कपिलबस्तु, कात्तिक १८ – कपिलबस्तु सदरमुकाम तौलिहवाको चोकबजारमा रहेको एउटा कस्मेटिक पसलमा आगलागी हुदा लाखौँ रुपैयाँको नोक्सानी भएको छ । शनिबार बेलुकी लागेको आगोले चोकबजारमा रहेको कान्दु कस्मेटिक्स जलेर नष्ट भएको हो ।
यसैबीच, व्यापारी र स्थानीयवासीले तौलिहवा नगरपालिकाको दमकल तोडफोड पारिदिएका छन् । ढिलोगरि आगोलागि भएको ठाउमा पुगेको दमकलबाट पानी ननिस्किएपछि व्यापारी र स्थानीयवासी आक्रोशित भएका हुन् ।
आगलागीबाट लाखौँ रुपैयाँको नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ
Post a Comment