Showing posts with label dailynews. Show all posts
Showing posts with label dailynews. Show all posts

भित्र सांसदको लडाइँ, बाहिर महिलाको नांगो तमासा (फोटो र भिडियोसहित)

Saturday, December 15, 2012 | comments

युक्रेनी संसदको नयाँ सत्र हिजो नाटकीय रुपमा सुरु हुँदा संसद भवनभित्र सांसदहरु भकुराभकुर गरे भने भवन बाहिर महिलाहरुले नांगो प्रदर्शन गर्न भ्याए ।
माइनस ३ डिग्री सेल्सियसको चिसो तापक्रममा पनि संसद च्याम्बरभित्र सांसदहरुको लडाइँ तथा बाहिर टपलेस महिलाहरुको तमासाले माहोल निकै तातेको थियो । विपक्षी नेतृलाई विनाकारण जेलमा हालिएको विरोधमा महिला अधिकारवादी संस्था फिमेनसँग आबद्ध महिलाहरु संसद भवन बाहिर टपलेस प्रदर्शनमा उत्रिएका हुन् ।


अक्टोबरको विवादास्पद चुनावपछि पहिलोपटक बसेको संसद बैठकमा दुइजना सत्तारुढ दलका सांसदलाई सपथग्रहण लिनबाट विपक्षी सांसदहरुले रोकेपछि हंगामा भएको थियो । कट्टरपन्थी राष्ट्रवादी दलका सांसदहरुले सत्तारुढ दलका बाउछोरा सांसदलाई सपथग्रहण गर्न नदिन ढोका नै थुनेर बसेका थिए ।
संसद भवनभित्र सांसदहरुको धक्कामुक्की चलिरहँदा बाहिर टपलेस महिलाहरुको प्रदर्शन निकै रोचक थियो । उनीहरुले संसद भ्रष्ट सासकहरुको अखडा भएको भन्दै विनाकारण जेलमा राखिएकी विपक्षी नेतृलाई रिहा गर्न माग गरेका थिए । ती अर्धनग्न महिलाहरुलाई केहीबेरमा पुलिसले पक्रेको थियो ।




सेक्सी विद्या बालनको बिहे एक घण्टामा सकियो

| comments

'द डर्टी पिक्चर' नामक बलिउड फिल्ममा उत्कृष्ट अभिनय गरेर भारतको राष्ट्रिय पुरस्कार प्राप्त गरेकी बलिउड अभिनेत्री विद्या बालन बैवाहिक सुत्रमा बाँधिएकी छिन् । विद्याले भारतका व्यवसायी तथा युटिभी मोशन पिक्चरका सिईओ सिद्धार्थ राय कपुरसँग विवाह गरेकी हुन् ।

विद्याको विवाह मुम्बईस्थित एक मन्दिरमा शुक्रबार बिहान स्थानीय समय अनुसार ४ बजेर ४५ मिनेटमा भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।  विद्याको विहेको समयमा दुबैपक्षका परिवारका साथमा केही नजिकका साथीहरु मात्रै उपस्थित भएको पनि जनाइएको छ ।

विद्याको विवाह समारोह करिब एकघण्टा मात्रै चलेको एक भारतीय सञ्चारमाध्यमले दाबी गरेको छ । यससँगै विद्या सिद्धार्थकी तेस्री पत्नी बनेकी छिन् । सिद्धार्थको यसअघि नै दुईपटक विवाह भई सम्बन्धविच्छेद भईसकेको जनाइएको छ । विद्या भने पहिलो पटक विवाह बन्धनमा बाँधिएकी हुन् ।

३४ वर्षीया केरलकी अभिनेत्री विद्याले ७ वर्षअघि ठूलो पर्दामा काम गर्न सुरु गरेकी थिइन् । उनले सन् २००५ मा बलिउड फिल्म ‘परिणिता’बाट ठूलो पर्दामा अभिनय गर्न सुरु गरेकी हुन् ।

रेष्टुरेन्टमा छापा, २४ युवा-युवती आपत्तिजनक अवस्थामा पक्राउ

Friday, December 14, 2012 | comments

बुटवल, मंसिर २९, क्याबिन, रेष्टुरेन्ट यौन व्यवसायको माध्यम बनेपछि प्रहरीले यहाँका क्याबिन, रेष्टुरेन्टमा निगरानी बढाएको छ। क्याबिन रेष्टुरेन्टमा खाजा र खाना खानेभन्दा काम गर्ने महिला वेयटरसँग यौन प्यास मेटाउन ग्राहक जान थालेपछि प्रहरीले निगरानी बढाउन थालेको हो। बुधबार राति प्रहरीले आधा दर्जन क्याबिन रेष्टुरेन्टबाट आपत्तिजनक अवस्थामा १४ जना पुरुष र १० युवतीलाई नियन्त्रणमा लिएको छ।


उनीहरुलाई बुटवलको विभिन्न ठाउँमा रहेका कोशिश, कटेज, हट चिल्ली बार, मनकामना रेष्टुरेन्ट, ककटेल डिङस्, एवान रेष्टुरेन्ट र सानु रेष्टुरेन्टबाट नियन्त्रणमा लिइएको हो।
पटक-पटक सचेत गराउ”दा समेत यहा”का क्यावीन रेष्टुरेन्ट यौन व्यवसायको सम्पर्क गर्ने सिधा माध्यम बनेको र यसले समाजलाई विकृतितिर लगिरहेकोले निगरानी बढाएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामेश्वर कार्कीले बताए। क्याविन रेष्टुरेन्टले पटक-पटक पालना गर्नुपर्ने आधारसंहिता उल्लघंन गरेकोले उनीहरु विरुद्ध कडा रुपमा उत्रने प्रहरीले तयारी गरेको छ।

महिला वेयटर ग्राहकसँगै बसेर खान नपाउने, पोसाक लगाउनुपर्ने, परिचयपत्र लगाउनुपर्ने लगायतका बुँदालाई कार्यान्वयन गर्न होटल तथा रेष्टुरेष्ट व्यवसायी संघलाई प्रहरीले आग्रह गरेको थियो। ‘पटक-पटक भन्दा लागेन, वेयटर लिएर रेष्टुरेन्टको ग्राहक लजमा बिना इन्ट्री बसेको समेत पाइएको छ- प्रहरी निरिक्षक कार्कीले भने।
बुटवलको यौन बजारमा क्याविन रेष्टुरेन्टका वेयटर महिला धेरै भएको र रेष्टुरेन्ट यौन व्यवसायको सम्पर्क माध्यम बनेकोले प्रहरीले कारवाही तिब्र पार्ने जनाएको छ। एउटा रेष्टुरेन्टबाट एक वर्षमा पाँच पटकसम्म एक जना महिला वेयटरलाई आपत्तिजनक अवस्थामा भेटेर पक्राउ गरी सुर्ध्रन चेतावनी दिएपनि व्यवहार नसुध्रेको प्रहरीको भनाई छ। ‘क्याबिन रेष्टुरेन्टको कार्यशैली नसुध्रेकोकोले वेयटर नसुध्रेका हुन्,’ प्रहरी निरीक्षक कार्कीले भने।

वेयटरसँग पक्राउ परेका अधिकांश ग्राहक सीमावर्ती भारतीय बजारका रहेका छन्। होटल तथा रेष्टुरेन्ट व्यवसायी व्यवसायी संघका महासचिव समुन्द्र जिसीले क्याविनको ढोका खुला हुनुपर्ने, वेयटर ग्राहकसगैं बस्न नपाउने जस्ता बिषयलाई कडाईका साथ कार्यान्वयन गर्न व्यवसायीलाई आग्रह गरेको बताए। आचारसंहितालाई लागु नगर्ने मनपरी गर्ने रेष्टुरेन्ट र होटललाई कारवाही गरेको उनको भनाई छ। बुटवलमा अहिले ३० वटा क्याविन रेष्टुरेन्ट छन्। एउटा क्याविन रेष्टुरेन्टमा चारजनासम्म महिला वेयटर छन्। नागरिक अनलाइनबाट

सीएनएन हिरो पुष्पाले बिबाह नगर्ने ! 'मामु'को सम्बोधन नै पूर्ण

Monday, December 10, 2012 | comments


२५ मंसिर, काठमाडौं । सानो झोलुंगोमा तीनमहिने काखेनानी आफ्नै तालमा खेलिरहेकी छिन् । आफूलाई जन्म दिने आमाबाबु कहाँ छन्, उनलाई पत्तो छैन । तैपनि उनले आमाको न्यानो काखको अभाव भोग्नुपरेको छैन । अरु दाजुदिदीले जस्तै उनले पनि माया गर्ने आमा पाएकी छिन् ।
‘यसले दूध खाई त…….हे…. हे नानी…आहा कति राम्री…….’ अलिपर रहेका बच्चाहरुको हूलबाट आइपुगेकी सीएनएन हिरो पुष्पा बस्नेतले ती नानीलाई काखमा राखेर खेलाउन थाल्नुभयो । ‘लौ हेर्नुस् कति ज्ञानी छ यो नानी’ पुष्पाले हाँस्दै यसोभन्दा काखमा रहेकी ती अवोध बालिका पनि मुस्काइन् । झट्ट हेर्दा ती नानी पुष्पाकै गर्भबाट जन्मेकी छोरी जस्तै देखिन्छिन् । अझ जन्म दिने आमाले भन्दा पनि बढी माया, ममता र स्याहारसम्भार उहाँले दिनुभएको छ ।
‘मामु मामु हेर्नुस् न ड्राईभर फेरि माथि गयो’ अलिपर खेल्दै गरेकी बालिका आएर भनिन् । ‘ए ड्राइभर नचल बाबु, यता आउ’ पुष्पाले भन्न नभ्याउँदै केटो भूईंमा बस्यो र ज्ञानी भएर खेल्न थाल्यो । ‘भोलिपर्सि ड्राइभर बन्छु भन्छ, त्यसैले उसलाई हामी ड्राइभर भन्छौं’ पुष्पाले हाँस्दै भन्नुभयो ।
यस वर्षको सीएनएन हिरोको उपाधि जित्न सफल पुष्पा बस्नेतले स्थापना गर्नुभएको प्रारम्भिक बाल विकास केन्द्रको दृश्य हो यो । आफूहरुलाई यति धेरै माया गरेर पालनपोषण र शिक्षा-दीक्षा दिने पुष्पालाई सबै बालबालिको मामु भनेर सम्बोधन गर्छन् । ‘सबैले मामु भनेर सम्बोधन गर्छन्, सुन्दा साह्रै गर्वको अनुभूति हुन्छ’ पुष्पाले भन्नुभयो-’आमा भन्ने शब्द आफैंमा महत्वपूर्ण छ नि ।’
केन्द्रमा ३ महिनदेखि १७ वर्ष उमेरसम्मका ४० भन्दा बढी बालबालिका छन् । यी बालबालिकाका आमाबाबु जेलमा छन् । आमाबाबुसँगै जेलमा बसेका बालिकाबालिकालाई उद्दार गरेर शिक्षा-दीक्षा दिने महान काममा लागेबापत पुष्पाले यति ठूलो सम्मान पाउनुभएको छ ।
‘यिनै छोराछोरी’ नै सबैथोक
राजधानीको सम्पन्न परिवारमा जन्मेर पनि दुःख पाएका बालबालिकाको लागि काम गरेकी पुष्पालाई अब अरु केही चाहिएको छैन । उहाँ सँगैका साथीसँगी कोही बिदेशमा छन् । कोही घरजम गरेर बसिसके । ‘मलाई त यही आनन्द भैसक्यो, हेर्नुस् त यतिका धेरै छोराछोरी छन्’ हामीसितको कुराकानीमा फुरुँग हुँदै पुष्पाले भन्नुभयो । ‘यिनका त बाबुआमा छन्, भोलि पर्सि जान्छन् नि हैन र ?’ हाम्रो प्रश्नमा एकछिन पुष्पा भावुक हुनुभयो । उतिखेरै भन्नुभयो-’यिनीहरु गए, अरु फेरि मामु भन्दै आईहाल्छन् नि ।’ तर भनेजस्तो त्यो क्षण बेहोर्न त्यति सजिलो छैन भन्ने उहाँलाई लागेको छ । ‘मलाई अहिले मामु भन्नेहरु भोलि पक्कै छोडेर जान्छन् । त्योबेला म उनीहरुको वरपर नै पर्दिन । उनीहरु गएपछि फेरि सामान्य अवस्थामै र्फकन्छुहोला’ पुष्पाले त्यो दिन सम्झँदै भन्नुभयो ।
‘सधैं यसैगरी होला र ? आफ्नो पनि त जिन्दगी होला ? बिहे गर्नुपर्ला ?’ हाम्रो प्रश्नमा पुष्पाले भन्नुभयो-’किन गर्ने बिहे ? बिहे गर्नैर्पर्छ भन्ने छैन, लाइफ चलाउने हो । मेरो त चलिरहेको छ । यस्तो आनन्द र सुन्दर जीवन अरु छैन । बिहे गर्यो, छोराछोरी पायो, अनि छोराछोरी साथमा छैनन् भन्छन् कतिपय बा-आमा । हेर्नुस् त कति समस्या छ ।’
केन्द्रमा रहेका बालबालिकालाई राम्रो बनाउने योजना मात्रै रहेको पुष्पाले बताउनुभयो । राम्रो शिक्षादिक्षा पाएपछि भोलिपर्सि उनीहरुका बा-आमालाई जिम्मा लगाउने र अरु बालबालिकाको पनि यसैगरी पालनपोषण गर्ने उहाँको थप योजना छ ।
पुलिस बन्ने रे छोराछोरी
आमाबाबुसँगै जेलमा पर्दा धेरै बालबालिकाले प्रहरी देखेका छन् । त्यसैले पुष्पासँग रहेका अधिकाँश बालबालिकालाई प्रहरी नै बन्ने सपना छ । ‘जेलमा प्रहरी देखेकोले हुन सक्छ धेरै प्रहरी बन्ने भन्छन्’ पुष्पाले भन्नुभयो । कतिपयलाई ड्राइभर बन्ने चाहना पनि छ ।

गङनम स्टारले अमेरिकासँग माफी मागे

| comments


गङनम स्टाइल बोलको प्यारोडी गीतबाट संसारभर चर्चामा रहेका दक्षिण कोरियाली गायक साईले अमेरिकासँग माफी मागेका छन् । गीतका कारण संसारका संगीतप्रेमीहरुको ध्यान तान्न सफल यी र्‍याफरले आखिर किन माफी माग्नुपर्‍यो सुपर पावर अमेरिकासँग ?
र्‍यापर साईले सन् २००४ मा एउटा जोसले भरिएको गीत गाएका थिए । बिरोध प्रर्दशनको उदेश्यले आयोजित एक कन्र्सटमा अमेरिका बिरोधी हिंसात्मक भावनाले भरिएको गीत गाएका थिए । गीतमा कोरियाली जनतालाई यातना दिन आदेश दिने अमेरिकीलाई पिडादायी मृत्यु दिन आह्वान गरिएको थियो, त्यो अश्लिल शब्दको प्रयोग गरेर ।
तर, यतिबेला साईको चर्चा बिश्वब्यापी छ । उनलाई अमेरिकी संगीतप्रेमीले पनि खुवै मन पराईरहेका छन् । माइकल ज्याक्सनजस्ता अमेरिकी पप सम्राटले मात्र हैन कोरियालीले पनि पश्चिमी संगीत पारखीको मन जित्न सक्छन भन्ने साईले देखाएका छन् ।
सायद यही कारण होला अब साईलाई अमेरिकासँगको सम्बन्ध सुधार्नु छ । त्यसैले उनले आठ बर्षपछि आएर अमेरिकासँग औपचारिकरुपमा माफी मागेका छन् ।
इराक युद्धमा दुई कोरियालीको मृत्यु भएपछि त्यस्तो बिबादित गीत गाउन पुगेको उनले स्पस्टीकरण दिएका छन् ।
आगामी डिसेम्बर २१ मा ह्वाइट हाउसमा आयोजना हुन लागेको कन्र्सटमा अमेरिकी राष्ट्रपति बराक ओबामा र पत्नी मिसेल पनि सहभागी हुने भएपछि साईले क्षमायाचना गरेका हुन् ।

वर्षका उत्कृष्ट तस्वीर (फोटोफिचर सहित)

Sunday, December 2, 2012 | comments

सन् २०१२ को अन्तिम महिना सुरु भैसकेको छ । यो वर्ष विश्वमा विभिन्न अविश्मरणीय तथा महत्वपूर्ण घटनाहरु घटे । कतिपय घटनाहरु सुन्दा सामान्य जस्तो लागेपनि संचार माध्यम मार्फत तिनीहरुले चर्चा पाए दृश्य वा तस्वीरको माध्यमबाट । यसैबीच समाचार एजेन्सी एएफपीले सन् २०१२ का सर्वोत्कृष्ट तस्वीर भन्दै केही विश्वचर्चित तस्वीर सार्वजनिक गरेको छ । यहाँ ती मध्ये केही तस्वीर समावेश गरिएको छ । निम्न तस्वीर क्रमैसँग राखिएको छ

लण्डन ओलम्पिकमा दौडतर्फ दोश्रो स्वर्णपदक जितेपछि बेलायती धावक मोहमद फराह
लण्डन ओलम्पिकमा २ सय मिटर पौडीमा प्रतिस्पर्धा गर्दै किर्तिमानी पौडीबाज माइकल फ्लेप्स
४ गुणा १०० मिटर दौडमा किर्तिमानी जित हात पारेपछि धावन मार्गमा खुसी मनाउँदै जमैकन धावक उसैन बोल्ट
प्याराओलम्पिक प्रतियोगितामा विश्व रेकर्ड सहित पौडीमा स्वर्णपदक जितेपछि उत्तेजित हुँदै दुवै हात नभएका चिनिया पौडीबाज झेंग ताओ
विम्बल्डन टेनिसको उपाधि जितेपछि खुसी हुँदै अमेरिकी टेनिस खेलाडि सेरेना 
ग्रामी अवार्डमा विभिन्न ६ वटा ट्रफी सहित गायिका एडेल
चुनावी अभियानका क्रममा एक कार्यक्रमलाई सम्बोधन गरेसँगै पत्नीसँग अंकमाल गर्दै अमेरिकी राष्ट्रपति बाराक ओबामा
वासिंटनमा आयोजित एक कार्यक्रमा क्रममा ठट्टा गर्दै ओबामा
आँधीले भत्काएको घर वरपर जम्मा भएको फोहोर पानीमा चिजबिच खोज्दै फिलिपिन्सको मनिलाका एक बालक
नयाँदिल्लीमा आत्मदाहको प्रयास गर्दै एक तिब्बती
विश्वकै होँचा व्यक्ति चन्द्र बहादुर डाँगी आफ्नै गाउँमा
युरो कप फुटबलमा गोल गरेपछि मैदानमा खुसी मनाउँदै मारियो बालाटोली
लण्डन ओलम्पिकमा २ सय मिटर पौडीमा प्रतिस्पर्धा गर्दै किर्तिमानी पौडीबाज माइकल फ्लेप्स

पूर्वयुवराज पारसलाई यसरी जोडियो दाउदसँग पहिले आरोप लगाउने, पछि गोली हान्ने भारतीय परम्परा

| comments

१७ मंसिर, काठमाडौं । पूर्वयुवराज पारस यतिबेला चर्चामा छन् । थाइल्याण्डमा चरेस या केटीकाण्डमा समातिएको चर्चा सेलाउन नपाउँदै उनीमाथि भारतीय छोटा राजन समूहबाट सुरक्षा ‘थे्रेट’ रहेको अर्को चर्चा शुरु भएको छ । यहीबेला अनलाइनखबरले चाँहि पूर्वयुवराज पारसलाई भारतले अन्डरवल्र्डका आतंककारी दाउद इब्राहिमसँग कसरी जोडेको रहेछ भन्ने तथ्य फेला पारेको छ ।


आजभन्दा तीनवर्षअघि भारतको चर्चित पत्रिका ‘टाइम्स अफ इण्डिया’को अनलाइन संस्करणले नेपालका पूर्वयुवराज पारस र पूर्वमन्त्री सलिम मिया अन्सारीका छोरा युनुस अन्सारीलाई भारतीय आतंककारी सञ्जाल अण्डरवल्र्डका दाउद इब्राहमसँग मिलेर नक्कली भारतीय नोटको कारोबार गरिरहेको ठोकुवा गरेको थियो । सो पत्रिकाले पारस सिंगापुरमा शरण लिएर बसेको उल्लेख गरेको थियो ।
नेशनल टेलिभिजनका अध्यक्ष युनुश अन्सारी अहिले नेपालको जेलमा सुरक्षित रहेका छन् । पूर्वयुवराज पारसमाथि पनि युनसलाई जस्तै सुरक्षा चुनौती रहेको चर्चा चलेको छ ।
नेपालीमाथि सिलसिलेबार हत्या
भारतीय मिडिया र त्यहाँका अतिवादी समूहले कतिपय मुस्लिम समुदायका नेपालीलाई पाकिस्तानसित मिलेको र नक्कली भारुको कारोबार गरेको जस्तो संगीन आरोप लगाउँदै नेपालभित्रै पसेर सिलसिलेबार हत्या गर्दै आएका छन् ।
भारतीय पत्रिकाले दाउद इब्राहिमसँग पारस र युनुसलाई जोडेर लेखेपछि त्यसैका आधारमा अन्सारीमाथि केन्द्रीय कारागारभित्रै अहमद खान नाम गरेका एक भारतीयले ०६७ फागुन २६ मा हत्याको प्रयास गरे । ती भारतीय हाल थुनामा छन् ।
भारतले उसको देशमा मुम्बई हमलाका आरोपी पाकिस्तानी नागरिक कसाबलाई हालै मृत्युदण्ड दिएको छ, तर नेपालको केन्द्रीय कारागारमा बन्दूक चलाउने कुख्यात भारतीय अपराधीलाई मृत्युदण्ड दिने कानुन नेपालमा छैन ।
टाइम्स इण्डियाको अनलाइन संस्करणमा पारशलाई दाउदसँग जोड्दै छापिएको समाचार
पूर्वसांसद् मिर्जा दिलसाद बेग काठमाडौंमै भारतीय अपराधीद्वारा मारिए । सञ्चार उद्यमी जमीम साहलाई पनि यस्तै आरोपमा भारतीयद्वारा काठमाडौंमा दिन दहाडै हत्या गरियो । नेपाल इस्लामिक संघका महासचिव फैजान अहमदलाई राजधानीको घण्टाघरमा दिनदहाडै गोली हानी हत्या गरियो ।
हत्याको यही सिलसिलामा भारतीय अपराधीले केन्द्रीय कारागारभित्रै पसेर युनुस अन्सारीलाई हत्याको प्रयास गरेका छन् भने युनुसलाई जस्तै पारसलाई पनि भारतीयहरुले दाउदसित मिलेको र नक्कली भारुको कारोबार गरेको संगीन आरोप लगाइसकेका छन् । अन्सारी र पूर्वयुवराज पारसमाथि भारतीयको एउटै आरोप छ ।
युनस जेल बाहिर रहेको भए अहिलेसम्म जीवित रहने थिएनन् भन्ने उनीमाथिको आक्रमणले पुष्टि गरिसकेको छ । पारसमाथि भने अहिलेसम्म त्यस्तो आक्रमण भैहालेको छैन ।
पारस र युनुसमाथि गम्भीर आरोप
सन् २००९ अगस्त ३१ तारेखका दिन बेलुका ६ः२५ बजे टाइम्स अफ इण्डियाले पोष्ट गरेको समाचारमा युनुस र पारस दुबैले आतंककारी दाउद इब्राहिमसँग मिलेर करोडौं नक्कली भारुको कारोबार गरेको ठोकुवा गरिएको थियो ।
नयाँ दिल्लीको डेटलाइनमा लेखिएको उक्त समाचारमा नक्कली भारुको कारोबारमा पूर्वयुवराज पारसको संलग्नता अनुसन्धानबाट खुलेको दाबी गरिएको थियो । भारतको मध्यप्रदेशमा नक्कली भारुसहित पक्राउ परेका दुई नेपालीको हुलिया दिँदै पारस र युनुस अन्सारीले नक्कली भारु कारोबार गरेको पत्रिकामा उल्लेख गरिएको थियो ।

पारस र युनुसलाई दाउदसित मिलेको आरोप लगाउने भनिएका भारतमा पक्राउ परेका नेपालीलाई केही समयपछि भारतीय समूहले प्रमाण नष्टका लागि बुटवलमा हत्या गरिसकेको छ ।
अन्सारी र पारसको सम्बन्ध भारतको अत्यधिक खोजीको सूचीमा रहेका आतंककारी दाउद इब्राहिमसँग रहेको दाबी गर्दै दाउदले नक्कली भारु उत्पादन गर्ने र पारसले भारततर्फ पठाउने गरेको टाइम्स अफ इण्डियामा दाबी गरिएको थियो ।
सो पत्रिकामा भनिएको थियो, ‘पारस नेपालका पूर्वराजाका छोरा हुन्, जो सिंगापुरमा शरण लिएर बसेका छन्, उनको प्रभावलाई प्रयोग गरेर नेपाल भारत सीमाक्षेत्रको ‘ट्रान्जिट पोइन्ट’ विना अवरोध नक्कली नोट पुर्‍याइने गरेको छ ।’
नेपालको कमजोरी
आफ्ना नागरिकमाथि भारतीय पक्षबाट यति ठूलो आरोप लाग्दा पनि नेपाल सरकारले यसमा कुनै चासो दिएन । नेपाल सरकारले भारतीय पक्षको यस्तो आरोपमाथि संवेदनशीलता अपनाउँदै दाउद र पारसवीचको सम्बन्धबारे न कुनै अनुसन्धान गरेको छ, न त विदेशीले लगाएको त्यस्तो गम्भीर आरोपको खण्डन नै ।
पहिले अपराधी करार गर्ने र त्यसपछि नेपालमा पसेर हत्या गर्ने भारतीय बन्दूकधारीहरुको परम्परा नै रहँदै आएको छ । नेपाल सरकारले भने मिर्जादेखि फैजानसम्मका कुनै हत्यारालाई पनि गिरफ्तार गर्न सकेको छैन । यसविपरीत जमिमको हत्यामा पैसाको प्रलोभनमा परेर नेपाल प्रहरीकै केही व्यक्तिको समेत संलग्नता रहेको अनुसन्धानमा खुलेको छ ।


फैजानलाई हत्या गरिएको ठाउँ र युनुसमाथि जेलभित्रै आक्रमण गर्ने भारतीय अपराधिक समूहका सदस्य




को बन्लान् अब नयाँ प्रधानमन्त्री ?

Saturday, November 24, 2012 | comments


१० मंसिर, काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले नयाँ प्रधानमन्त्रीका लागि नाम सिफारिस गर्न दललाई आग्रह गरेपछि अबको प्रधानमन्त्री को होला भन्नेबारे सर्वत्र चासो शुरु भएको छ ।भावी प्रधानमन्त्रीका रुपमा नेपाली कांग्रेसका शुसील कोइराला र रामचन्द्र पौडेल, एमालेका माधव नेपाल र केपी ओली, माओवादीका प्रचण्ड र बाबुराम भट्टराई, तमलोपाका महन्थ ठाकुर, राष्ट्रिय जनशक्ति पार्टीका सूर्यबहादुर थापा र स्वतन्त्र व्यक्तित्वबाट दमननाथ ढुंगानासमेतको नाममा चर्चा हुन थालेको छ ।
राष्ट्रपति कार्यालयले नयाँ प्रधानमन्त्री चयनका लागि दलहरुलाई विहीबार बेलुका ४ बजेसम्म समयसीमा तोकेको छ । प्रधानमन्त्रीको नाम छनौट गर्न एमालेलगायतका दलले नेपाली कांग्रेसलाई आग्रह गरिसकेका छन् । शनिबार शान्ति मन्त्रालयमा सम्पन्न शीर्ष नेताहरुको छलफलमा एमाओवादीलेसमेत कांग्रेससित नाम मागेको चर्चा बाहिर आएको छ । विगतमा प्रमुख राजनीतिक दलहरुवीच कांग्रेसलाई सरकारको नेतृत्व गर्न दिने भद्र सहमति भएको यसअघि नै सार्वजनिक भैसकेको छ । यसवीच मधेसी मोर्चा र एमाओवादीले आफ्नो तर्फबाट माग दाबी गरेनन् भने कांग्रेसकै नेतृत्वमा नयाँ सरकार बन्न सक्ने बढ्ता सम्भावना देखिन्छ ।

कांग्रेसबाट सुशील या रामचन्द्र
प्रधानमन्त्रीको नाम छनौट गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बस्दैछ । बैठककै अघिल्लो दिन बरिष्ठ नेता शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीका लागि लालायित नभएको प्रष्टीकरण दिनुले सो पार्टीबाट प्रधानमन्त्रीका सम्भावित उमेद्वार सुशील कोइराला वा रामचन्द्र पौडेल नै हुन् ।
सोमबार बस्ने कांग्रेस बैठकले उमेद्वार चयन गरेर मात्रै पुग्दैन, त्यो नाममा अन्य दलहरुको पनि राष्ट्रिय सहमति आवश्यक पर्छ । पौडेल वा कोइरालामध्ये जसको नाम सिफारिस भए पनि एमालेका तर्फबाट आपत्ति हुने देखिन्न तर, मधेसी मोर्चा र एमाओवादीले पौडेललाई भन्दा कोइरालालाई नै रोज्ने बढ्ता सम्भावना छ । कांग्रेस बैठकले प्रधानमन्त्रीको उमेद्वार चयन गर्नु अघि राष्ट्रिय, अन्तरराष्ट्रिय परिस्थितिलाई पनि पक्कै विचार गर्ला ।

एमालेको भागमा आयो भने …..
नेकपा एमालेले कांग्रेसलाई नेतृत्व दिनुपर्ने प्रष्ट धारणा राख्दै आएको छ । कांग्रेसले उमेद्वार दिन सकेन भनेमात्रै आफू नेतृत्व गर्न तयार रहेको एमाले नेताहरुले बताउँदै आएका छन् । यसबारे छलफल गर्न एमालेले पोलिटब्यूरो बैठक डाकेको छ ।
कांग्रेसले आफ्नो दाबी छाड्यो र एमालेका भागमा प्रधानमन्त्री पद आयो भने केपी ओलीलाई बनाउनुपर्छ भन्नेतिर लोकतान्त्रिक शक्तिहरु लाग्न सक्छन् भने एमाओवादीले ओलीको विकल्पमा माधव नेपाललाई छान्न सक्छ । तर, एमालेको सम्भावना अहिलेसम्म अलि कमै देखिएको छ ।

फेरि पाउला त माओवादीले ?
एमाओवादी अध्यक्ष प्रचण्डको नाम पनि सम्भावित प्रधानमन्त्रीका रुपमा चर्चामा आउने गरेको छ । प्रचण्डको नाममा मित्रराष्ट्रहरु पनि नकारात्मक छैनन् भन्ने विश्लेषण गर्न थालिएको छ, तर विपक्ष्ी गठबन्धन कुनै पनि हालतमा एमाओवादीलाई सरकारको नेतृत्व दिने पक्षमा देखिन्नन् । यो स्थितिमा एमाओवादीले बाबुारम भट्टराईकै नेतृत्वमा नयाँ सरकार बनाउने प्रस्ताव गर्ने सम्भावना पनि छ, तर यसलाई त झनै विपक्षीहरुले मान्ने अवस्था देखिँदैन ।
तर, बिहीबारसम्म सहमति भएन र नयाँ प्रधानमन्त्रीका लागि हप्तौंसम्म सहमति नभएको अवस्थामा बाबुरामको आयु लम्बिने अनुमान पनि एकथरिले गरिरहेका छन् । एमाओवादीजस्तै वैद्यपक्षबाट रामबहादुर थापा वादलको नाम पनि सामान्य चर्चामा आएको छ, तर प्रचण्ड-बाबुरामकै नेतृत्व नस्वीकार्ने अवस्थामा पुगेका विपक्षीले अझै रेडिकल माओवादीलाई नेतृत्व दिने अनुमान लगाउनु अलि हतारो हुने देखिन्छ ।

महन्थ ठाकुरको आधार
अधिकांश नेता तथा राजनीतिक विश्लेषकहरुले तराई मधेस लोकतान्त्रिक पार्टीका नेता महन्थ ठाकुर भावी प्रधानमन्त्री हुने दाबी गरेका छन् ।
महन्थको नेतृत्वलाई मधेसी मोर्चाले सहजरुपमा स्वीकार्ने र एमाओवादी पनि यसमा सहमति हुनसक्ने अनुमानका आधारमा ठाकुरको नाम अगाडि आएको हो । ठाकुरलाई देशभित्रको सन्तुलनका दृष्टिले मात्रै होइन, दक्षिणकोसमेत विश्वास लिन सक्ने नेताका रुपमा हेरिएको छ ।


कसरी बन्लान् सूर्यबहादुर थापा ?
गत दशैंताका नै राष्ट्रपतिले ‘कु’ गर्न लागेको र सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाउन लागेको हल्ला माओवादी नेताहरुले चलाएका थिए । अहिले पनि कतिपयले सूर्यबहादुर थापा भावी प्रधानमन्त्री हुने तर्क गरिरहेकै छन्।
तर, थापालाई के आधारमा कांग्रेस, एमालेले समर्थन गर्लान् भन्ने प्रष्ट आधार बाहिर आएको छैन । थापालाई प्रधानमन्त्री बनाउने हो भने राष्ट्रपतिले माओवादीमात्रै होइन, नेपाली कांग्रेसलाई समेत ‘क्रस’ गरेर अघि बढ्नुपर्ने हुन्छ । तर, कांग्रेस र एमालेलाई कसैले मनाउन सकेमा सूर्यबहादुर थापा लोकतान्त्रिक खेमाका नेता बन्न सक्ने सम्भावनालाई अहिल्यै अस्वीकार गरिहाल्न पनि सकिन्न ।






ढुंगानाको सम्भावना फितलो
दलका नेताहरुको नेतृत्वमा प्रधानमन्त्रीको नाममा सहमति हुन सकेन भने स्वतन्त्र व्यक्ति खोजिन सक्ने र त्यसका लागि सबेको उपयुक्त एवं सर्वसम्मत पात्र भनेको दमननाथ ढुंगाना हुन् भन्ने तर्क पनि अगाडि आएको छ । तर, सकेसम्म दलभित्रैबाट प्रधानमन्त्री खोज्ने मामिलामा सबै दलहरु अहिलेसम्म एकमत देखिन्छन् ।





सहमति नभए के हुन्छ ?
आगामी विहीबार बेलुकासम्म प्रधानमन्त्रीको नाममा सहमति भएन भने अन्तरिम संविधानभन्दा अघि बढिसकेका राष्ट्रपतिले बहुमत जुटाउने दलकै नेतालाई प्रधानमन्त्री चयन गर्ने सम्भावना रहन्छ र त्यो अवस्थामा माओवादी र मधेसीको समर्थनविनै प्रधानमन्त्री आउन सक्ने अवस्था छ । राष्ट्रपतिले निर्णय लिन नसक्दासम्म बाबुराम भट्टराई नै प्रधानमन्त्री कायम रहने दाबी एमाओवादी पक्षको छ ।







प्रमुख दलहरु सहमतीय सरकारका लागि आन्तरिक छलफल

Friday, November 23, 2012 | comments

९ मंसिर, काठमाण्डौ ।
 राष्ट्रपति डा रामवरण यादवले सहमतीय सरकारका लागि दलहरुलाई सात दिनको समयसीमा दिएर औपचारिक रुपमा आहृवान गरेपछि प्रमुख दलहरु शनिवार विहानैदेखि आन्तरिक छलफलमा जुटेका छन् ।
 राष्ट्रपतिले गरेको आहृवानका विषयमा आफ्नो औपचारिक धारणा वनाउन एमाओवादीको केन्द्रीय कार्यालयको वैठक वस्दैछ ।

बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा बस्दै छ । वैठकले राष्ट्रपतिको आहृवानवारे पार्टीको आधिकारिक धारणा तय गर्न वैठक बोलाइएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो । यस्तै नेकपा एमालेको स्थायी समितको वैठक पनि आजै वस्दै छ । विहान साढे ८ बजेपछि पार्टी कार्यालय बल्खुमा बस्ने वैठकमा सहमतीय सरकार गठनका विषयमा अन्य दलसंग अघि वढाउने छलफलका वारेमा आधिकारिक धारणा तय गर्ने छ । राष्ट्रपतिको आह्वानबारे पार्टीको आधिकारिक धारणा दिउँसो नियमित पत्रकार सम्मेलन मार्फत सार्बजनिक गर्ने  सापकोटाले जानकारी दिनुभयो ।

यस्तै नेपाली काँग्रेस पनि आन्तरिक छलफलमा जुटेको छ । महाराजगञ्जस्थित सभापति सुशील कोइरालाको निवासमा विहान ९ पछि बस्ने राजधानीमा उपलब्ध केन्द्रीय सदस्य तथा पदाधिकारीको वैठकले सहमतीय सरकारका लागि गर्ने पहलका वारेमा पार्टीको आधिकारीक धारणा तय गर्ने छ ।

एमाले छाडेका अशोक राईको अध्यक्षतामा जम्बो जनजाति पार्टि घोषणा, उपाध्यक्ष मात्रै ८ जना

Thursday, November 22, 2012 | comments

७ मंसिर, काठमाडौं ।
दल घोषणा अघि नै विवाद र पदीय हानाथापमा फसेको जनजाति नेताहरुले अशोक राईको नेतृत्वमा नयाँ पार्टि खोलेका छन । उपाध्यक्ष मात्रै ८ जना राखेको संघीय समाजवादी पाटी नाम दिइएको जनजाति पार्टिमा बामपन्थी सहित अन्य दल त्यागेकाहरुको बर्चस्व छ ।

काठमाण्डौमा पत्रकार सम्मेलन गरी अशोक राईको अध्यक्षतामा ८ उपाध्यक्ष, एक महासचिव, ३ उपमहासचिव र ५ सचिवसहित ९८ सदस्यीय जम्बो केन्द्रीय तदर्थ समिति घोषणा गरिएको छ ।

पार्टीका उपाध्यक्षहरुमा रकम चेम्जोङ, विजय सुब्बा, दुर्गामणि देवान, प्रेमकृष्ण पाठक, बीरवहादुर लामा, हेमराज राई, रिजवान अन्सारी र गोपाल ठाकुर रहनु भएको छ । यस्तै पार्टीको महासचिवमा राजेन्द्र श्रेष्ठ र उपमहासचिवमा अजम्बर काङमाङ राई, राधा तिमिल्सिना र नोर्साङलामाको नाम सार्वजनिक गरिएको छ ।

मंगलसिद्दि मानन्धर पार्टीको केन्द्रीय सल्लाहकार समितिको अध्यक्ष रहनुभएको छ भने  छ भने अनुशासन समितिको अध्यक्षमा रणध्वज काङमाङ नियुक्त गरिएको छ ।

पार्टीको मार्गदर्शक सिद्धान्त किटान गर्न नसक्दा नेपाली काँग्रेस त्यागेका जनजाति नेता भने राईको पार्टिमा छिरेका छैनन । पार्टीको सिद्धान्त बामपन्थी हुने कि लोकतान्त्रिक भन्नेमा जनजात पार्टिमा बिबाद हुँदा केही पनि खुलाइएको छैन ।

अशोक राई अध्यक्ष रहेको सङ्घीय समाजवादी पार्टी, नेपालको पूर्ण विवरण
केन्द्रीय तदर्थ समिति
२२ नोभेम्बर, २०१२
२०६९ मंसिर ७ विहीवार

१. अशोककुमार राई – अध्यक्ष
२. विजय सुव्वा – उपाध्यक्ष
३. दुर्गामणी देवान – उपाध्यक्ष
४. प्रेमकृष्ण पाठक – उपाध्यक्ष
५. वीरवहादुर लामा – उपाध्यक्ष
६. रकम चेम्जोङ – उपाध्यक्ष
७. हेमराज राई – उपाध्यक्ष
८. मोहम्मद रिजवान अनसारी – उपाध्यक्ष
९. गोपाल ठाकुर – उपाध्यक्ष
१०. राजेन्द्र श्रेष्ठ – महासचिव
११. अजम्वर राई काङमाङ – उपमहासचिव
१२. राधा तिमिल्सिना – उपमहासचिव
१३. नोर्साङ लामा – उपमहासचिव
१४. मिना गुरुङ – सचिव
१५. होरीलाल चौधरी – सचिव
१६. कर्णवहादुर वुढा मगर – सचिव
१७. रामसिं यादव – सचिव
१८. डि.वि. नेपाली – सचिव
१९. डा. मंगलसिद्धि मानन्धर – अध्यक्ष, केन्द्रीय सल्लाहकार समिति
२०. रणध्वज कन्दङ्वा – अध्यक्ष, केन्द्रीय अनुशासन समिति
२१. राजकुमार राई – अध्यक्ष, केन्द्रीय निर्वाचन समिति
२२. शुशिला श्रेष्ठ – अध्यक्ष, केन्द्रीय लेखापरीक्षण समिति
२३. मझिलाल थारु थनेत
२४. योगीलाल यादव
२५. आङ्काजी शेर्पा किसान
२६. सोनी लामा
२७. त्रिरत्न शाक्य
२८. हरि घिमिरे
२९. ललन राय
३०. धनप्रसाद तामाङ
३१. देवराज राई
३२. कृष्णवहादुर घःजु
३३. सानुराजा शाक्य
३४. सुवर्णमान डंगोल
३५. न्हुच्छेलाल महर्जन
३६. विजय राई
३७. अनिल मिश्र
३८. अञ्चल राई
३९. उर्मिला साह
४०. गणेशमान गुरुङ
४१. आर. सि. तुम्वा
४२. दुर्गामाया लिम्वु
४३. लालवहादुर तामाङ
४४. आङ्देण्डी शेर्पा
४५. डा. गणेश योञ्जन
४६. राज मोहम्मद अन्सारी
४७. भूराज राई
४८. मानप्रसाद लिम्वू
४९. शिवनारायण राना थारु
५०. मेम्वर ल्हो
५१. रामेन्द्र साह
५२. रमेश राई
५३. भाग्यनारायण राय यादव
५४. शान्तकुमार प्रधान
५५. भुपेन्द्र नेम्वाङ
५६. रामचन्द्र ढकाल
५७. जुद्ध ढाक्रे
५८. पूर्णवहादुर वस्नेत
५९. कृष्णकुमारी वाइवा
६०. वमवहादुर लामा
६१. भीम राई
६२. चन्द्रलाल केप्छाकी मगर
६३. मानवहादुर सारु मगर
६४. उत्तम लामा
६५. शाक्य सुरेन
६६. नहेन्द्र प्रधान
६७. सनवहादुर राई
६८. केशव उदाश
६९. पृथ्वीमान गुरुङ
७०. टेकवहादुर चेपाङ
७१. सुरेन्द्र थापा मगर
७२. हिमाल पुनः मगर
७३. नारदकुमार राई
७४. राजकुमार यादव
७५. रामसिं लामा
७६. कर्णवहादुर वुढा मगर
७७. रामसिं राई
७८. टेकरत्न चेम्जोङ
७९. रमेश प्रधान
८०. देवराज शर्मा
८१. लिला सिटौला
८२. चितनारायण यादव
८३. योगराज लिम्वु
८४. शिव न्यौपाने
८५. शम्भु चौधरी
८६. चन्द्रविक्रम राई
८७. शिवकुमार कापड
८८. रामरतन यादव
८९. राजकुमार मण्डल
९०. जीवन राना मगर
९१. नित्यानन्द ताजपुरीया
९२. दीपक याक्खा
९३. नवीन विश्वकर्मा
९४. रश्मिला प्रजापति
९५. पानवहादुर भुजेल
९६. मालती महत
९७. देवीरास गुरुङ
९८. कुमवहादुर तामाङ

काङ्ग्रेस कार्यकर्ताको हत्या

Wednesday, November 21, 2012 | comments

७ मंसिर, कैलाली । कैलालीको मालाखेती गाविसका पूर्व अध्यक्ष दीर्घराज भट्टको गएराति एक समूहले हत्या गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सुदाम रावलका अनुसार भट्टको कुटपिट गरेर हत्या गरिएको हो ।

मालाखेती गाविस वडा नम्बर २ मा रहेको घरमा सुतेको समयमा समूहले खुकुरी प्रहार गरेर भट्टको हत्या गरेको प्रहरीले जानकारी दिएको छ । नेपाली कांग्रेसका स्थानीय नेतासमेत रहेका भट्टलाई केही समयअघि पनि एक समूहले आक्रमण गरेर गम्भीर घाईते बनाएको थियो । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

महानिर्देशनालय नबन्दै माओवादी लडाकू ब्यारेक प्रवेश आजै विशेष समितिको बैठक बस्ने

| comments


६ मंसिर, काठमाडौं । नेपाली सेनाभित्र महानिर्देशनालयको संरचनात्मक पक्ष प्रष्ट भइनसक्दै माओवादीका पूर्वलडाकूहरु आजबाट सेनाका ब्यारेकमा धमाधम प्रवेश गर्न थालेका छन् । तालिमका लागि ब्यारेक पसेका पूर्व लडाकूले पाउने दर्जा सम्बन्धमा पनि अझै प्रष्ट भैसकेको छैन । लडाकूबारे निर्णय गर्न आज बेलुका ५ बजे सेना समायोजन विशेष समितिको बैठक नयाँ बानेश्वरमा बस्दैछ ।
तालिमका लागि लडाकूहरु सैन्य ब्यारेकमा हाजिर भए पनि नेपाली सेनाको महानिर्देशनालयको नीतिगत एवं संरचनागत पक्षबारे अझै टुंगो लागिसकेको छैन । कात्तिक ३० गते नै  सेना समायोजन विशेष समितिको म्याद सकिएकोमा सरकारले मंगलबार एक महिनाका लागि म्याद थपेको छ । आज बेलुका बस्ने विशेष समितिको बैठकले महानिर्देशनालयसम्बन्धी निर्णय गर्ने बताइएको छ । लडाकूहरु तालिमका लागि हाजिर भैसकेका माओवादी लडाकूले पाउने दर्जाका बारेमा पनि अहिलेसम्म अन्यौल छ ।
समायोजनका लागि छानिएका लडाकूमध्ये अधिकृतस्तरमा छानिएका ७१ लडाकू भक्तपुरको खरीपाटीमा र अन्य १ हजार ४ सय ६० लडाकूले देशका विभिन्न बाहिनीमा मंसिर ६ गते सम्पर्क गर्ने पूर्वनिर्णयअनुसार उनीहरुले आजबाट ब्यारेकमा सम्पर्क गरेका हुन् । नेपाली सेनाले उनीहरुलाई दशैंअघि ४५ दिने बिदा लिएर मंसिर ६ गते हाजिर हुन भनेको थियो । पूर्वाञ्चलका लडाकूहरु उदयपुरको गाईघाटमा र मध्यमाञ्चलबाट त्रिशुलीमा तालिमका लागि हाजिर भएका छन् । पश्चिममा रहेका लडाकूहरु स्थानीय स्तरका बाहिनीहरुमा भेला भएका छन् ।
विशेष समितिको अभिभारा
माओवादी सेनाका पूर्वकमाण्डर चन्द्रप्रकाश खनाल -बलदेव)का अनुसार अब विशेष समितिले टुंगो लगाउनुपर्ने दुईवटा विषय छन् । ‘सबैभन्दा पहिले विशेष समितिले महानिर्देशनालयको नीतिगत एवं संरचनात्मक पक्ष टुंग्याइदिनुपर्छ, दोस्रो केही पदहरुबारे राजनीतिक तहमा भित्री सहमति भएका छन्, त्यसलाई क्याबिनेटको निर्णयबाट हुन्छ, या विशेष समितिले टुंगो लगाउने हो, त्यसको पनि समाधान गरिनुपर्छ ।’ खनालले अनलाइनखबरसित भन्नुभयो ।
खनालका अनुसार यसअघि राजनीतिक तहमा माओवादी लडाकूहरुलाई महानिर्देशनालयमा एक महासेनानी र दुई प्रमुख सेनानी दिने सहमति भएको छ । ‘लडाकूहरु नेपाल सरकारको मातहतमा आएसकेको हुनाले अब यसलाई नेपाली सेनाले भन्दा पनि विशेष समिति वा क्याबिनेटका बैठकले मिलाउनुपर्छ, यसलाई विशेष समितिले नै मिलाउँदा राम्रो हुन्छ ।’-खनालले भन्नुभयो ।
कन्टेनरका बन्दूक के गर्ने ?
नेपाल सरकारको मातहतमा आइसकेका र हालसम्म कन्टेनरमा रहेका माओवादीले प्रयोग गरेका हात-हतियार के गर्ने भन्ने प्रश्न पनि महत्वपूर्ण रहेको बताउँदै पूर्वकमाण्डर खनालले भन्नुभयो-’कन्टेनरका हतियार म्युजियममा राख्ने या के गर्ने भन्ने पनि सरकारले टुंगो लगाउनुपर्छ ।’

प्लेब्वाईको लागि नांगिनेमा अर्की भारतीय थपिइन् ! (फोटोफिचरसहित)

| comments


काठमाडौं, ६ मंसिर । भारत महाराष्ट्रकी मोडल निकिता गोखलेले पुरुषहरुको चर्चित अन्तर्राष्ट्रिय पत्रिका प्लेब्वाईको लागि नांगो फोटो खिचाएकी छिन् । उनले पत्रिकाको लागि ‘परीक्षण’ फोटोसुट गराएकी हुन् ।
नागपुरकी निकितालाई प्लेब्वाईका फोटोग्राफर एरोल फ्र्यान्कलिनले ‘टेस्ट’ फोटोसुटको लागि आमन्त्रण गरेका हुन् । यदी निकिता परीक्षण फोटोसुटमा उतीर्ण भएमा उनी चर्चित पत्रिका प्लेब्वाईमा फोटोसुट गराउने दोस्रो भारतीय महिला बन्ने छिन् ।
निकिता र फोटोग्राफर एरोलको चिनजान फेसबुकबाट भएको एरोलले बताएका छन् । चिनजानपछि एरोलले ‘इन्डियन क्लासिक थिम’मा फोटो खिच्ने सम्बन्धमा गरेको प्रस्ताव निकिताले स्वीकारेकी हुन् । प्लेव्वाइ संसारका महिला मोडलहरुको नग्न तस्विरप्रकाशित गर्न माहिर छ।
त्यसपछि यो फोटोसुट दीपावलीअघि मुम्बईमा गरिएको जनाइएको छ । –एजेन्सीको सहयोगमा ।
हेरौं, निकिताको न्यूड फोटोसुटः









छात्राले घुँडा छोपिने स्कर्ट लगाउनुपर्ने निर्णय कति उचित ?

| comments


निजी विद्यालयमा अध्ययन गर्ने छात्राहरुले लगाउने मिनीस्कर्ट भड्किलो भएको भन्दै शिक्षा विभागले घुँडासम्म छोपिने स्कर्ट लगाउनुपर्ने निर्देशिका तयार पारिरहेको छ ।सरकारद्वारा प्रस्तावित पोशासकसम्बन्धी निर्देशिकामा मिनी स्कर्टको तल्लो भाग घुँडासम्म हुनुपर्ने र पाइन्ट लगाउँदा कम्मरभन्दा एक इञ्चमाथि बाँध्नुपर्ने, कम्मरमा बाँध्ने पेटीको चौडाइ डेढ इञ्चभन्दा ठूलो हुन नहुने लगायतका कुराहरु उल्लेख गरिएको छ ।
यसअघि निजी शैक्षिक संस्थाहरुमा छात्रछात्रालाई मोवाइल र मोटरसाइकल लिएर प्रवेश गर्न नपाइनेजस्ता नियमहरुको पनि अभ्यास नेपालमा हुँदै आएको छ । विस्तारै आधुनिकता र खुल्लापनतर्फ मोडिँदै गएको नेपाली समाजमा सरकारीस्तरबाट ल्याइने यस्ता नियमहरु कतिको सान्दर्भिक होलान् ? सरकारी योजनाले यसबारेमा बहस सिर्जना गराएको छ । विगतमा विवाहित महिलाले साडी लगाउनैपर्ने, अन्यथा भड्किलो पोशाक लगाएको ठहरिन्थ्यो । खुट्टाका गोलीगाँठा देखिँदा अश्लील सम्झने नेपाली समाज यतिबेला महिलाले तिघ्रा देखाउन मिल्छ कि मिल्दैन भन्ने बहसमा आइपुगेको सरकारी निर्देशिकाबाट प्रष्ट हुन्छ । तर, पश्चिमी सभ्यतामा भने यस्तो बहसलाई वाहियात मानिन्छ । उनीहरुका विचारमा त यो बहसकै विषय होइन । अर्कातिर मुस्लिम समाजचाँहि महिलाले बुर्का लगाएर हिँड्नुपर्छ या अनुहार देखाएर हिँड्न हुन्छ भन्ने विषयमा बहस गरिरहेको छ ।
कट्टर मुस्लिम समुदायका महिलाले बुर्का लयाएर हिँड्नुपर्ने कडा नियम छ भने हिन्दूसमाज अलि उदार भएका कारण नेपाल र भारतजस्ता देशहरुलाई खुल्लापनतर्फ जान सहज भैरहेको छ । त्यसो त मुस्लिम समाजमा पनि बुर्का खोलेर पुरुषसरह सामाजिक जीवनमा सहभागी हुने आधुनिक महिलाहरुको संख्या बढ्दै गइरहेको छ । ’भड्किलो’ फेसनले मानिसको व्यक्तित्वलाई कमजोर पार्नेमात्रै नभई विभिन्न किसिमका सामाजिक विकृति एवं विसंगतिलाई समेत प्रश्रय दिन्छ भन्ने मान्यता राख्ने मानिसहरु नेपालमा अझैसम्म प्रशस्तै पाइन्छन् । तथापि विद्यालयहरुमा पोशाकलाई नियमन गर्ने सरकारद्वारा प्रयास गरिए पनि राजधानीलगायत देशका प्रमुख शहरका नेपाली रेष्टुरेन्ट र डान्स वारहरु पश्चिमी देशभन्दा कम ‘फेसनेबल’ चाँहि छैनन् । नेपाली युवापुस्तामा बढ्दो खुलापन राज्यको नियन्त्रणभन्दा धेरै पर पुगिसकेको छ ।
त्यसो त खुलापनमा रमाइरहेका पश्चिमाहरुले पनि विद्यालय उमेरका केटाकेटीलाई वयस्कहरुलाई जस्तो बसै कुरामा छुट दिएको पाइँदैन । अमेरिकामा निश्चित उमेर नकटेसम्म किशोर-किशोरीलाई मदिरा सेवनमा समेत प्रतिवन्ध छ ।

हिरोइन सौजन्यालाई यौन हिंसा गरेको आरोपमा रोजराणा पक्राउ

Tuesday, November 20, 2012 | comments

काठमाण्डौ ।
यौन हिंसा गरेको भन्दै नायिका सौजन्या सुब्बाले दिएको लिखित उजुरी पछि प्रहरीले नायक तथा चलचित्र निदेर्शन गर्दै आएका रोज राणालाई पक्रेको छ । यसअघि समेत देह ब्यापारको आरोपमा पक्राउ परिसकेका राणालाई ललितपुर प्रहरीले पक्रेको हो ।

हनुमानढोका नायिका सौजन्या सुब्बाले राणाले आफुलाई यौन चर्तिकला पर्दाफास गरिदिने भन्दै धम्क्याउने गरेको लिखित उजुरी दिएपछि राणालाई लतिलपुर प्रहरीले पक्रेर काठमाण्डौ प्रहरीलाई बुझाएको छ । काठमाण्डौका विभिन्न स्थानमा नांगो नाच हुने डान्सबारसमेत चलाएको भन्दै प्रहरीले राणालाई यसअघि कारवाही गरिसकेको छ ।

प्रहरीबाट छुटेपछि पुन चलचित्रमा लागेका राणा र सौजन्या यसअघि अघिकांश चलचित्रमा संगै देखिन्थे । सौजन्या निकट स्रोतले दिएको जानकारी अनुसार राणा र सौजन्याविच हुन सक्ने अस्लिल क्रियाकलापबारे राणाले वाहिर पर्दाफास गरिदिने धम्क्याउँदै यौन सोषण गरेको वा पुन प्रयास गर्दै आएका थिए । स्रोतले स्पष्ट नभनेपनि राणासंग त्यस्ता कृयापलापको केही दृश्य भएको हुनसक्ने अनुमान गरिएको छ ।

स्मरणीय छ सौजन्या र रोजविच यसअघि चलचित्र क्षेत्रमा विभिन्न सम्वन्धबारे चर्चा हुनेगरेपनि दुवैले आफुहरुविच सौहार्दपुर्ण सम्वन्धबाहेक कुनै सम्वन्ध नरहेको बताउँदै आएका थिए ।

प्रहरी कार्यालय नजिकै मोओवादी कार्यकर्तामाथि गोली प्रहार

Saturday, November 10, 2012 | comments

सिरहा, कात्तिक २६- सिरहाको मिर्चैया प्रहरी कार्यालय नजिकै एकिकृत नेकपा माओवादीका कार्यकर्ता श्रवण यादवमाथि गोली प्रहार भएको छ। मिर्चैया- जिवा जाने बाटोमा यादवमाथि गोली प्रहार भएको हो। सिरहा प्रहरी प्रमुख विक्रम गरुङका अनुसार, यादवमाथि तीन राउण्ड फायर भएपनि उनी सकुशल छन्। 

घटनास्थलबाट एक जना व्यक्ति र दुई थान हतियार वरामद भएको छ। एक थान कटुवा पेस्तोल वाटोवाट र एक थान नाम खुल्न नसकेको १८ /१९ वर्षका युवकवाट वरामद भएको गुरुङले बताए।

घटनाको विस्तृत विवरण थप अनुसन्धान पछि खुल्ने उनले वताए। पक्राउ परेका व्यक्तिले वेहोसिको नाटक गरेकाले विस्तृत खुल्न नसकेको उनले बताए।
दिनदहाडै गोली चलेको घटनाले मिर्चैयामा त्रास छ। सुरक्षाकर्मीको बढाएर अभियुक्तको खोजी भैरहेको छ।

बर्मामा शक्तिशाली भूकम्प

| comments


काठमाडौं, कार्तिक २६ - मध्य बर्मामा आइतबार शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट भएको हताहती आएको छैन ।
बर्माको दोस्रो ठूलो सहर मान्डलेबाट १ सय २० किमि उत्तरमा केन्द्रविन्दु भएर ६ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको बीबीसीले जनाएको छ ।
बर्माका स्थानीय मिडियाका अनुसार स्थानीय समय अनुसार बिहान ७ ४२ मा गएको भूकम्पमा श्वेबोमा एउटा पुल क्षतिग्रस्त भएको छ ।

जंगली जनावरले खाएको अवस्थामा मानव हड्डिहरु फेला

| comments

चितवन, कात्तिक २६ । पश्चिम चितवनको गीतानगरमा आइतबार जंगली जनावरले खाएको अवस्थामा केही मानव हड्डिहरु फेला परेका छन् । स्थानीय नवज्योति सामुदायिक वनमा वन्यजन्तुले खाएको अवस्थामा उक्त हड्डिहरु फेला पारिएको हो। हात, पाखुरा र बंगारा जस्ता मानव अंगहरु फेला परेको प्रहरीले जनाएको छ । घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।

गलत समाचार प्रशारणपछि बीबीसीका महानिर्देशकले दिए राजीनामा

| comments


२६ कार्तिक, एजेन्सी । बाल यौन शोषणसम्बन्धि एक रिपोर्ट प्रशारण गर्दा भएको आलोचनापछि बीबीसीका महानिर्देशक जर्ज एन्टविसलले आफ्नो पदबाट राजीनामा दिएका छन् । उक्त खबर प्रशारणको जिम्मेवारी लिँदै उनले पदबाट हट्नु नै सम्मानजनक हुने भएकाले आफूले राजीनामा दिएको बताएका छन् ।
यसअघि बीबीसीको न्यूजनाइट कार्यक्रममा प्रशारण गरिएको बाल यौन शोषणसम्बन्धि रिपोर्टमा बेलायतको टोरी पार्टीका पूर्व वरिष्ठ नेता लँर्ड मैकएल्पाइनलाई गलत ढंगले देखाइएको भन्दै आलोचना भएको थियो । यो आलोचनालाई एन्टविसलले पनि गल्ती भएको स्वीकार्दै पत्रकारिताको मापदण्ड विपरितको त्यस्तो खबर प्रशारण गर्नु हुँदैनथ्यो भनेका छन् ।

उक्त रिपोर्टमा बेलायतको नर्थ वेल्सस्थित केयर होम्समा भएको बाल यौन शोषणसम्बन्धि खबर समेटिएको थियो । महानिर्देशक एडिटर इन चिफसमेत हुने र बीबीसीबाट प्रशारण हुने सबै सामग्रीको मूख्य जिम्मेवार भएकाले राजीनामा दिएको एन्टविसलले भनेका छन् । उक्त खबरमा लक्षित बनाइएका टोरी पार्टीका लँर्ड मैकएल्पाइनले रिपोर्ट अस्वीकार गर्दै त्यसलाई अपमानजनकको संज्ञा दिएका थिए । मैकएल्पाइन मार्गरेट थ्याचरको समयमा पार्टी कोषाध्यक्ष रहेका थिए ।

बजेटमा सहमति जुटाउन प्रचण्ड आफै सक्रिय

| comments

२६ कार्तिक, काठमाडौं । यही महिना्भित्र पूर्ण बजेट ल्याउने तयारीमा रहेको सरकारको प्रस्ताव विपक्षिदलहरुले अस्वीकार गरेपछि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बजेटबारे पूर्व अर्थमन्त्रीहरूसँग छलफललाई तिव्रता दिन थालेका छन ।

प्रचण्ड निवास लाजिम्पाटमा जारी केहीबेर अघि पूर्व अर्थमन्त्रीहरूसँगको छलफल सुरु भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । बजेटबारे सुझाव सङ्कलन गर्न अध्यक्ष प्रचण्डले पूर्व अर्थमन्त्रीहरूसँग छलफल सुरु गरेका हुन ।

छलफलमा पूर्व अर्थमन्त्रीहरु रामशरण महत, महेश आचार्य, भरतमोहन अधिकारी, सुरेन्द्र पाण्डे र प्रकाशचन्द्र लोहनीलाई बोलाइएको छ ।

बजेटबारे सहमति जुटाउने प्रयासस्वरुप अध्यक्ष प्रचण्डले आज र भोलि विभिन्न प्रतिपक्ष दलहरूसँग पनि छलफल गर्नुहुने उहाँको निजी सचिवालयले जनाएको छ ।

राष्ट्रिय सहमतिको सरकार गठन अघि बजेट ल्याउन नदिने प्रतिपक्षहरूले अडान लिएपछि सत्तारुढ दलहरूले भने जसरी पनि पूर्ण बजेट ल्याउने निर्णय गरेका छन् । बजेटका लागि भोलि राष्ट्रपति समक्ष आर्थिक अध्यादेश पेश गर्ने तयारी भइरहे पनि उनीहरूले अन्तिम समयसम्म सहमतिको प्रयास पनि जारी राख्ने बताएका छन् ।

सरकारले करिब साढे चार अर्ब रूपैयाँको अनुमानित बजेट ल्याउने तयारी गरेको छ । सरकारले जबर्जस्ती बजेटको तयारी गरेपछि प्रतिपक्ष दलहरूले मङ्सिर २ गतेदेखि आन्दोलन गर्ने घोषणा गरिसकेका छन् । राष्ट्रिय सहमतिको सरकार गठन गरी बजेट ल्याउनुपर्ने प्रतिपक्ष दलहरूको भनाइ छ । सरकारले ल्याएको एक तृतीयांश बजेटको समयसीमा यही कात्तिक मसान्तमा सकिँदै छ ।

भिडियो खबर तथा जानकारी

पेट मिचिमिची हास्नुहोस !!

हेर्नुहोस नेपाली ओम सान्ति ओम कमेडी भिडियो

Om Shanti Om - Parody (Nepali)