१२ वर्षीया बालिकालाई झारफुक गर्छु भन्दै बलात्कार गर्ने झाँक्री पक्राउ

Thursday, October 18, 2012 | comments


छारे रोग लागेकी १२ वर्षीया बालिकालाई झारफुक गर्छु भन्दै बलात्कार गरेको आरोपमा एक झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

वीरगञ्जस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भवानीपुरको कक्षा ६ मा अध्ययनरत एक बालिकालाई झारफुक गर्छु भन्दै झाँकी सन्तबहादुर थापामगरले बलात्कार गरेको आरोप स्थानीयले लगाएपछि प्रहरीले झाँकीलाई पक्राउ गरेको हो ।

झाँकीले प्रहरीसँगको बयानमा बालिकालाई बलात्कार गरेको स्वीकारिसकेको प्रहरीले बताएको छ । झाँकीले उनी डेरा गरी बसेको कोठामा लगेर बालिकालाई निको पार्ने नाममा सबै लुगा खोल्न लगाएर बलात्कार गरेको उजुरी प्रहरी समक्ष परेको हो ।

उजुरीका आधारमा प्रहरीले झाँकीलाई पक्राउ गरी बयान लिने क्रम जारी रहेको छ । पीडित बालिकाको नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ । उनको स्वास्थ्यमा सुधार आउने क्रममा रहेको चिकित्सकहरुले बताएका छन् ।

झाँकीले विद्यालयकी छात्रालाई गरेको दुव्र्यवहार प्रति विद्यालय प्रशासनले आपत्ति जनाउँदै झाँक्रीलाई कडा भन्दा कडा कारबाही गरिनुपर्ने माग गरेको छ ।
Share this article :

Post a Comment

भिडियो खबर तथा जानकारी

पेट मिचिमिची हास्नुहोस !!

हेर्नुहोस नेपाली ओम सान्ति ओम कमेडी भिडियो

Om Shanti Om - Parody (Nepali)