प्रचण्डमा तुरुन्त राष्ट्रपती बन्ने भुत सवारले मुलुक अनिर्णयको बन्दी : रिजाल

Friday, October 19, 2012 | comments

विराटनगर, कात्तिक ३ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पार्टी प्रचार विभाग प्रमुख मिनेन्द्र रिजालले एकिकृत माओवादीका अध्यक्ष प्रचण्डमा राष्ट्रपती बन्ने भुत सवारका कारण मुलुक अनिर्णयको बन्दी बनेको बताउनु भएको छ । प्रेस युनियन नेपाल मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै नेता रिजालले चुनाव ,न्यायलय , संघियता सहितको संविधान ,जनप्रतिनिधिमुलक अंग सबै ध्वस्त भए पनि आफु राष्ट्रपती बन्न पर्खिन नसक्ने प्रचण्डमा पलाएको भुत सवारले मुलकलाई शुन्य अवस्थामा पुयाएको दावी गर्नुभएको हो । उहांले प्रचण्डमा पलाएको त्यस्तो विचार अहिलै पुरा नहुने र त्यो पुरा नभएपछि परिणाम खारेज गर्नुपर्छ भन्दै मुलुकलाई द्धन्दमा पुनः फसाउने माओवादीको रणनिति रहेको समेत उहांले आरोप लगाउनु भयो । एकिकृत माओवादी कात्तिकसम्म राजनैतिक सहमती हुन नदिने र त्यसवाट आउंदो बैशाखमा हुने चुनाव प्रभावित गरी अर्को मंसिरसम्म चुनावलाई धकेलेर जवरजस्ती रुपमा सत्तामा वसिरहने मनशायमा लागेको उहांले आरोप समेत लगाउनु भयो । अहिले मुलुकको संविधानको मुल्य र मान्यता ट्रयाक छोडेर छ्यतविछ्यत भएको अवस्था रहेको बताउंदै नेता रिजालले त्यसलाई राजनैतिक सहमती वाट ल्याउने नभए राष्ट्रपतीले संरक्षक र पालकको रुपमा सबैलाई चित्त बुझाएर प्रधानमन्त्रीलाई हटाई राष्ट्रिय सरकार गठन गर्ने गरि कदम चालेर ल्याउनु पर्ने जिकिर गर्नुभयो । जनतालाई दुख दिने कांग्रेसको मनशाय नभएको भएपनि मुलुकको निकासको लागी कांग्रेस आन्दोलनमा जानुको विकल्प नरहेको उहांले बताउनु भयो । नेता रिजालले राजनैतिक सहमती खोजेर निकास निकाल्नुपर्ने भएपनि एकिकृत माओवादीको अधिनायकवादी र सर्वसत्तावादी सोचका कारण संभव नहुने र अर्को राष्ट्रपतीले पनि सहमती नबनेको खण्डमा कदम चाल्ने कम संभावना रहेकोले कांग्रेस उपयुक्त समय पारेर आन्दोलनको पर्खाइमा रहेको उल्लेख गर्नुभयो। मुलुकको निकासका लागी अहिलेको चुनौती ट्रयाक छोडेर भिरमा खसेको गाडी झै भएको संविधानलाई ट्रयाकमा ल्याउने भएकोले त्यो एकिकृत माओवादीमा सद्बुद्धि आएर राजनैतिक सहमती भएमात्र पुरा हुने उहांको भनाई थियो ।




Share this article :

Post a Comment

भिडियो खबर तथा जानकारी

पेट मिचिमिची हास्नुहोस !!

हेर्नुहोस नेपाली ओम सान्ति ओम कमेडी भिडियो

Om Shanti Om - Parody (Nepali)