सफल पोखरा कप फुटवलको उपाधि मनाङलाई

Saturday, November 10, 2012 | comments


२५ कात्तिक, पोखरा । मोफसलको सबैभन्दा ठूलो पुरस्कार राशी भएको सफल पोखरा कप फुटवलको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको छ ।
शनिबार भएको उपाधि भिडन्तमा मछिन्द्रलाई १-० गोल अन्तरले पराजित गर्दै मनाङले ३ लाख ५ हजार नगद पुरस्कारसहित उपाधि उचालेको हो । राष्ट्रिय टोलीका प्रशिक्षक कृष्ण थापाले टोली सम्हालेपछि लयमा देखिएको मनाङले एक महिनामा उचालेको यो दोस्रो ठूलो उपाधी हो । गत महिना काठमाडौंमा सम्पन्न एनसेल कप फुटवलको उपाधि पनि मनाङले नै जितेको थियो । उपविजेता मछिन्द्रले भने १ लाख ५० हजारमा चित्त बुझाएको छ ।
स्थानीय पोखरा रंगशालामा भएको खेलमा मनाङका लागि निराजन मल्लले विजयी गोल गरे । उनले खेलको ३५ औं मिनेटमा कप्तान अनिल गुरुङको पासमा बललाई जाली चुमाएका हुन् ।
यसअघि खेलको २७ औं मिनेटमा मछिन्द्रले पेनाल्टी पाएपनि कप्तान दिपक राई गोल गर्न चुके । उनको प्रहार मनाङका गोलरक्षकले रोकेका थिए ।
Share this article :

Post a Comment

भिडियो खबर तथा जानकारी

पेट मिचिमिची हास्नुहोस !!

हेर्नुहोस नेपाली ओम सान्ति ओम कमेडी भिडियो

Om Shanti Om - Parody (Nepali)