सलमानसंग बिहे गर्ने रानी मुखर्जीको भनाइ

Sunday, December 2, 2012 | comments


मंसिर, एजेन्सी ।
बलिउडमा विवाहको सीजन शुरू भैसकेको छ । हालै मात्र सेफ र करीना विवाह बन्धनमा बाँधिएका छन् । बलिउडको ताजा समाचार अनुसार ‘खंडाला गर्ल’ रानी मुखर्जी आफ्ना प्रेमी आदित्य चोपडासंग विवाह गरेर घर बसाउने तयारीमा छिन भन्ने समाचार आइरहेका बेला सूत्रहरूको एक समाचार अनुसार रानी अर्कोतिर खिचडी पकाउँदैछिन् ।

रानीले हालै भारतीय टिभि च्यानल जूमका साथमा एक्सक्लूसिभ कुराकानीका क्रममा आफ्नो मनको कुराको खुलासा गरेकी छन् ।  रानीको विवाहलाइ लिएर अहिले बलिउड विभिन्न अडकलबाजीहरू तथा हल्लाले तातेको छ । उनले आखिर को संग विवाह गर्नेछिन ?

रानीले पनि निकै आश्चर्य गराउने अभिव्यक्ति दिएर आफ्नो मन पर्ने ब्यक्तिका बारेमा खुलासा गरेकी छन् ।  जूमका साथमा हसीमजाकमानै रानीले यो भनिदिइन कि अब उनले सलमान खान संग विवाह गर्नु पर्दछ, जसले गर्दा अहिले भैरहेका हल्लाहरूमा विराम लाग्नेछ ।

उता बलिउडका ‘चुलबुल पाण्डे’ सलमान खानको बिबाहको कुराले पनि अहिले मीडियाहरूमा निकै चर्चा भैरहेको छ, यस्तोमा रानी र सलमानले एक अर्कासंग बिबाह गर्दा हुने भन्ने कुरा पनि निस्किएको छ ।

सबैलाइ थाहै छ, अहिले अमिर खान  सलमानका लागि दुलहीको खोजी गरिरहेका छन् । रानीलाइ के त्यसोभए अब तपाइँ अमिरलाइ मद्दत गर्नुहुन्छ त भन्दा रानीले उनी र  सलमानको साथमा एक छुट्टै एजेन्डा भएको बताइन् ।

यति चाहीँ पक्का छ कि जब रानीको भेट बलिउडका यी मोस्ट एलिजिबल ब्याचलरसंग हुनेछ, त्यतिबेला बिबाह एउटा प्रमुख मुद्दा बन्नेछ ।
-medianp
Share this article :

Post a Comment

भिडियो खबर तथा जानकारी

पेट मिचिमिची हास्नुहोस !!

हेर्नुहोस नेपाली ओम सान्ति ओम कमेडी भिडियो

Om Shanti Om - Parody (Nepali)