गोरु भन्दा युवती सस्तो

Saturday, November 10, 2012 | comments


एजेन्सी-भारतको झारखण्ड राज्यमा पर्ने सिमडेगा जिल्लामा आदिवासीहरुको बाहुल्यता छ । यो ठाउँ बिचित्रको छ । यहाँ एक हल गोरु किन्नु परेमा ३० हजार रुपैयाँ लाग्छ । पुरानो मोटरसाइकल किन्नु परेमा २० हजार, पुरानो स्कुटर १५ हजार रुपैयाँ पर्छ । तर यहाँका आदिवासीका छोरीहरु भने सस्तैमा पाइन्छन् ।

बीबीसीले हालै प्रकाशित गरेको एक रिपोर्ट अनुसार त्यहाँ २ हजारदेखि ५ हजार रुपैयाँमा आदिवासीका छोरीलाई दलालहरुले शहरमा लगेर बेच्ने गरेको रहस्य खुलेको छ । यस क्षेत्रबाट कयौं आदिवासी युवती बेपत्ता पनि भएका छन् । उनीहरुलाई राम्रो रोजगारी दिने आश्वासन दिएर सहरमा लगेर दलालहरुले बिक्री गर्ने गरेको बताइन्छ । कयौं गरिब अभिभावकले रोजीरोटीका लागि छोरीलाई शहर पठाउने गरेको पाइएको छ । यसरी पठाउँदा दलालहरु हाबी हुने गरेको र उनीहरुले शहरमा रहेका देहव्यापार गिरोहलाई २ हजार देखि ५ हजार रुपैयाँ सम्ममा युवती बिक्री गर्ने गरेको बताइएको छ ।

हालै ग्रामिण क्षेत्रमा स्थानीयले चार दलाललाई पक्राउ गरे । उनीहरुलाई स्थानीय पञ्चायतमा बुझाइएको थियो । यसरी बुझाइएका दलालमध्ये कै एक एनोस कुजुरलाई पञ्चायतका सामू पेश गरिएको थियो । जिल्ला परिषद सदस्य नील जस्टिन बेक र उपमुखिया विजय एक्काको अगुवाइमा बसेको पञ्चायतमा कुजुरले आफ्नो अपराध स्वीकार गरे । मानव बेचबिखन गर्ने गिरोहबाट आफू दुई युवती बेचेबापत १० हजार रुपैयाँ लिएको उनले स्वीकार गरे ।
Share this article :

Post a Comment

भिडियो खबर तथा जानकारी

पेट मिचिमिची हास्नुहोस !!

हेर्नुहोस नेपाली ओम सान्ति ओम कमेडी भिडियो

Om Shanti Om - Parody (Nepali)