपालको निर्वाचन आयोगले
आगामी निर्वाचनमा सवै
बुथमा मेसिनको प्रयोगबाट भोट
खसाउने तयारी गरिरहेको छ ।
प्रधानमन्त्रीको आश्वासनपछि
नेपाली युवा अन्वेषकहरु उत्साहित
भएका छन् ।
२१ कात्तिक, काठमाडौं ।
मुलुकमा चुनावको चर्चा भइरहेका
बेला दुई नेपाली युवाले
मतदानका लागि विद्युतीय मेसिन
बनाएका छन् ।
राम-लक्ष्मण दाजुभाई अर्थात
रामप्रसाद रिमाल र
लक्ष्मणप्रसाद रिमालले विद्युतीय
मेसिन बनाएका हुन् । उनीहरुले
मंगलबार प्रधानमन्त्री डा.
बाबुराम भट्टराईलाई
भेटी आफूहरुले बनाएको विद्युतिय
मेसिनबारे जानकारी गराए ।
नेपाली युवा बैज्ञानिकहरुले
बनाएको विद्युतीय मेसिनबाट
नमुना मतदान
गरेपछि प्रधानमन्त्री भट्टराईले
यसको प्रयोगबारे सरकारले
आवश्यक छलफल गर्ने आश्वासन दिए

करिव २
वर्ष
नेपाली समाजको अध्ययन गरेर
मेसिन निर्माण गरिएको र
नेपालका लागि उपयोगी हुने
उनीहरुको दावी छ । रामप्रसादले
भने-’हामीले
नेपालको परिवेशअनुसार नै मेसिन
निर्माण गरेका छौं ।’
नेपाली मतदाताको शिक्षाको
अबस्था लगायतको अध्ययन
गरि मेसिन बनाइएको उनले बताए
। विद्युतीय मेसिनमा भोट
गर्दा यसअघि हुने गरेको जस्तै
स्वस्तिक छाप लगाउने व्यवस्था छ
। विभिन्न दलको निर्वाचन चिन्न
भएको बोर्डमा रहेको कुनै एक
चिन्हमा विद्युतीय मेसिनसँग
जोडिएको स्वस्तिक छाप
लगाएपछि तपाईको मतदान सफल
भयो भन्ने सन्देश आउँछ ।
मेसिनमा मतदान गर्दा रद्द नहुने
तथा एकको नाममा अर्कोले
मतदान गर्न नसक्ने
जस्ता सुविधा छन् । 

आफूहरुले
अन्तराष्ट्रिय मापदण्ड पूरा गरेर
नै मेसिन
बनाएको दावी उनीहरुको छ ।
करिव ४० हजारमा मेसिन
बनेको मेसिन बिदेशमा निर्मित
मेसिनभन्दा निकै
सस्तो भएको रिमालले बताए ।
नेपालको निर्वाचन आयोगले
आगामी निर्वाचनमा सवै
बुथमा मेसिनको प्रयोगबाट भोट
खसाउने तयारी गरिरहेको छ ।
प्रधानमन्त्रीको आश्वासनपछि
नेपाली युवा अन्वेषकहरु उत्साहित
भएका छन् ।

आज साँझ देशका विभिन्न ठाउँमा भूकम्पको धक्का महसुस

Monday, November 5, 2012 | comments

देशका विभिन्न स्थानमा आज साँझ भूकम्पको धक्का महसुस, केन्द्रबिन्दु भने तिब्बतमा । (Evening News, 05 November 2012. Source:Himalaya TV)















कुवेती केटाले नेपाली केटी संग बच्चा र बटुवाहरूको अगाडी खुले आम योनसंपर्क

| comments

कुवैत सिटी, २० अक्टूबर अल अनाबा दैनिक रिपोर्ट अनुसार । कुवेती केटोले नेपाली केटी संग। बच्चा र बटुवाहरूको अगाडी खुले आम योनसंपर्क गरेको कारण पुलिसले गिरफ्तारमा लिएको कुरा। कुवेतको लोकप्रिय दैनिक पत्रिका अल अनाबा दैनिकको रिपोर्टले जनाएको छ। अलअनाबा दैनिकको अनुसार यि जोडिलाइ कुवेतको खेतानश्थित एक पार्किङ गरिरहेको । अवश्थाको गाडि भित्र चुम्बन गरिरहेको बेला बच्चाहरूले देखेका थिए। र यी जोडिले बच्चाहरू लाइ देखाइ देखाइ योनकृयाकलाप गरिरहेका थिए। यिनिहरूको कृयाकलाप हेर्न त्यहाँ बच्चाहरूको भिडनै लागेको थियो। बच्चाहरूको भिडलाइ देखेर बाटो हिडिरहेका एक कुवेती बटुवाले के रहेछ भनि हेर्नजाँदा अनैतिक कृयाकलापमा लिप्त रहेका जोडिलाइ देखे । उनले उक्त जोडीलाइ हप्काएर यस्तो गर्नु राम्म्रो होइन भनि सम्झाउदा, उल्टै योन कृयाकलापमा लिप्त हुने कुवेतिले हप्काएको र झन बढि उत्तेजनात्मक कृयाकलाप गरेका कारण। उक्त कुवेती बटुवाले पुलिसलाइ फोन गरेको र पुलिसले ति जोडिलाइ रङ्गे हात गिरफ्तार गरेको थियो। गिरफ्तारी पश्चात पुलिसले गरेको चेक जाँचको क्रममा। उक्त नेपाली केटिले कुवेति केटोलाइ योन सन्तुष्टिपार्न भनि ३० के.डि. लिएको भनि स्विकारेको कुरा अलअनाबा दैनिकले लेखेको छ।


भिडियो खबर तथा जानकारी

पेट मिचिमिची हास्नुहोस !!

हेर्नुहोस नेपाली ओम सान्ति ओम कमेडी भिडियो

Om Shanti Om - Parody (Nepali)