पर्वतमा प्रहरी र गाउँलेवीच झडप,,,,,

Wednesday, October 24, 2012 | comments

पर्वतको धाइरिङ गाविस २ मिलनचोकबजारमा बुधबार दिउँसो प्रहरी र गाउँलेवीच झडप भएको छ । वालवालिकाले खेलाएको झण्डीबुर्जा खेलका सामाग्री प्रहरीले उठाएपछि गाउँले र प्रहरीवीच बिवाद बढेर झडप भएको हो ।

झडपका क्रममा मिलनचोक अस्थायी प्रहरी पोष्टका प्रहरी सहायक निरीक्षक जंगबहादुर श्रेष्ठले र केही गाउँले घाइते भएका छन् । प्रहरीले झण्डीबुर्जा खेलाएको भन्दै स्थानीय एक बालकलाई नियन्त्रणमा लिएपछि महिलाहरु प्रहरीमाथि आक्रमणमा उत्रेका थिए । मिलनचोक अस्थायी प्रहरी पोष्टका प्रहरी सहायक निरीक्षक श्रेष्ठले मदिरा खाएर स्थानीय एक महिलालाई हातपात गरेकोले कुटपीट गरेको महिलाहरुले बताएका छन् ।

प्रहरीको कुटाईबाट मिना पुन सहित अन्य महिला पनि घाइते भएका छन् । प्रहरीले मदिरा सेवन गरेर महिला र वालवालिकामाथि ज्यादती गरेको स्थानिय विकास केसीले बताउनुभयो । पर्वतका प्रहरी प्रमुख केदार खनालले भने झण्डीबुर्जा उठाएपछि महिलाहरु प्रहरीमाथि जाई लागेर कुटपिट गरेको बताउनुभयो ।

घटनापछि प्रहरी जिल्ला प्रहरी कार्यालय पर्वत र चण्डिका सशस्त्र प्रहरी गण कुश्माबाट प्रहरी तथा शसस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेको छ । प्रहरीले घटनालाई नियन्त्रणमा लिइसकेको पर्वतका प्रहरी प्रमुख केदार खनालले बताउनुभयो ।
Share this article :

Post a Comment

भिडियो खबर तथा जानकारी

पेट मिचिमिची हास्नुहोस !!

हेर्नुहोस नेपाली ओम सान्ति ओम कमेडी भिडियो

Om Shanti Om - Parody (Nepali)