पुरुष यौनकर्मीका कुरा, ‘रहर भन्दा पनि लहैलहैमा फसियो’

Thursday, September 27, 2012 | comments


विमल नेपाल
–मासिक ५० हजारसम्म कमाई हुने व्यवसायीको भनाई
–श्रीमान विदेश गएकाहरु भरपर्दा ग्राहक
–महिला यौनकर्मीका लागि कडाई भए पनि पुरुषका लागि सहज
यौन व्यावसायमा महिलाको सहभागिताका विषयमा त धेरै सुनिन्छ । तर, पुरुषले पनि व्यावसायकै रुपमा यौनकर्म गर्ने गरेको कुरा तँपाईलाई नौलो लाग्न सक्छ ।
हो, जिल्लाकै एक पुरुषले राजधानी काठमाण्डौंमा लामो समयअघि देखि यौन व्यावसाय गरिरहेका छन् । उनले कुनै ‘मसाज सेन्टर’, क्याविन वा बेश्यालय खोलेर यौन व्यवसाय गरेका होईनन् । उनी ‘कन्याक्ट’मा महिलाहरुसँग यौन सम्पर्क गर्छन् । र, सो बापत निश्चित रकम लिन्छन् । ‘सुरुमा त परुषले पनि यौन बापत रकम पाउँछन् भन्ने लागेकै थिएन ।’ परिचय नखुलाउने शर्तमा उनले भने, ‘रहर भन्दा पनि लहैलहैमा यता लागियो, अहिले त व्यवसाय नै भईसक्यो ।’
अहिले पनि उनको खास व्यवसाय भने अर्कै छ । काठमाण्डौंमा स्टेशनरी सामानको व्यापार गर्ने उनी ‘पार्टटाईम’ कामका रुपमा यौनकर्म गर्ने गरेको वताउँछन् । दिनमा तीन चार जनासँगसम्म यौन सम्पर्क गर्ने वताउने उनले एक जनावाट पाँच हजार देखि ३५ हजारसम्म लिने गरेको वताए । ‘तर यति नै भन्ने हुँदैन । नियमित गर्नेसँग सित्तैमा पनि गर्नुपर्छ ।’ उनले भने, ‘त्यस्ताहरुसँग एकमुष्ठ पैसा लिने गरेको छु ।’
राजधनीमा अहिले पुरुष यौन व्यावसायीको संख्यामा एकदमै बद्धी भएको पनि उनले जानकारी दिए । कहिलेकाँही आफू एक्लैले नभ्याँउँदा साथीहरुसँग सहकार्य गर्नु पर्ने हुन्छ । आफूलाई खडेरी परेका बेला पनि साथीहरुले खोजिदिएर सहयोग गरिदिने गरेको उनले वताए ।
कुन समूहले गारउँछ त यौनकर्म ?
श्रीमान विदेश गएका र विशेष गरी लाहुरेका श्रीमती र छोरीहरुले पैसा दिएर यौन सम्पर्क गराउने गरेको व्यवसायमा संलग्नहरुले वताए । पहिला आफू यौन व्यवसायमा संलग्न भएर साधारण जीवन विताईरहेका महिलाले पनि आफूहरुलाई प्रयोग गरेर यौन तष्णा मेट्ने गरेको उनीहरुले वताए । ‘तर त्यस्ताहरुसँवाट खासै पैसा आउादैन भावना बुझेर गर्नु पर्ने हुन्छ ।’ ती जिल्लाका पुरुष यौनकर्मीले भने, ‘खास गरी काम दिने त श्रीमान विदेश गएकाहरु नै हुन् ।’ आफ्नो श्रीमानसँगको यौन सम्पर्कमा असन्तुष्ट नारीहरुले पनि त्यसरी आफ्नो चाहना पूरा गर्ने गरेको उनले वताए ।
जागिरे श्रीमानका श्रीमतीले पनि भाडामा यौनकर्मी पुरुषको प्रयोग गर्ने गरेको वुझिएको छ । ‘उनीहरु माया त आफ्नो श्रीमानलाई नै गर्छन् । तर, तिर्खा मेट्न मात्रै हामीलाई प्रयोग गर्छन् ।’ उनले भने, ‘ त्यस्ताहरु घर पनि नविग्रियोस्, चाहना पनि पूरा होस् भन्ने चाहन्छन् ।’ आफ्नो जवानीको समयमा विदेशमा श्रम गरेर फर्केका र बिहे पनि नगरेका महिलाहरु पनि पुरुष यौनकर्मीका ग्राहक हुने गरेका छन् ।
कसरी हुन्छ त ‘कन्ट्याक्ट’ ?
जिल्लाकै अर्का राजधानीमा यौन व्यवसाय गर्ने पुरुष दामोदर (नाम परिवर्तन) डान्स सेन्टरमा ट्रेनिङ लिने क्रममा त्यस्ता महिलाहरु सँग आफ्नो सम्पर्क बढेको वताउँछन् । एस.एल.सी उतीर्ण गरेर अध्ययनका लागि राजधानी छिरेका दामोदरको बचपन देखिकै चाहना थियो– राम्रो ‘डान्सर’ बन्ने । सोही अनुरुप उनी काठमाण्डौंको एक ‘कल्चर’मा नाच सिक्न थाले । त्यसै क्रममा उनको धेरै स्त्रीहरुसँग संगत बढ्यो । त्यसै सिलसिलामा उनले एक दुई वटा चलचित्रमा अभिनय पनि गरे । त्यस्तैमा ‘ह्यण्डसम’ दामोदर प्रति कोरसमा नृत्य गर्ने केटी प्रभावित नहुने कुरै भएन । उनीहरुसँग निकटता बढ्यो, यौन सम्पर्क भयो । र, उनीहरुकै सम्पर्कवाट दामोदर क्रमशः यौन व्यवसायी भए । दामोदरकै अनुसार उनले अभिनय गरेको चलचित्रमा सँगै नृत्य सिकेका केटीहरु कोरसका रुपमा नाचेका थिए, जो काठमाण्डैंका धनी बाऊका छोरीहरु थिए । सुरुमा उनीहरुले पनि सेक्स बापत केही रकम दिएको उनले वताए । ‘पछि उनीहरुकै सम्पर्कमा अरु धेरै आउन थाले । गाडी लिएर आउाथे, ठूला ठूला होटलमा लैजान्थे । त्यस्तै सेक्सी ब्यबहार देखाउँथे । मेरो मन नपग्लने कुरै भएन । सेक्स हुन्थ्यो । हिड्ने बेलामा फेरि भेट्ने बाचा गर्दै पाँच÷दश हजार रुपैंया दिन्थे । क्रमशः यो व्यवसायमा फसियो ।’ दामोदरले भने । यो त व्यवसायमा सम्लग्न दामोदरको सबाल हो ।
राजधानीका ठूला सपिङ सेन्टर, ठूला होटल र ठूला रेष्टेरेन्टमा त्यस्ता ग्राहकको खोजी गर्ने महिलाहरु भेट्ने गरेको व्यवसायमा संलग्नहरुको अनुभव छ । आँखाको भाकावाट नै चाहना थाहा भए पनि त्यस्ता धेरै मान्छेहरुको जमघट हुने ठाउँमा ‘एजेन्ट’हरु नै खटिएका हुन्छन् । चाहना गर्ने महिलाले ‘ह्याण्डसम’ र धेरै सेक्स गर्न सक्ने अनुमानको आधारमा ‘भिजिटिङ’ कार्ड दिएर जान्छन् । र, फोनवाट सम्पर्क हुन्छ । अनि साथीहरुकै संगतवाट पनि यौनको चाहना राख्ने महिलासँग सम्पर्क हुने गरेको व्यवसायमा संलग्नहरुले वताए ।
कहाँ हुन्छ सेक्स ?
‘कन्ट्याक्ट’ भएपछि महिलाहरुले नै बोलाउने गरेको उनीहरु बताउँछन् । धेरैजसो महिलाले आफूहरुलाई घरमा नै बोलाउने गरेको दामोदरले बताए । ‘कुनै चोकमा भेटौं भनेर बोलाउँछन् । अनि उनीहरुले नै आफूले चाहेजस्तो ठाउँमा लैजानछन् ।’ उनले भने, ‘ कसैले घरमा लैजान्छन् त कसैले होटल ।’ कहिले राजधानी बाहिर पनि व्यवसायका क्रममा जान परेको अनुभव व्यवसायीहरुको छ । यस सिलसिलामा खास गरी पोखरा, सौरहा जाने गरेको उनीहरु वताउँछन् । जागिरे श्रीमानका श्रीमतीहरु भने घर भन्दा बाहिर जान चाहँदैनन् । बाहिर गए पनि राजधानीकै कुनै होटललाई ‘सेक्स स्पट’ बनाउँछन् गृहिणीहरु । छिटो भन्दा छिटो ‘धन्दा’ सकेर श्रीमान् खुसी पार्ने चाहना श्रीमानद्वारा यौन कुण्ठित गृहिणीको हुने गरेको दामोदरले जानकारी दिए ।
कस्तो हुन्छ सेक्सको प्रकृति ?
धेरै यौन चाहना हुने र कुण्ठितहरुको कुण्ठा उजागर गर्ने पर्ने भएकाले सेक्समा महिलाहरुले अनेकता चाहने गरेको पुरुष यौनकर्मीको अनुभव छ । उनीहरु विभिन्न खाले नीलो चलचित्र ‘ब्यू फिल्म’मा जस्तो आसनको चाहना राख्दछन् । धेरै जासो महिलालले मुख मैथुनको लागि बढ्ता अनुरोध गर्ने गरेको उनीहरु बताउँछन् । ‘उनीहरुरले पनि बराबर नै मुख मैथुन गर्दछन् । शीघ्र स्खलन हुन नदिन महिलाहरुले नै विभिन्न खाले औषधिहरु दिने गरेका छन् । पैसा तिरेर ल्याएको भन्ने भएपछि उनीहरुले भनेको मान्नै पर्ने हुन्छ । यौन सम्पर्क सुरक्षित बनाउन कण्डम पनि उनीहरुले ल्याउने गर्दछन् । विशेष गरी श्रीमान विदेश गएका श्रीमतीहरु रात नै वस्न चाहन्छन् । उनीहरु नशामा लठ्ठ भएपछि सेक्स गर्न चाहन्छन् । हामीलाई पनि अल्कोहल खुवाउँछन् । उनीहरु यौन संम्पर्कले पुरुष कमजोर हन्छ भनेर विभिन्न शक्तिबर्दक खानाहरु पनि खुवाउँछन् ।’ दिनमा एक वटी नटुट्ने वताउने उनीहरु बढीमा चार पाँच जनासम्म भ्याउनु पर्ने वताउँछन् ।
दामोदर जस्ता सयौं पुरुष अहिले व्यवसायिक रुपमै यौन व्यवसाय गरिरहेका छन् । तर, दामोदर भने अब यो पेसावाट हात धुने मनस्थितिमा पुगेका छन्, कारण– उनीलाई अहिले आफू स्वास्थ्य र प्रतिष्ठामा आफू निक्कै कमजोर भएको अनुभूत भएको छ । मान्छेहरुले हेर्ने दृष्ट्रिको पनि विग्रन थालेको वताउने उनले सुरुसुरुमा नयाँनयाँ स्वाद चाख्न पाएकोमा खुसी लागेको वताए पनि अब त सेक्स पनि व्यापार जस्तो हुन थालेपछि जिन्दगीको स्वाद नै विग्रन लागेको निश्कर्षमा पुगेका छन् ।
हो, यो त एउटा प्रतिनिधि र सार घटना मात्रै हो । यो समाज यसरी नाङ्गीदो छ कि, मानौ अब छोप्नै सकिदैन । समाजमा यौन अनुपातको हिसाबमा यसरी छरपस्ट हुँदैछ कि, तीतो लागे पनि त्यसको स्वाद मीठो मानेर चाट्नु पर्ने स्थिति छ । पितृसतात्मक समाजमा महिलाललाई दबाईएककै कारण महिला पहिले यौन व्यवसायीका रुपमा समाजमा देखा परे, पुरुष पनि बन्दनमुक्त भने थिएनन् र छैन पनि । यसर्थ, उ पनि व्यवसायकै रुपमा यौन पेसामा लाग्न थालेको । यसलाई विकास भन्ने कि विकृति ? यो व्यापक वहशको विषय हो । सन्दर्भ सतही जस्तो लागे पनि यसको प्रभाव राजधानीवाट अब गाउँ प्रवेश गर्दैछ, विकास जस्तरी । आजै हामी यसलाई निर्मुल वा विकासको धारणा बनाउन सक्दैनौं, बनाए पनि समयानुकुल हन्छ÷हुदैन, बेग्लै पाटो छ । तर, अब हामी यो चाहीं सोचौ यसलाई कहाँ, कसरी हेर्ने ?
एउटा मान्छे, आमाको छोरा हो, बैनीको दाई हो, माईजुको भान्जो हो, प्रेमिकाको प्रेम हो, वेश्याको वेश्या हो ।– यो सन्दर्भलाई गहिरएर सोचौं, अहिले सिर्फ सोचौं ।
समाचार स्रोतका लागि पत्रकार विदुर आचार्यलाई धन्यवाद ।
Share this article :

Post a Comment

भिडियो खबर तथा जानकारी

पेट मिचिमिची हास्नुहोस !!

हेर्नुहोस नेपाली ओम सान्ति ओम कमेडी भिडियो

Om Shanti Om - Parody (Nepali)