बजेटमा सहमति जुटाउन प्रचण्ड आफै सक्रिय

Saturday, November 10, 2012 | comments

२६ कार्तिक, काठमाडौं । यही महिना्भित्र पूर्ण बजेट ल्याउने तयारीमा रहेको सरकारको प्रस्ताव विपक्षिदलहरुले अस्वीकार गरेपछि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बजेटबारे पूर्व अर्थमन्त्रीहरूसँग छलफललाई तिव्रता दिन थालेका छन ।

प्रचण्ड निवास लाजिम्पाटमा जारी केहीबेर अघि पूर्व अर्थमन्त्रीहरूसँगको छलफल सुरु भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । बजेटबारे सुझाव सङ्कलन गर्न अध्यक्ष प्रचण्डले पूर्व अर्थमन्त्रीहरूसँग छलफल सुरु गरेका हुन ।

छलफलमा पूर्व अर्थमन्त्रीहरु रामशरण महत, महेश आचार्य, भरतमोहन अधिकारी, सुरेन्द्र पाण्डे र प्रकाशचन्द्र लोहनीलाई बोलाइएको छ ।

बजेटबारे सहमति जुटाउने प्रयासस्वरुप अध्यक्ष प्रचण्डले आज र भोलि विभिन्न प्रतिपक्ष दलहरूसँग पनि छलफल गर्नुहुने उहाँको निजी सचिवालयले जनाएको छ ।

राष्ट्रिय सहमतिको सरकार गठन अघि बजेट ल्याउन नदिने प्रतिपक्षहरूले अडान लिएपछि सत्तारुढ दलहरूले भने जसरी पनि पूर्ण बजेट ल्याउने निर्णय गरेका छन् । बजेटका लागि भोलि राष्ट्रपति समक्ष आर्थिक अध्यादेश पेश गर्ने तयारी भइरहे पनि उनीहरूले अन्तिम समयसम्म सहमतिको प्रयास पनि जारी राख्ने बताएका छन् ।

सरकारले करिब साढे चार अर्ब रूपैयाँको अनुमानित बजेट ल्याउने तयारी गरेको छ । सरकारले जबर्जस्ती बजेटको तयारी गरेपछि प्रतिपक्ष दलहरूले मङ्सिर २ गतेदेखि आन्दोलन गर्ने घोषणा गरिसकेका छन् । राष्ट्रिय सहमतिको सरकार गठन गरी बजेट ल्याउनुपर्ने प्रतिपक्ष दलहरूको भनाइ छ । सरकारले ल्याएको एक तृतीयांश बजेटको समयसीमा यही कात्तिक मसान्तमा सकिँदै छ ।
Share this article :

Post a Comment

भिडियो खबर तथा जानकारी

पेट मिचिमिची हास्नुहोस !!

हेर्नुहोस नेपाली ओम सान्ति ओम कमेडी भिडियो

Om Shanti Om - Parody (Nepali)