नुहाउने क्रममा तालमा डुबेर २ को मृत्यु

Saturday, November 3, 2012 | comments


बर्दिया, कात्तिक १८ - बर्दियाको गुलरिया नगरपालिका १२ नजिकै कमल तालमा नुहाउने क्रममा डुबेर २ जनाको ज्यान गएको छ । 
भारतबाट कमाई गरी घरतर्फ आउँदै गर्दा आफ्नै गाँउ नजिकको कमल तालमा नुहाउने क्रममा बर्दियाको गुलरिया नगरपालिका १२ रामपुर टेपरीका २९ वर्षिय जयबहादुर बिक र ३० वर्षिय चन्द्रबहादुर बिकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
नुहाउन गएका मध्ये चन्द्र शहादुरको तालमै र जय बहादुरको उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ ।
दुवैलाई तालमा डुबेका अवस्थामा स्थानीयबासिन्दाले फेला पारेका थिए ।
Share this article :

Post a Comment

भिडियो खबर तथा जानकारी

पेट मिचिमिची हास्नुहोस !!

हेर्नुहोस नेपाली ओम सान्ति ओम कमेडी भिडियो

Om Shanti Om - Parody (Nepali)