कस्तो होला सालीभेनाको रोमान्स ?

Thursday, October 18, 2012 | comments

नायक दिलीप रायमाझी एक होनहार र प्रतिभाशाली अभिनेता हुन् । उनको व्यक्तिगत कुरालाई छाड्ने हो भने सिनेमाको पर्दामा दिलीपले धेरै अभिनेत्रीसँग रोमान्स गरेको भूमिकामा अभिनय गरिसकेका छन् । नृन्य, कमेडी, द्वन्द्व वा सिरियस हरेक भूमिकामा जम्न सफल दिलीपकी अर्धाङ्गिनी पनि आफैंमा राम्रो नृत्य गर्ने कलाकारमा पर्छिन् तर दिलीपले आफ्नी धर्मपत्नीलाई पर्दामा ल्याएका छैनन् । आफ्नी धर्मपत्नीलाई पर्दामा नल्याए तापनि धर्मपत्नीकी बहिनी अर्थात् दिलीपकी साली भने विस्तारै सिनेमाको पर्दातिर आउन थालेकी छिन् । उनी हुन् अनिता दाहाल । स्टार हिरोकी साली अनितालाई भिनाजुबाट कत्तिको साथ र सहयोग मिलेको छ त्यो थाहा भएन तथापि दिलीपकी साली भनेर परिचय गराउन पाउँदा भने उनलाई नजानिँदो तरिकाले फाइदा पुगेकै छ जस्तो लाग्छ हामीलाई ।

सायद, प्लान र कसलाई आफ्नो भनूँ गरेर तीन चलचित्रमा अनुहार देखाइसकेकी छिन् अनिताले । नृत्यमा पनि पारंगत अनिता र दिलीपलाई एउटै सिनेमामा जोडीको रूपमा उभ्याउन धेरै निर्माता÷निर्देशकहरूले प्रयास गरेका थिए र अहिले पनि प्रयासरत छन्, तर कुन्नी के कारण हो मिलिरहेको छैन भन्छन् उनीहरू । सालीभेनालाई एउटै चलचित्रमा जोडीको रूपमा देखाएर उनीहरूबीचको रोमान्सका दृश्यहरू खिच्ने योजना कहिले पूरा होला ? त्यो भन्न सकिने अवस्था छैन । तर पनि सालीभेनाबीचको पर्दामा रोमान्सका दृश्यहरू कस्तो होला भन्ने कुतूहल भने सबैमा रहेको पाइन्छ ।

Share this article :

Post a Comment

भिडियो खबर तथा जानकारी

पेट मिचिमिची हास्नुहोस !!

हेर्नुहोस नेपाली ओम सान्ति ओम कमेडी भिडियो

Om Shanti Om - Parody (Nepali)