हेरोइनसहित पक्राउ

Thursday, October 18, 2012 | comments

प्रहरीले भारतीय नम्बरको एक कारबाट प्रतिबन्धित लागुपदार्थ खैरो हेरोइनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
प्राप्त सुराकीका आधारमा बीआर ०६ एसी २७४१ नम्बरको सेन्ट्रो कारमा लुकाइछिपाइ नेपाल भित्र्याउन लागेको अवस्थामा प्रहरीले ५८ ग्राम खैरो हेरोइनसहित कार चालक वीरगन्ज उपमहानगरपालिका–१९ इनर्वाका ४५ वर्षीय अमरदेव राउत अहिरलाई पक्राउ गरेको हो ।
उनीमाथि आवश्यक अनुसन्धान सुरु गरिएको वडा प्रहरी कार्यालय विर्ताले जनाएको छ ।
प्रहरीले गाडीको इन्जिनभित्रको फिल्टरमा लुकाइराखेको उक्त परिमाणको खैरो हेरोइन फेला पारेको प्रहरी निरीक्षक सुजन जोशीले बताउनुभयो ।
अहिले गाडी र त्यसका चालकलाई प्रहरी नियन्त्रणमा राखिएको छ । गाडी धनी अशोक यादव फरार रहेकाले उनको खोजी कार्य सुरु गरिएको प्रहरी निरीक्षक जोशीले बताउनुभयो ।
- रासस
Share this article :

Post a Comment

भिडियो खबर तथा जानकारी

पेट मिचिमिची हास्नुहोस !!

हेर्नुहोस नेपाली ओम सान्ति ओम कमेडी भिडियो

Om Shanti Om - Parody (Nepali)