प्रधानमन्त्री बन्ने लोभमा पौडेल र देउवा पुनःस्थापनामा : कोइराला

Wednesday, October 17, 2012 | comments


काठमाडौ, कात्तिक १ - नेपाली काग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाल पार्टीका बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल प्रधानमन्त्री हुने लोभमा संविधानसभा पुनःस्थापनाको पक्षमा लागेको आरोप लगाउनु भएको छ ।

रिपोर्टर्स क्लब नेपालले बुधवार काठमाडौंमा गरेको साक्षात्कारमा उहाँले प्रचण्डले देउवा र पौडलका सामु प्रधानमन्त्रीको पासा फालेको र त्यसैमा लोभिएर उहाँहरु संविधानसभा पुनःस्थापनाको पक्षमा लागेको दावी गनुभयो ।


उहाँहरुले भनेकै भरमा संविधानसभा पुनःस्थापना हुन नसक्ने कोइरालाले बताउनुभयो ।

कोइरालाले संविधानसभाको पुनःस्थापना भए त्यसले मुलुकमा जातीय द्वन्द्व सुरु गर्ने ठोकुवा गर्दै चुनावमा जानु बाहेक अर्को कुनै विकल्प नभएको बताउनुभयो । उहाँले यथास्थितिमा संविधानसभाको पुनःस्थापना गरे मुलुकले कुनै पनि हालतमा संघीयता पाउन नसक्ने समेत ठोकुवा गर्नुभयो ।

राष्ट्रपतिले प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई हटाउन नसक्ने दावी गर्दै उहाँले प्रधानमन्त्री हटाउन दलहरुले राष्ट्रपतिलाई गुहार्ने काम तत्काल छाड्नु पर्ने धारणा राख्नुभयो । कोइाराले भन्नुभयो ‘प्रधानमन्त्री हटाउने काम राजनीतिक दलहरुको हो । राष्ट्रपतिको होईन ।’

कोइरालाले कात्तिक मसान्तसम्म बाबुराम भट्टराई नेतृत्वको सरकार परिवर्तन भएर नयाँ सरकार गठन हुने दावी गर्दै भन्नुभयो ‘घोषणा गरेर पनि चुनाव गर्न नसक्ने सरकारलाई कुर्सिमा बसिरहने हैसियत रहँदैन । फेरि बजेट पनि ल्याउन नसकेपछि कसरी सरकारमा बसिरहने । बाबुरामजीले सबै जिम्मेवारी लिएर कुर्सि छाडनै पर्छ भविष्यमा पनि राजनीति गर्ने हो भने ।’

माओवादी अध्यक्ष प्रचण्ड विहान एउटा र बेलुका अर्को कुरा गर्ने बोलिको ठेगान नभएको ब्यक्ति भएको आरोप उहाँले लगाउनुभयो ।

बाबुराम भट्टराईको नेतृत्वको सरकारमा काग्रेस सहभागी नहुने स्पष्ट पार्दै सहमतिको सरकारको नेतृत्व गर्न काग्रेसमा तीन शिर्ष नेताहरुबाहेक डा रामशरण महत, केवी गुरुङ र भीमबहादुर तामाङ पनि योग्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘काग्रेसमा नेतृत्व गर्न सक्ने क्षमता भएका धेरै नेताहरु छन । तीन जना नेताहरुमात्रै हुनु हुन्न ।’
Share this article :

Post a Comment

भिडियो खबर तथा जानकारी

पेट मिचिमिची हास्नुहोस !!

हेर्नुहोस नेपाली ओम सान्ति ओम कमेडी भिडियो

Om Shanti Om - Parody (Nepali)