पोखरा, कात्तिक ३ । नेकपा एमालेका सचिब शंकर पोखरेलले प्रधानमन्त्री डा बाबुराम भट्टराई जंगबहादुर बन्न खोजेकाले चाडैनै समाप्त भएर जाने चेतावनी दिनुभएको छ । सहमितलाई लत्याएर एकलौटी सरकार चलाउन खोज्ने भट्टराईको पतन निश्चित भएको उहाले बताउनुभयो ।
बिजयादशमी तथा दिपावलीको अबसरमा नेकपा एमाले कास्कीले आज पोखरामा आयोजना गरेको चियापानमा पोखरेलले भट्टराईले जनताको भावनालाई लत्याएर राष्ट्रपतिलाई पनि नटेरेको आरोप लगाउनुभयो ।
त्यस्तै पोखरामा क्षेत्रिय अन्तराष्ट्रिय बिमानस्थल निर्माणमा दवाबको लागि पोखरा बिमानस्थल अगाडि जारी रिले अनसनमा बसेकाहरुलाई आजै सम्बोधन गर्दै एमाले सचिब पोखरेलले बिकास बिरोधीहरुको समाप्ती निश्चित भएको बताउनुभयो । बिमानस्थल निर्माणको लागि पोखरेलीले जारी राखेको आन्दोलनप्रति एकेबद्धता जनाउदै उहाले बिकास निर्माणमा राजनितिक सहमति अनिबार्य भएको बताउनुभयो ।
भिडियो खबर तथा जानकारी
पेट मिचिमिची हास्नुहोस !!
हेर्नुहोस नेपाली ओम सान्ति ओम कमेडी भिडियो
Om Shanti Om - Parody (Nepali)
Post a Comment