लडाकू भर्ना सकियो, झण्डै १४ सय मात्र छनौट

Sunday, September 23, 2012 | comments


७ असोज, काठमाडौं । अधिकृतभन्दा तल्लो तहमा १ हजार ३ सय ८८ माओवादी लडाकू नेपाली सेनामा समायोजन हुने भएका छन् । नेपाली सेना र लोकसेवा आयोगले आइतबार प्रकाशित गरेको अन्तर्वार्ताको परीक्षाफलमा १ हजार ३ सय ८८ लडाकू उत्तिर्ण भएका हुन् । १ हजार ४ सय २ मध्ये १० जना अन्तर्वार्तामा सहभागी नै भएनन् भने ४ जना मात्र असफल भएको सैनिक श् रोतले जनाएको छ । परीक्षामा पास भएका लडाकूहरुलाई केही दिनमातालिमका लागि पठाइनेछ । ‘उनीहरुको रासन र भत्ता वापतको रकम दिएर ४५ दिन विदामा पठाउँछौं’ विशेष समिति सचिवालय संयोजक वालानन्द शर्माले भन्नुभयो-’विदा सकिएपछि सिधै तालिममा जान्छन् । त्यसका लागि सेनाले रमाना पत्र दिन्छ ।’ असफल भएका र अन्तरवार्तामा नगएका लडाकूहरुलाई भने आइतबारसम्मको भत्ता र दर्जा अनुसारको रकम दिएर घर पठाइनेछ । ७५ लडाकू अधिकृत परीक्षामा शारीरिक, लिखित लगायतका परीक्षा पास गरेका ७५ लडाकूहरुको भने आइतबारबाट ‘अधिकृत गुणमापन परीक्षा’ सुरु भएको छ । यो करिव एक सातासम्म चल्नेछ । त्यसपछि उनीहरुको मेडिकलजाँच हुनेछ भने अन्तिममा अन्तर्वार्ता हुनेछ । अन्तर्वार्तामा पास भएकाहरु सेनामाजान पाउनेछन् । अधिकृतका लागि सुरुमा ९८ लडाकू छानिएका थिए । पहिले बढे, पछि घटे माओवादी शान्ति प्रकृयामा आउँदा ३२ हजार २ सय ५० लडाकू दर्ता भएर अस्थायी शिविरमा थिए । अनमिनले प्रमाणिकरण गर्दा मापदण्डमा नपरेका ४ हजार २ बाहिरिए भने १९ हजार ६ सय २ सैन्य ठहरिए । अनमिनने नेपाल छाडेपछि विशेष समितिले गरेको प्रमाणिकरणमा १७ हजार ६९ मात्र शिविरमा भेटिए । ती मध्ये १३ हजार ९ सय२२ स्वेच्छिक अबकासमा र ६ जना पुनःस्थापनामा गए भने ३ हजार १ सय २३ लडाकू समायोजन रोजेर शिविरमा बसे । करिव ५ बर्ष लामो शिविर बसाईमा करिव तीन हजार लडाकू भागिसकेको रहस्य अघिल्लो साल पुनः प्रमाणिकरण गर्दा मात्र थाहा भयो । माओवादीले सवैलाई समूहगत प्रवेश दिनुपर्ने माग गर्‍यो भने कांग्रेस एमालेले सेनामा प्रवेश नै दिन नहुने बताएर समायोजन प्रकृया लामो समयसम्म अल्भिmयो । अन्तिममा ६ हजार ५ सय लडाकू समायोजन गर्ने सहमति भएपनि लडाकूले समायोजन नभई भर्ना गर्न खोजिएको भन्दै समायोजनप्रति रुची देखाएनन् । सुरुकोबर्गिकरणमा ९ हजारले समायोजनमा जाने इच्छा देखाएपनि अन्तिममा ३ हजारमात्र राजी भए । छनौट प्रकृया चल्दै जाँदा अहिले सेनामा जाने लडाकूको संख्या १ हजार ३ सय ८८ मा झरेकोछ भने ७५ जनाको अधिकृतका लागि परीक्षा चलिरहेको छ । सैनिक स्रोतका अनुसार तालिमका क्रममा अझै केही लडाकू बाहिरिने छन् र करिव १ हजारमात्रलडाकू सेनामा प्रवेश पाउन सफल हुनेछन्
Share this article :

Post a Comment

भिडियो खबर तथा जानकारी

पेट मिचिमिची हास्नुहोस !!

हेर्नुहोस नेपाली ओम सान्ति ओम कमेडी भिडियो

Om Shanti Om - Parody (Nepali)