पाकिस्तानी मुलका भारतीय गायक आतिफ असलम आज नेपाल आउदैछन् । उनी दिउसो २:४० मा त्रिभुवन विमानस्थलमा ओर्लने कार्यक्रम छ । विमानस्थलमा ओर्लिएपछि उनले केही समय आराम गर्ने छन् । आतिफ विमानस्थल ओर्लनु अघि नै नेपाली दर्शकका लागि कार्यक्रम स्थल दशरथ रंगशालाको प्रवेश द्धार खुला गरिनेछ । दर्शकले २ बजेबाट रंगशाला प्रवेश गर्ने पाउने छन् ।
नेपाल आएको करिव २ घन्टा २० मिनेट पछि आतिफ आफ्ना नेपाली शुभचिन्तकको अघि उपस्थित हुनेछन् । उनले बेलुकी ५ बजेबाट २ घन्टा रंगशालामा उपस्थित आफ्ना नेपाली शुभचिन्तकहरुलाई संगीतको तालमा नचाउने कार्यक्रम छ ।
उनको सुरक्षाका लागि १६ सय प्रहरी तैनाथ गरिएको आयोजकले बताएको छ । सुरक्षा व्यवस्था मजबुद बनाउन कन्सर्टमा आउनेहरुको प्रवेश पास यसपटक फरक ढंगले तयार पारिएको छ । प्रवेश पासका लागि फोटो र व्यक्तिगत विवरण पूर्णरुपमा लिइएको छ । उनले कार्यक्रममा दुरी, ओ लम्हे, पहेली नजर मे, ओ मेरे खुदा, तेरे लिए, आदत लगायतका गीतहरु गाउनेछन् । उनी शनिबार नै र्फकने कार्यक्रम छ ।



Post a Comment