नेपालगन्ज, कात्तिक १८ - अठारौं राष्ट्रिय कण्डम दिवसका अवसरमा शनिबार नेपालगन्जमा युवतीवीच कण्डम फुलाउने प्रतियोगिता भएको छ ।
विभिन्न सामाजिक सस्थामा आवद्ध नेपालगञ्जका युवतीहरुवीच कण्डमको प्रचारप्रसारमा सहयोग पुर्याउने अपेक्षासहित शनिबार कण्डम फुलाउने प्रतियोगिता भएको छ । नेपालगञ्जको शहिद सेतु विक चोकस्थित वीच सडकमा भएको प्रतियोगितामा ९ जना युवतीको सहभागिता थियो ।
जसमा पश्चिम ताराका रोशनी प्रथम, जुनकिरी नेपालका जयकला विक द्धितिय र आइएनएफ नेपालका कृपा चौधरी तेस्रो हुनुभयो । तेस्रो लिङ्गीको पनि सहभागिता रहेको प्रतियोगिताका विजयीलाई पुरस्कारको व्यवस्था समेत गरिएको थियो ।
दोहोरो सुरक्षाका लागि कण्डमको पहुँच बढाऔं भन्ने नाराका साथ नेपालगन्जमा पनि शनिबार १८ औं राष्ट्रिय कण्डम दिवस मनाइएको छ ।
जिल्ला एड्स समन्वय समिति लगायतका संघसस्थाको आयोजनामा नेपालगन्जमा बाजागाजासहितको भव्य र्याली निकालिएको थियो ।
Post a Comment