गएको सस्करणमा खुलेआम पोर्न भिडियो निर्माता निर्माण गर्ने पोर्न स्टार सन्नी लियोनलाई सहभागि गराएको बिग बोसले यो सिजनमा भने अर्की भारतीय मुलकी पोर्न स्टार प्रिया राईलाई ल्याउने तयारी गरेको छ । सातामा दुई दिन सञ्चालन गर्ने तयारी गरिरहेको यस सिजनको बिग बोसको प्रस्तुती सलमान खानले गर्ने कार्यक्रममा प्रियालाई आयोजकहरुले नै कार्यक्रम हिट बनाउने भन्दै ल्याउन लागेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन । आगमन हुन लागेकी प्रिया भारतीय मूलकी प्रख्यात पोर्न फिल्मका स्टारको रुपमा चिनिदै आएकी थिइएन ।
भारतको नयाँ दिल्लीमा जन्मिएकी उनको वास्तविक नाम प्रिया अञ्जली राई हो। दुई वर्षको उमेरमा उनलाई अमेरिकी अभिभावकहरुले पालेका थिए। पोर्न फिल्म उद्योगमा प्रवेश गर्नुअघि उनी मोडल थिइन । यस पटकको शो पारिवारिक हुने बताइएको भए पनि टिआरपी घट्दै गएपछि पोर्न स्टारलाई निम्त्याउन लागेको हुनसक्ने अनुमान सञ्चार क्षेत्रका विष्लेषकहरुले गरेका छन ।
सन्नी लियोनले बिग बोसकै कारण बलिउड फिल्ममा समेत अभिनय गर्ने मौका पाएकी थिइन् । प्रियाको भने भविष्य के हुने हो, अहिले नै भन्न सकिने स्थिति छैन।
Post a Comment