रेस्टुरेन्टमा साङ्ला दौडिएपछी मालिकले तिरे एक लाख डलर जरिवाना

Thursday, September 27, 2012 | comments

हामीकहाँ गुँदपाकमा गुहु मिसाउनेलाई पनि खासै कारवाही हुँदैन । तर विकशित देशमा भने खाद्य पदार्थमा हुने मिसावट तथा सरसफाइमा गरिने हेलचेक्राइ अक्षम्य अपराध बन्दछ ।अस्ट्रेलियामा एकजना भारतीय रेष्टुरेन्टका मालिकले रेष्टुरेन्ट फोहोर राखेको आरोपमा झण्डै एक लाख डलर जरिवाना तिर्नु परेको छ । किंग्स क्रस इलाकामा रहेको उक्त रेष्टुरेन्टलाई सफाइ तथा स्वच्छता उल्लंघन गरेको आरोपमा यतिधेरै रकम सजाइँ सुनाइएको हो ।अनुगमनका क्रममा उक्त रेष्टुरेन्ट भित्र सरसफाइमा ध्यान नदिइएको तथा विभिन्न ठाउँमा मरेका मुसा पाइनुका साथै यत्रतत्र सांग्ला देखिएका थिए । सरसफाइमा हेलचेक्राइ गरी उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरेको भन्दै स्थानीय अदालतले खाद्य पदार्थ स्टार्न्र्डड ऐन अनुसार उक्त रेष्टुरेन्टका मालिकलाई साढे ९७ हजार डलर जरिवानाको फैसला गरेको हो ।एक ग्राहकको उजुरीको आधारमा स्वास्थ्य अधिकारीहरुले उक्त रेष्टुरेन्टको नीरिक्षण गरेका थिए । त्यसक्रममा दराजहरुमा मुसाको लेँड पाइनुका साथै रछ्यानको नजिकै मरेको मुसा फेला परेको थियो । रेष्टुरेन्टका ढोका तथा काउन्टर लगायतका ठाउँमा सांग्लाहरु  दौडेको देखेपछि अनुगमन अधिकारीहरुको पारो तातेको थियो । दराजको खापाहरुमा धूलो तथा माटो जमेको र त्यहीँमुनिका खापामा खाद्यपदार्थ राखिएको अनुगमनका क्रममा पाइएको थियो ।के गर्नु, यतिविधि कडा कानुन हुन्छ र पो उपभोक्ताको अधिकार सुनिश्चित हुन्छ । हाम्रोमा कहिलो होला त्यस्तो ?
Share this article :

Post a Comment

भिडियो खबर तथा जानकारी

पेट मिचिमिची हास्नुहोस !!

हेर्नुहोस नेपाली ओम सान्ति ओम कमेडी भिडियो

Om Shanti Om - Parody (Nepali)