संकट अन्त्यका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न प्रचण्डलाई राष्ट्रपतिको आग्रह

Friday, November 9, 2012 | comments

काठमाडौ, कात्तिक २४ । राष्ट्रपति डा. रामबरण  यादवले एकीकृत माओवादी अध्यक्ष प्रचण्ड समक्ष विद्यमान राजनीतिक र संवैधानिक संकट अन्त्यका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ । आज बिहान शीतलनिवास बोलाएर राष्ट्रपतिले बजेटलगायत विषयमा दलीय सहमति जुटाउन प्रचण्डलाई आग्रह गर्नुभएको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले मुलुकको पछिल्लो राजनीतिक अवस्था, बजेट र निर्वाचनलगायत विषयमा कुराकानी भएको जानकारी दिनुभयो । भेटमा राष्ट्रपतिले सरकार नेतृत्वकर्ता दलको प्रमुख नेताको हैसियतले संकट अन्त्यका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरेको बताउनुभयो । राष्ट्रपतिले काँग्रेस–एमालेसहित १८ विपक्षी दलले सरकारले ल्याउने बजेट अध्यादेश अस्वीकृत गर्न माग गर्दै हिजो पेश गरेको ज्ञापनपत्रबारे राष्ट्रपतिले अध्यक्ष प्रचण्डलाई अवगत गराउनुभएको थियो । आफूले पक्ष विपक्षमा नलागी सहमति निर्माणमा तटस्थ भूमिका निर्वाह गर्न राष्ट्रपतिको ध्यानाकर्षण गराएको पनि प्रचण्डले बताउनुभयो ।
Share this article :

Post a Comment

भिडियो खबर तथा जानकारी

पेट मिचिमिची हास्नुहोस !!

हेर्नुहोस नेपाली ओम सान्ति ओम कमेडी भिडियो

Om Shanti Om - Parody (Nepali)