२६ कात्तिक, काठमाण्डौं । नेपालीहरुको दोस्रो ठूलो पर्व दीपावली नजिकिँदै जाँदा राजधानीका केही क्यासिनोहरुले गैरकानुनी रुपमा नेपालीलाई छिराउने अभियान सुरु गरेका छन् । स्थानीय प्रशासनको मिलेमत्तोमा गोप्य मार्गबाट नेपालीलाई प्रवेश गराई जुवा खेलाउन थालिएको हो ।
बर्षदिनमा भएको घाटा यहि बेला असुल्ने उद्देश्यका साथ तिहारको बेला गैरकानुनी रुपमा केही क्यासिनोले नेपाली प्रवेशलाई जोड दिएको खबर राजधानी दैनिकले छापेको छ ।
बानेश्वरस्थित एभरेस्ट क्यासिनो, मल्ला होटलस्थित भेनस क्यासिनो र दरबारमार्गस्थित रोयल क्यासिनोमा चोरबाटोबाट नेपालीलाई प्रवेश गराई जुवा खेलाउन थालिएको स्रोतले जनाएको छ । स्रोतका अनुसार मूलगेटभन्दा पछिल्लो गेटबाट नेपाली छिराएर जुवा खेलाउन थालिएको ती क्यासिनोमा कार्यरत कर्मचारीहरुले नै बताएका छन् ।
Post a Comment