वेलायती फूलटवलमा रंगभेदी विवाद चर्किंदै

Wednesday, October 24, 2012 | comments


कात्तिक ८ – बेलायती फूटबलमा रंगभेद सम्बन्धी विवाद चर्किँदै गएको छ । विवाद चर्किँदै गएपछि काला जातिहरुको कानुन व्यवसायीको नेतृत्व गरिरहेका संस्थाले काला जातिहरुको छुट्टै फूटबल संगठन हुन सक्ने चेतावनी दिएको छ ।

काला कानून व्यवसायीको संस्थाको नेतृत्व गरिरहेका पीटर हर्बटले छुट्टै फूटबल संस्था खोल्ने तयारी शुरु भैसकेको र त्यसले रंगभेद विरुद्ध लड्ने बताएका बीबीसीले जनाएको छ ।

तर प्रोफेस्नल फूटबलर्स एशोसियसनले यस्तो कदम विभाजनकारी हुने भन्दै आपत्ति जनाएको छ । इङ्लिस फूटबलमा खेल मैदानमै काला जातिका खेलाडि माथि दुर्ब्यवहार र नकारात्मक टिप्पणी बढेपछि अहिले रंगभेदको विषय चर्किएको छ ।
Share this article :

Post a Comment

भिडियो खबर तथा जानकारी

पेट मिचिमिची हास्नुहोस !!

हेर्नुहोस नेपाली ओम सान्ति ओम कमेडी भिडियो

Om Shanti Om - Parody (Nepali)