स्थानीय युवाको कुटाइबाट प्रहरीको ज्यान गयो

Thursday, September 27, 2012 | comments


ताप्लेजुङ, असोज ११ – स्थानीय युवाहरुको कुटाईबाट ताप्लेजुङ्गमा एक प्रहरी जवानको ज्यान गएको छ । अर्का एक जना गम्भीर घाईते भएका छन् । इलाका प्रहरी कार्यालय साँगे दोभानमा कार्यरत धनकुटा चुङ्वाङ्ग घर भएका २८ वर्षिय प्रहरी जवान भुपाल आचार्यको बुधवार राती कुटपीटबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ्गले जनाएको छ ।
कुटपीटबाट गम्भीर घाईते प्रहरी जवान चन्द्र देवानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भैरहेको छ । साँगे दोभानमा युवाहरुको समूहले जाँड रक्सी खाएर होहल्ला गरेपछि नियन्त्रणका लागि गएको प्रहरीमाथि आक्रमण भएको प्रहरीको भनाई छ । आक्रमणमा संलग्न रहेको आरोपमा स्थानीय श्यामबहादुर लिम्बुलाई प्रहरीले पक्रेको छ ।
Share this article :

Post a Comment

भिडियो खबर तथा जानकारी

पेट मिचिमिची हास्नुहोस !!

हेर्नुहोस नेपाली ओम सान्ति ओम कमेडी भिडियो

Om Shanti Om - Parody (Nepali)