राजविराज,कार्तिक २५ । सप्तरीको सदरमुकाम राजविराज स्थित एक व्यापारीको गोदाममा शुक्रबार राती सकेट बम फेला परेको छ । राजविराज ३ स्थित गजराज तातेडको हार्डवेयरको गोदाममा शक्तिशाली सकेट बम फेला परेको हो । तातेड हार्डवेयर व्यापारीसँगै निर्माण व्यवसायी पनि हुन् । साँझ करिब साढे ८ बजे अपरिचित नम्बरबाट गोदाम धनी तातेडलाई फोन गरी बम राखिएको जानकारी गराएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक कुशकुमार थापाले बताउनुभयो । राजविराजस्थित नेपाली सेनाको कृष्णदल गणले बम निस्किृय गरेको हो । बम कुन समूहले राखेको हो भन्ने बारे यकिन हुन सकेको छैन ।
भिडियो खबर तथा जानकारी
पेट मिचिमिची हास्नुहोस !!
हेर्नुहोस नेपाली ओम सान्ति ओम कमेडी भिडियो
Om Shanti Om - Parody (Nepali)
Post a Comment