यो कुनै यौनरोग हो कि ?[यौन जिज्ञासा र समाधान]

Monday, October 29, 2012 | comments


म अविवाहित युवती हुँ। केही महिनाअघि मेरो प्रेमीसँग यौनसम्पर्क भएको थियो। त्यसपछि म सधैं यौनकै बारेमा सोच्छु र दिनहुँ हस्तमैथुन पनि गर्छु। म आफूलाई रोक्न खोज्छु तर रोक्न सक्दिनँ। उक्त सम्पर्कपछि सेतो पानी धेरै बग्छ। योनि पनि चिलाउँछ। स-साना बिमिरा पनि दे खिएको छ। सेतो पानी पहेंलो-पहेंलो देखिन्छ, मैलो (कालो), पातलो र हल्का गन्हाउने पनि हुन्छ। यो कुनै यौनरोग हो कि ? 1234 प्रेमीसँगको यौनसम्पर्क युवावस्थामा यौनेच्छा तीव्र हुन्छ नै, त्यसैले यौनसम्पर्क राख्न पुगिन्छ। सहमतिमै भएका यौन सम्पर्कका पनि समस्या हुन्छन्, त्यसैले जोसमा होस गुमाउनु हुँदैन। यसबाट अनिच्छित गर्भ वा यौनरोगको समस्या भोग्नुपर्ने सम्भावना पनि हुन्छ। केही नभएको स्थितिमा पनि सम्बन्धको स्थायित्व नहुँदा वा त्यसले निरन्तरता नपाउँदा त्यसका आफ्नै समस्या हुन्छन्। यस्ता समस्या शारीरिक तथा मानसिक दुवै हुन सक्छन्। क्षणिक आकर्षण र वास्तविक प्रेमको बीचमा फरक छुट्टयाउनु आवश्यक छ। क्षणिक आकर्षणलाई नै प्रेम मान्दा खाडलमा परिने सम्भावना हुन्छ। तपाईंले उमेर त लेख्नुभएको छैन, तर विशेष गरेर किशोरावस्था तथा युवावस्थामा यौनसम्पर्क तथा अन्य यौनसम्बन्धी कुरामा बढी ध्यान जानु स्वाभाविक हो। त्यसमा पनि यौनसम्पर्कको अनुभव आफैंमा विशिष्ट हुन्छ। विवाहपूर्व यस्तो सम्पर्क हुँदा धेरै सोच्नुपर्ने स्थिति आउँछ नै। अर्को कुरा, हस्तमैथुन स्वाभाविक कुरा हो। यस्ता स्वाभाविक कुरालाई रोक्नुपर्ने कुनै कारण छैन। यौनरोग लागेको होला ? प्रेमी हुँदैमा यौनरोगको संक्रमण हुँदैन भन्ने होइन। यदि तपाईंको प्रेमीमा यौनरोगका कीटाणु, जीवाणु वा विषाणु छन् भने त्यो यौनसम्पर्क राख्दा तपाईंमा सर्न सक्छ। तपाईंले कन्डम प्रयोग गर्नुभएको थियो कि थिएन, उल्लेख गर्नुभएको छैन। कन्डमको प्रयोगले यौनरोगका जीवाणु सर्ने कुरावाट बच्न सकिन्छ। तपाईंले उल्लेख गर्नुभएका लक्षणहरूले प्रजनन अङ्ग वा यौनरोग भएको कुरालाई संकेत गरिरहेको छ। असुरक्षित यौनसम्पर्कपछि यस्तो देखिए शंका गर्नुपर्छ र पक्का थाहा पाउन परिक्षण गराउनुपर्छ। यौन सम्पर्कको माध्यमबाट सर्ने रोगलाई नै यौनरोग भनिन्छ। तपाईंले प्रेमीमा यौन रोगका लक्षण देखिएको छ कि छैन विचार गर्नुपर्छ। कतिपय परिस्थितिमा यसका लक्षण नदेखिन सक्छन्। आफ्नो यौन साथीमा लक्षणहरू दे खिएका छ कि छैनन्, ध्यान दिनुहोला। लक्षणहरू तुरुन्तै देखा पर्न सक्छन् भने कहिलेकाहीं हप्तौं वा महिनौं पनि लाग्न सक्छ। यी लक्षणहरू दे खा परेर हराएजस्तो भए पनि सतर्क हुनुपर्छ, किनभने रोग भित्रभित्रै सल्किरहेको हुनसक्छ। कतिपय यौनरोगको उपचार छ र यो निकै सजिलो पनि छ। यौनरोगको समयमै उपचार नगर्दा त्यसका गम्भीर जटिलता उत्पन्न हुन सक्छन्। त्यसैले सक्दो चाँडो उपचार गराइहाल्नुपर्छ। कुनै पनि लक्षण थाहा पाउनासाथ चिकित्सकसँग सल्लाह लिनुपर्छ। तपाईं कुनै पनि अस्पताल वा स्वास्थ्य केन्द्र वा चिकित्सकको निजी क्लिनिकमा जान सक्नुहुन्छ। चिकित्सकको सल्लाहअनुसार औषधी पूरा मात्रामा खानु आवश्यक छ। चिकित्सकसँग कुराकानी गर्दा आफू संलग्न भएको कुनै पनि जोखिमपूर्ण यौन व्यवहारका बारेमा नलुकाई भन्नुपर्छ, जसले गर्दा रोगको ठीक निदान गर्न सजिलो हुन्छ तर केही भाइरसले गराउने यौनरोग जस्तै कि एचआईभी/एड्स, हर्पिस, यौनअङ्गका मुसाजस्ता यौनरोगहरू भने पूर्ण रूपमा निको हुँदैनन् तर त्यसका असरलाई कम गर्ने औषधी अहिले उपलब्ध छन् भन्ने तपाईंलाई थाहै होला। यौनसम्पर्क नै नगर्नु यौनरोगबाट बच्ने राम्रो उपाय भए पनि यो सबैका लागि व्यावहारिक हुँदैन। त्यसैले यौनसम्पर्क गर्दा कन्डमको प्रयोग नियमित तथा सही रूपमा गरी यौनरोग सर्नबाट आफू तथा अरूलाई बचाउनु उत्तम उपाय हो।

Share this article :

Post a Comment

भिडियो खबर तथा जानकारी

पेट मिचिमिची हास्नुहोस !!

हेर्नुहोस नेपाली ओम सान्ति ओम कमेडी भिडियो

Om Shanti Om - Parody (Nepali)