२ महिनाको बच्चा फाल्न बाध्य पारेको भन्दै सैनिकविरुद्ध प्रहरीमा उजुरी !

Sunday, September 23, 2012 | comments

सुर्खेत,असोज ७ । मध्यपश्चिम पृतना सुर्खेतमा कार्यरत सैनिक जवान बीरबहादुर बिक बिरुद्ध इलाका प्रहरी कार्यालयमा छिन्चुमा उजुरी दर्ता भएको छ । बिहे गर्ने आश्वासन दिएर शारीरिक सम्बन्ध राखी २ महिनाको बच्चा फाल्न बाध्य पारेको भन्दै एक१४ बर्षिय बालिकाले बिकबिरुद्ध उजुरी दर्ता गरेकी छिन् । छिन्चु ८ थानीचौर घर भएका सैनिक जवान बिकलाई कारवाहीको माग गदै बालिकाले दुईदिन अघि उजुरी दर्ता गरेको प्रहरीले जनाएको छ । प्रहरीमा उजुरी दर्ता गरेपनि प्रहरीले सैनिकको मान्छे भएकोले केही गर्न नसक्ने भनेपछि मध्यपश्चिम पृतनामा सुर्खेतमा उजुरी गर्न गेटका सैनिकले दर्ता गर्न नमिल्ने भन्दै बाहिरबाटै फर्काइ दिएको गुनासो पीडित बालिकाले गरेकी छिन् । मध्यपश्चिम पृतना अन्तर्गतको अजयदल गणमा कार्यरत विकले तीन महिना अघि पेटको बच्चा फाल्न बाध्य बनाएको बालिकाले बताइन् । छिन्चुकै एक निम्नमाध्यामिक बिद्यालयमा ७ कक्षामा अध्ययनरत बालिकाले सैनिक जवान बिकले अहिले आफुलाई बेवास्ता गदै धम्की दिने गरेको उल्लेख गरिन् । ती बालिकाले बिकलाई कडा कारवाही गर्न समेत माग गरेकी छिन् । अजय दलका प्रमुख सुशेरकुमार श्रेष्ठले आफुमाथि भएको अन्यय बिरुद्ध बालिकाले पृतनामा उजुरी गर्न मिल्ने बताए । श्रेष्ठले बालिकाको उजुरी पछिमात्र सत्य तथ्य छानविन गरी दोषी देखिए पीडकलाई सैनिक ऐन अन्तर्गत कारवाही गरिने बताए ।
Share this article :

Post a Comment

भिडियो खबर तथा जानकारी

पेट मिचिमिची हास्नुहोस !!

हेर्नुहोस नेपाली ओम सान्ति ओम कमेडी भिडियो

Om Shanti Om - Parody (Nepali)