आफ्नै आमाबाट बेचिएका एक युवतीको उद्धार

Thursday, October 18, 2012 | comments

वीरगन्ज, २ कात्तिक । आफ्नै आमाबाट बेचिएका एक युवतीलाई प्रहरीले उद्धार गरेको छ ।
भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले सीमावर्ती रामगढवा थानाअन्तर्गत च्युटाहा गाविस बस्ने प्रेमचन्द्र सिंहको घरमा छापा मारी बुधबार ती युवतीलाई उद्धार गरेको हो ।

चितवन शिवनगर घर भई हाल वीरगन्जमा बसोवास गर्दै आएकी सीता अर्यालले आफ्नी १७ वर्षीय छोरीलाई भारतीय नागरिक प्रेमचन्द्र सिंहसँग २० हजार भारतीय रुपैया“मा बिक्री गरेको प्रहरीले जनाएको छ ।
आफ्नै घरमा बन्धक बनाई एक नेपाली युवतीलाई सिंहले शारिरीक यातना दिइरहेको भन्ने सूचनाका आधारमा महिला अधिकार क्षेत्रमा काम गरिरहेका गैरसरकारी संस्था के आई नेपालले प्रहरीलाई जानकारी गराएपछि भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले ती युवतीलाई उद्धार गरेको इनर्वा प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक गोपाल यादवले बताउनुभयो ।
आफ्नै आमाले करिब नौ दिन अगाडि भारतीय दलाल सिंहका हातमा आफूलाई बिक्री गरिदिएको पीडित युवतीले प्रहरी समक्ष बयान दिएको प्रहरीले जनाएको छ । रक्सौल घुम्न जाने बहानामा आमाले छोरीलाई च्युटाहा लिएर गएकी थिइन् ।
युवतीको पूरै शरीरमा नीलडाम देखिएको छ । आमा सीता फरार रहेकीले उनको खोजीकार्य सुरु गरिएको छ । खरिदकर्ता सिंह पनि छापा मार्दा घरमा फेला नपरेकाले भारतीय प्रहरीको सहयोगमा उनको पनि खोजी कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक मनोहर भट्टले बताउनुभयो । रासस

Share this article :

Post a Comment

भिडियो खबर तथा जानकारी

पेट मिचिमिची हास्नुहोस !!

हेर्नुहोस नेपाली ओम सान्ति ओम कमेडी भिडियो

Om Shanti Om - Parody (Nepali)