रेष्टुरेन्टमा छापा, २४ युवा-युवती आपत्तिजनक अवस्थामा पक्राउ

Friday, December 14, 2012 | comments

बुटवल, मंसिर २९, क्याबिन, रेष्टुरेन्ट यौन व्यवसायको माध्यम बनेपछि प्रहरीले यहाँका क्याबिन, रेष्टुरेन्टमा निगरानी बढाएको छ। क्याबिन रेष्टुरेन्टमा खाजा र खाना खानेभन्दा काम गर्ने महिला वेयटरसँग यौन प्यास मेटाउन ग्राहक जान थालेपछि प्रहरीले निगरानी बढाउन थालेको हो। बुधबार राति प्रहरीले आधा दर्जन क्याबिन रेष्टुरेन्टबाट आपत्तिजनक अवस्थामा १४ जना पुरुष र १० युवतीलाई नियन्त्रणमा लिएको छ।


उनीहरुलाई बुटवलको विभिन्न ठाउँमा रहेका कोशिश, कटेज, हट चिल्ली बार, मनकामना रेष्टुरेन्ट, ककटेल डिङस्, एवान रेष्टुरेन्ट र सानु रेष्टुरेन्टबाट नियन्त्रणमा लिइएको हो।
पटक-पटक सचेत गराउ”दा समेत यहा”का क्यावीन रेष्टुरेन्ट यौन व्यवसायको सम्पर्क गर्ने सिधा माध्यम बनेको र यसले समाजलाई विकृतितिर लगिरहेकोले निगरानी बढाएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामेश्वर कार्कीले बताए। क्याविन रेष्टुरेन्टले पटक-पटक पालना गर्नुपर्ने आधारसंहिता उल्लघंन गरेकोले उनीहरु विरुद्ध कडा रुपमा उत्रने प्रहरीले तयारी गरेको छ।

महिला वेयटर ग्राहकसँगै बसेर खान नपाउने, पोसाक लगाउनुपर्ने, परिचयपत्र लगाउनुपर्ने लगायतका बुँदालाई कार्यान्वयन गर्न होटल तथा रेष्टुरेष्ट व्यवसायी संघलाई प्रहरीले आग्रह गरेको थियो। ‘पटक-पटक भन्दा लागेन, वेयटर लिएर रेष्टुरेन्टको ग्राहक लजमा बिना इन्ट्री बसेको समेत पाइएको छ- प्रहरी निरिक्षक कार्कीले भने।
बुटवलको यौन बजारमा क्याविन रेष्टुरेन्टका वेयटर महिला धेरै भएको र रेष्टुरेन्ट यौन व्यवसायको सम्पर्क माध्यम बनेकोले प्रहरीले कारवाही तिब्र पार्ने जनाएको छ। एउटा रेष्टुरेन्टबाट एक वर्षमा पाँच पटकसम्म एक जना महिला वेयटरलाई आपत्तिजनक अवस्थामा भेटेर पक्राउ गरी सुर्ध्रन चेतावनी दिएपनि व्यवहार नसुध्रेको प्रहरीको भनाई छ। ‘क्याबिन रेष्टुरेन्टको कार्यशैली नसुध्रेकोकोले वेयटर नसुध्रेका हुन्,’ प्रहरी निरीक्षक कार्कीले भने।

वेयटरसँग पक्राउ परेका अधिकांश ग्राहक सीमावर्ती भारतीय बजारका रहेका छन्। होटल तथा रेष्टुरेन्ट व्यवसायी व्यवसायी संघका महासचिव समुन्द्र जिसीले क्याविनको ढोका खुला हुनुपर्ने, वेयटर ग्राहकसगैं बस्न नपाउने जस्ता बिषयलाई कडाईका साथ कार्यान्वयन गर्न व्यवसायीलाई आग्रह गरेको बताए। आचारसंहितालाई लागु नगर्ने मनपरी गर्ने रेष्टुरेन्ट र होटललाई कारवाही गरेको उनको भनाई छ। बुटवलमा अहिले ३० वटा क्याविन रेष्टुरेन्ट छन्। एउटा क्याविन रेष्टुरेन्टमा चारजनासम्म महिला वेयटर छन्। नागरिक अनलाइनबाट
Share this article :

Post a Comment

भिडियो खबर तथा जानकारी

पेट मिचिमिची हास्नुहोस !!

हेर्नुहोस नेपाली ओम सान्ति ओम कमेडी भिडियो

Om Shanti Om - Parody (Nepali)