कृतिम पोखरीमा डुबेर दुई किशोरको मृत्यु

Thursday, September 27, 2012 | comments


दोलखा, असोज ११ – कृतिम रुपमा बनेको पोखरीमा डुबेर दोलखामा दुई जना किशोरको मृत्यु भएको छ । लाकुरीडाँडा गाविस  ७ का बलबहादुर श्रेष्ठका छोरा  १६ वर्षिय रोशन श्रेष्ठ र सोही ठाउँका बमबहादुर श्रेष्ठका छोरा १३ बर्षिय कान्छा श्रेष्ठको लाकुरीडाँडा ८ को ओरेन्ड मेग्नेसाइट खानीमा कृतिम रुपमा बनेको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
बिहिबार दिउँसो विद्यालयबाट फर्केका उनीहरुको पौडी खेल्ने क्रममा पोखरीमा डुबेर अन्दाजी १:३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको शव गाडिएको अवस्थामा पोखरीबाट नेपाली सेनाले साँझ झिकेको हो । नेपाली सेनाको बर्दबहादुर गण चरिकोटका गणपती महेन्द्र महर्जनको नेतृत्वको सैनिक टोलीले दुई बालकको शव पोखरीबाट मृत अवस्थामा झिकेको थियो । कृतिम पोखरी भएपनि करिब ५० फिट गहिरो भएकोले हुक लगाई शव झिक्नु परेको गणपती महेन्द्र महर्जनले जानकारी दिनुभयो ।
प्रारम्भिक अनुसन्धानबाट तीन जना साथीहरु पौडी खेल्न गएको तर पोखरी गहिरो भएकोले कान्छा भाईलाई कपडा रुग्न लगाएको बुझिएको छ । दुई  जना  पोखरी हाम फालेको तर उनीहरु नउत्रेपछि  उनले परिवारलाई  खबर गरेको खरिढुङगा प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरिक्षक विर बहादुर कार्कीले बताउनुभयो ।  
Share this article :

Post a Comment

भिडियो खबर तथा जानकारी

पेट मिचिमिची हास्नुहोस !!

हेर्नुहोस नेपाली ओम सान्ति ओम कमेडी भिडियो

Om Shanti Om - Parody (Nepali)