आजबाट तिहार सुरु, यमराजलाई दीपदान गरिदै

Saturday, November 10, 2012 | comments


काठमाडौं, २६ कात्तिक । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजबाट सुरु हुँदैछ । यमपञ्चक समेत भनिने यस चाड कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्धीतियासम्म मनाउने गरिन्छ ।
तिहारको पहिलो दिन आज साँझ दैलोमा यमराजलाई स्मरणगरी आह्वान स्वरुप दीपदान गरिदै छ ।
त्यस्तै यसपटक काग तिहार भने २७ गते (भोलि) परेको छ । २८ गते कुकुर तिहार र औंशी पनि त्यही दिन परेको छ । त्यसैले सोही दिन धनकी देवी लक्ष्मीको पूजाआराधना गरिनेछ ।
त्यस्तै २९ गते गोवर्धन पूजा तथा गाई–गोरु पूजा परेको छ भने ३० गते भाइटीका परेको छ । यस पटक भाइटीकाको उत्तम साइत मध्यान्न ११ बजेर २३ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।
वैदिककालमा बलि राजाले आफ्नो राज्यभर दीपावलीगरी भगवान विष्णुलाई खुशीपारी यमपञ्चकभर तीनैलोकको राज्यभोग गर्न पाउने वरदान पाएको प्रसंग तिहारसँग जोडिएको छ । यसपर्वमा लक्ष्मीको पूजा गर्ने, घरमा दीपावली गर्ने, द्यौसी–भैलो खेल्ने गरिन्छ भने दिदी–बहिनीले विशेष सत्कारकासाथ आफ्ना दाजुभाइको पूजागरी दीर्घजीवनको कामना गर्ने कारणले यस चाडको महत्व हिन्दू समूदायमाझ विशेष रहँदै आएको छ ।
Share this article :

Post a Comment

भिडियो खबर तथा जानकारी

पेट मिचिमिची हास्नुहोस !!

हेर्नुहोस नेपाली ओम सान्ति ओम कमेडी भिडियो

Om Shanti Om - Parody (Nepali)