चाउमिनले बढायो बलात्कार !!!

Wednesday, October 17, 2012 | comments

चाउमिनले बलात्कार बढाउँछ भन्ने कुरा के तपाइँ पत्याउनुहुन्छ ? सायद पत्याउन सकिँदैन । तर भारतको हरियाणास्थित जिन्द जिल्लाको एक पञ्चायतले चाउमिनका कारण बलात्कार बढेको ठहर गरेको छ ।

जिन्द जिल्लाको छातर गाउँ पञ्चायतले गाउँमा बढेका बलात्कारका घटनामा चाउमिन दोषी रहेको ठहर गरेको हो ।

यौनका विषयमा सो पञ्चायत पछिल्लो समयमा निकै चर्चित तथा विवादित रहने गरेको छ । एक हप्ताअघि मात्रै एक जना पञ्चायत नेताले उमेर छिप्पिने बेलासम्म पनि छोरीको बिहे नगरिदिँदा बलात्कार बढेको बताएका थिए । बलात्कार घटाउन छोरीको बिहे १६ वर्षमै गरिदिनुपर्ने उनको तर्क थियो ।

बलात्कार बढ्नुका कारणबारे विभिन्न अड्कलबाजी चलिरहेका बेला पञ्चायतले अन्ततः औपचारिक रुपमै चाउमिनलाई दोषी करार गरेको हो । पञ्चायत अध्यक्षका अनुसार चाउमिनको सेवनले तन्नेरीहरुको सरीरमा हर्मोन असन्तुलित बनाउँछ जसका कारण उनीहरु उत्तेजित हुन्छन् र सेक्सको तिर्खा निकै बढेपछि बलात्कारको तहसम्म पुग्छन् ।

Share this article :

Post a Comment

भिडियो खबर तथा जानकारी

पेट मिचिमिची हास्नुहोस !!

हेर्नुहोस नेपाली ओम सान्ति ओम कमेडी भिडियो

Om Shanti Om - Parody (Nepali)