जापानमा सुरुङ भत्कंदा सयौं कार पुरिए, सात शव भेटियो सयौं बेपत्ता

Sunday, December 2, 2012 | comments

१७ मंसिर, एजेन्सी ।
जापानमाको सबैभन्दा लामो सुरुङ भत्कंदा सुरुङ भित्र सयौं कार पुरिएका छन । शनिबार भत्किएको ससागो सुरुङ दुर्घटनामा मृत्यु भएका सात जनाको शव फेला परेको छ भने घाइतेहरुले सयौं कार थिचिएको बताएका छन ।

राजधानी टोक्योबाट ८० किलोमिटर पश्चिममा रहेको सुरुङ भत्किँदा हजारौं सवारी साधन अलपत्र परेका छन् । सुरुङभित्र राखिएको सीसी क्यामेराबाट करिब एकसय मिटरभित्र सम्मको मात्र दृश्य देखिएको अधिकारीहरुले बताएका छन । दुर्घटनास्थलबाट बाक्लो कालो धुँवा आउँदा उद्दारमा कठिनाई भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरुको भनाई आधारमा त्यहाँभित्र सयौं कार र थुप्रै मानिसहरु अड्किएको र थिचिएको अनुनमान प्रहरीले गरेको छ । जापानको सबैभन्दा व्यस्त मानिने सडकको सुरुङखण्ड भत्कदा हजारौं सवारीमा सवार लाखौं यात्रु बिचलीमा परेका छन् ।

जापान सरकारले उद्दारका लागी आपतकालीन उद्दार टोलि परिचालन गरेको बताएको छ । हजारौंको संख्यामा जापानमा कार्यरत नेपाली यस दुर्घटनामा परेको बारे कुनै समाचार आएको छैन ।

दुर्घटनामा मारिएका सातैजना जापानी नागरिक भएको र उद्दार गरिएका झण्डै ५० जना सबैनै आफ्ना देशका नागरिक भएको उद्दारमा संलग्न सुरक्षाकर्मिहरुलाई उदृत गर्दै अन्र्तराष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन ।
Share this article :

Post a Comment

भिडियो खबर तथा जानकारी

पेट मिचिमिची हास्नुहोस !!

हेर्नुहोस नेपाली ओम सान्ति ओम कमेडी भिडियो

Om Shanti Om - Parody (Nepali)