२५ कात्तिक, काठमाण्डौ । एकीकृत माओवादीले विपक्षी दलहरुले राष्ट्रपतिलाई उक्साएर सत्ता हत्याउने षडयन्त्रमा लागेको वताएको छ । उसले काँग्रेस-एमाले लगायतका विपक्षी दलहरुले आन्दोलनको कुरा गरेर मुलुकलाई सहमतिभन्दा पनि मुठभेडतर्फ धकेल्न खाजेको समेत आरोप लगाएको छ।
पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा शनिवार नियमित पत्रकार सम्मेलन गर्दै एमाओवादीका प्रवक्ता अग्नि सापकोटाले भन्नुभयो,’काँग्रेस-एमालेमा सरकार भनेको पूख्यौँली सम्पत्ति मान्ने शासकिय मानसिकता छ । सत्ता नपाएको झोकमा उनीहरुले आन्दोलनको कुरा गरिरहेका छन् । त्यसैले आन्दोलनको कुनै अर्थ छैन । ‘ उहाँले सरकारले ल्याउन लागेको बजेट रोक्न विपक्षीहरुले राष्ट्रपतिलाई लिखित पत्र बुझाउनु गलत भएको वताउनुभयो । उहाँले भन्नुभयो,’पहिले राजालाई विन्ति पत्र हाल्ने गर्थ्ये । अहिले राष्ट्रपतिलाई पनि त्यस्तै कार्यलाई निरन्तरता दिदै उनीहरुले सरकारले ल्याउन लागेको बजेट रोक्न विन्ति पत्र बुझाएका हुन् ।’
सापकोटाले विपक्षीले सरकारलाई बजेट सहमतिमा ल्याउन निर्देशन दिन राष्ट्रपतिलाई लिखित प्रस्ताव वुझाउनु गैर राजनीतिक भएको वताउनुभयो । उहाँले भन्नुभयो,’संविधान सभावाट निर्वाचित सरकारले सिफारिस गरेका काम कारबाहीलाई कार्यान्वयन गर्ने मात्रै पक्ष भनेको राष्ट्रपति हो । त्यसैले राष्ट्रपतिले सरकारलाई कुनै निर्देशन दिने अधिकार छैन ।’
उहाँले दलहरुवीच सहमति नभएपनि सरकारले २७ गतेसम्ममा पूर्ण बजेट ल्याउने दाबी गर्नु भयो । उहाँले अध्यक्ष प्रचण्डले अन्य दलहरुसंग अन्तिमसमयसम्म बजेटका विषयमा सहमति जुटाउन छलफललाई निरन्तरता दिने र सहमति नजुटेपनि सरकारले बजेट भने ल्याएरै छोड्ने वताउनुभयो । बजेट मुलुकको जिवन रेखा भएको वताउदै सापकोटाले भन्नुभयो,’बजेटविना मुलुक अघि वढ्न सक्दैन । त्यसैले बजेट मुलुकको जिवन रेखा भएकाले सरकारले जसरी नी बजेट ल्याउँछ । त्यो राष्ट्रपतिले जारी गर्नु पर्छ ।’
सापकोटाले सरकारले घोषणा गरेको निर्वाचनमा आउन डराएको विपक्षी दल काँग्रेसले राजधानीमा आमसभा गरेर निर्वाचनमा आउन एमाओवादीलाई दिएको चुनौती दिनु हास्यास्पद भएको टिप्पणी गर्नु भयो । उहाँले भन्नुभयो,’ सरकारले घोषणा गरेको निर्वाचनको मिति मंसिर ७ नजिकिदै छ । त्यसैले निर्वाचनका विषयमा सत्ता गठवन्धन दलह्रले सल्लाह गरेर फेरी सरकारले नयाँ निर्वाचन तोक्छ ।’ उहाँले सरकार परिवर्तन, बजेट, संविधानसभा पुनःस्थापना, राष्ट्रिय सरकार गठन लगायतका विषयमा प्याकेजमा सहमति जुटाउन एमाओवादी तयार रहेको वताउनुभयो ।
सापकोटाले संविधानसभावाट चुनिएको सरकार सहमतिविनै हटे २००७ देखि २०१५ सालको जस्तो स्थितिमा मुलुक र्फकने वताउनुभयो । एक फरक प्रसंगमा सापकोटाले चिहानमा पुगिसकेको राजतन्त्र नेपालमा र्फकने कुनै सम्भावना नरहेको दावी गर्नु भयो । उहाँले भन्नुभयो,’केहीले बेतायतको जस्र्त गरी नेपालमा राजतन्त्र फर्कन सक्ने वताइरहेका छन् । तर नेपालमा त्यसरी राजतन्त्र फर्कने कुनै सभ्भावना छैन र फर्कन नी सक्दैन ।’
Post a Comment