Showing posts with label INTRESTING. Show all posts
Showing posts with label INTRESTING. Show all posts

काली भैसीको सेतो पाडी ! (फोटो फिचरसहित)

Saturday, December 1, 2012 | comments

 १६ मंसिर, नेपालगञ्ज । यो कस्तो अचम्म ? आमा काली छोरी गोरी झट्ट हेर्दा अपत्यारिलो तर, सत्यः बाँके बेलभार-२ चौधरीपुर गाउका किसान विर्खबहादुर थापाले पालेको भैंसीले निक्खर सेतो पाडी पाएको छ । उहाँको घरमा पालेको भैंसीले गत कात्तिक १४ गते सेतो पाडी पाएको हो ।
दैनिक १० लिटर दिने सो भैंसीले सेतो पाडी पाएपछि उनको घरमा हेर्न आउनेको घुईचो लाग्ने गरेको थापाका जेठा छोरा तेजबहादुर थापाले जानकारी दिनुभयो । बिहानको दुध स्थानीय डेरीमा लैजाने र साँझको घरमै खाने गरको थापा बताउनु हुन्छ ।
७७ वर्षीय कृषक थापाले आफ्नो जीवनकालमा भैंसीले निक्खर सेतो पाडो वा पाडी पाएको थाहा नपाएको बताउनु भयो । उहाँले गोरो भएकोले पाडीको नाम पनि गौरी राख्नु भएको छ ।

तरबार निल्ने खतरनाक रेकर्ड (फोटो फिचरसहित)

Saturday, November 24, 2012 | comments


२९ वर्षीय इयान ब्राउनमा एक गज्जबको प्रतिभा छ, जसको प्रदर्शन उनले हालै एक विश्व कीर्तिमान तोड्नका लागि गरे । उनले दुई घुमाउरो तरवारलाई निलेर १३ सेकेण्डसम्म राखेको कीर्तिमान बनाएका हुन् ।
प्रदर्शनका क्रममा उनको अनुहारमा कुनै डरको भावना देखिएन । पुरा समय उनी शान्त देखिन्थे र आफ्नो नाममा अनौठो रेकर्ड दर्ता गराए ।

यद्यपी यसका लागि उनले निकै मेहनत गर्नु परेको थियो । उनले हरेक दिन ४० पटकसम्म कोट हृयांगरको अभ्यास गरेका थिए ।
उनले अझै खतरनाक स्टन्ट पनि गर्ने घोषणा गरेका छन् । किलाले भरिएको ओछ्यानमा सुत्ने र आफ्नो अनुहारमा किलोको हतौडाले हान्ने घोषणा गरे ।







"मलाई रानी ऐश्वर्या भनेर झुक्किन्थे"

Friday, November 23, 2012 | comments

शर्मिला मल्ल, अभिनेत्री : - 
पुरानी नायिका शर्मिला मल्लले अहिलेसम्मको फिल्मी करिअरमा कति फ्यान कमाइन् होला ? १४ वर्षको उमेरमा ०४१ सालमा बनेको कान्छी फिल्मबाट रजतपटमा उत्रिएकी शर्मिलाका फ्यान त कति कति । ँबच्चादेखि बूढासम्म छन्,’ उनी भन्छिन्, ँकान्छी फिल्ममा गाउँले युवतीको भूमिका निभाएकाले होला, त्यतिवेलाको छाप अहिलेसम्म छ । जहाँ जाँदा पनि शर्मिला मल्ल भनेर चिनिहाल्छन् । कान्छी रिलिजपछिका केही फ्यान अहिले पनि सम्पर्कमा छन् ।’
आफू र आफ्नो कामलाई मन पराउने असंख्य फ्यान भए पनि उनको मानसपटलमा गढेका केही फ्यानको स्मरण यस्तो छ :
कान्छी फिल्म खेल्ने वेलासम्म मलाई थाहा थिएन, फ्यान भनेको को हो ? सानै थिएँ । लजाउँथेँ । तर, कान्छी रिलिज भएपछि मान्छेहरूले मेरो काम निकै मन पराए । मप्रति स्नेह दर्शाउने, नजिक हुन खोज्नेहरू ह्वात्तै बढे । बाटोमा हिँड्दा पनि कान्छी भनेर बोलाउन थाले । अनि मात्र थाहा भयो मलाई फ्यान भनेको यो रहेछ भन्ने ।
'वासुदेव'मा खेलेपछि त मलाई अझ धेरैले चिन्न थाले । सबैले चासो दिन थाले । 
सुटिङ, सपिङमा जाँदा पनि मलाई चिन्ने, छुन खोज्ने, छुने, हाल खबर सोध्नेहरू प्रशस्तै । अहिले पनि त्यो क्रम उस्तै छ । मेरा केही यस्ता फ्यान छन्, जो नजन्मिँदै म फिल्मलाइनमा आइसकेकी थिएँ । उनीहरू पनि मेरो फ्यान । मलाई विशेषगरी मेरो पोस्ट-बक्समा देश-विदेशबाट फ्यानका असंख्य पत्र आउने गर्छन् । पहिलाको दाँजोमा अचेल केही कम भए पनि क्रम भने रोकिएको छैन । केही अघिसम्म घरको फोन ४४७४४७२ मा फ्यानका फोन लगातार आउने गर्थे । अनावश्यक र दिक्दारी लगाउने फोन धेरै आउन थालेपछि त्यो नम्बर हटाइदियौँ । 
केही वर्षअघिसम्म आउने फ्यानका फोनमा कोहीले मलाई भारतीय हिरोइन ऐश्वर्या रायजस्तो लाग्छ भन्थे, कोहीले मन्दाकिनी । अनि, कोहीले फेरि मलाई रिना रायजस्ती भनेर प्रशंसा गर्थे । कतिपयले त स्वर्गीय रानी ऐश्वर्याजस्ती भन्थे । 
केही फ्यान त मलाई रानी ऐश्वर्या भनेरसमेत झुक्किएका छन् । एकचोटि न्युरोडमा सन-ग्लास किन्न गएकी थिएँ । त्यतिवेला बाटोमा भेटिएका मान्छेले समेत मलाई 'तपाईंलाई त कालो चश्मा लगाएर हिँड्न प्रतिबन्ध लगाएको छ है' भनेर सोधे । म अचम्ममा परेँ । चश्मा पसलमा गएँ । त्यहाँको साहुजीले पनि अचम्म मान्दै 'तपाईं रानी ऐश्वर्याजस्ती देखिने भएकाले दरबारले कालो चश्मा लगाएर हिँड्न मनाही गरेको छ है' भने । म त छक्क परँे । उनीहरू आफैँले फेरि भने, 'सुटिङका लागि होला होइन, कालो चश्मा लगाउँदा तपाईं साँच्चिकै रानी ऐश्वर्या देखिनुहुन्छ ।' 

पहिला र अहिले पनि मलाई दुबई, कतार, मलेसिया, हङकङ, युएसएबाट फ्यानका चिठी अत्याधिक मात्रामा आउँछन् । तीमध्ये राज नामका एकजना यस्ता फ्यान थिए, उनी कान्छी ताकादेखिकै मेरा फ्यान रहेछन् । उनले मेरोबारे पत्रपत्रिकामा छापिएका सबै समाचारका कटिङ फाइल गरेर राखेका रहेछन् । कामना पत्रिकाबाट हो क्यारे उनले मेरो पोस्ट-बक्स ठेगाना पाएछन् । त्यसपछि उनले मलाई लगातार चिठी पठाउन थाले । उनले मेरोबारे छापिएका पत्रिकाको फाइलिङ पनि पठाइदिए । आफ्नो कोठाभरि मेरो फोटो टाँसेको छु भन्थे । हप्तैपिच्छे पत्र पठाउँथे । म निकै मन पर्ने बताउँथे । पहिला शर्मिलाजी भनेर सम्बोधन गरेर थुप्रै चिठी पठाए । मैले पनि थुप्रैचोटि उनको चिठीको जवाफ फर्काएँ । साढे तीन वर्षअघिसम्म पनि उनको चिठी आइरहन्थ्यो । हँुदाहुँदा उनको सम्बोधन फेरिँदै गयो । शर्मिलाजी भनेर सम्बोधन गर्ने मान्छेले बिस्तारै मेरी पि्रय शर्मिला, मेरी दिलकी रानी, मेरी धड्कन भनेर चिठी पठाउन थाले । उनले पत्रमा यतिसम्म लेख्थे कि 'शर्मिला, मलाई थाहा छ, तिमी विवाहित हौ । तर, म अहिलेसम्म पनि अविवाहित छु । यो जुनीमा तिमी मेरी नभए पनि अर्काे जुनीमा भने तिमी मेरै हुनुपर्छ । त्यसैले म यो जुनी विवाह नगरी बिताइदिन्छु । सक्छौ भने यो जुनीमै साथ दिने कोसिस गर ल ।'
उनको मप्रतिको आशक्ति देखेर मलाई तनाव हुन थाल्यो । मैले उनलाई सम्हालिएर पहिलाको जस्तै सम्बोधनमा चिठी पठाउनुस् नत्र म जवाफ फर्काउन्न भनेर पत्र पठाएँ । त्यसपछि पनि उनको सम्बोधनमा परिवर्तन भएन । त्यसपछि भने मैले उनको चिठीको जवाफ फर्काउन छाडँे । मैले जवाफ नफर्काएकाले होला केही समयपछि उनले पनि चिठी पठाउन छाडे ।

मेरा अर्का यस्ता जबर्जस्त फ्यान छन्, युएसए बस्ने नवीन श्रेष्ठ । उनी पनि कान्छी ताकादेखिकै फ्यान हुन् । उनी त झन् यस्ता छन् कि मेरो बर्थ-डेमा मेरो पति, छोराले विस नगर्दै उनले फोन गरेर 'ह्याप्पी बर्थ डे' भन्छन् ।
पहिला चिठी, इमेलमा कुरा हुन्थ्यो । पछि फोनमा पनि कुरा हुन थाल्यो । उनलाई पनि म निकै मन पर्छ रे । उनले फोन गरिरहन्छन् । पहिलादेखि नै उतै बसेका रहेछन् । अहिलेसम्म नेपाल आएका छैनन रे । उनी निकै व्यावहारिक छन् । वेलावेला मोबाइल सेट, डल, सोपिसहरू गिफ्ट पठाइदिन्छन् । नेपालबारे निकै चासो दिन्छन् । बर्थ-डेमा पनि गिफ्ट पठाउँछन् । बारम्बार जसो फोन गरिरहन्छन् । यहाँको बारेमा हामीलाई भन्दा धेरै विदेशमा बस्नेलाई पहिला थाहा हुँदो रहेछ । दरबार हत्याकाण्डको बारेमा त्यसदिन राति एक बजे विदेशमा बस्ने फ्यानले फोन गरेर बताएका थिए । 
नवीनले आफ्नो घरपरिवारबारे पनि कुरा गर्छन् । निकै व्यावहारिक छन् उनी । 

मेरा आर्मी, पुलिस, सरकारी उच्चपदस्थ अधिकारीदेखि लिएर सामान्य वर्गका पनि फ्यान छन् । चार/पाँच वर्ष पहिला हो क्यारे, मैले एउटा पत्रिकामा मलाई आर्मी मन पर्छ भनेकी रहेछु । मेरो हजुरबुबा, बुबा तथा थुप्रै आफन्त आर्मीमा भएकाले मलाई साँच्चिकै आर्मी मन पर्छ । त्यो समाचार पढेर तीनजना आर्मी त डे्रसमै मलाई भेट्न घरमा आए । म त अचम्म परेँ । उनीहरूले भने, 'तपाईंलाई आर्मी मनपर्ने रहेछ । म तपाइर्ंको फ्यान हुँ । त्यसैले भेट्न आएको ।' मैले त्यही पत्रिकामा मिल्क-केक मनपर्छ भनेकी रहेछु । उनीहरूमध्ये एकजनाले मलाई मनपर्छ भनेर मिल्क-केक लिएर आएका थिए । कसैले फूल ल्याएका थिए । उनीहरूले निकै आत्मीयता देखाए । मैले गरेका फिल्म, घरपरिवारका सबै कुरा थाहा रहेछ उनीहरूलाई । 

पाल्पामा जन्मिए पनि तीन वर्षको उमेरदेखि नै काठमाडौं बसेकी हुँ । पाल्पामा पनि मेरो दुईजना पुराना जबर्जस्त फ्यान छन् । सुजना र अर्की मिना । उनीहरूसँग संगत भएको पनि २०/२२ वर्ष भइसक्यो । उनीहरू काठमाडौं आएका वेला एकचोटि भेट भएको छ । सुजनाले अहिलेसम्म बिहे गरेकी छैनन् । उनका अनुसार सानो छँदा पाल्पामा हामीसँगै खेल्थ्यौँ रे । तर, मलाई याद छैन । उनीसँग मेरो अहिले पनि फोनमा कुराकानी भइरहन्छ । उनीहरूले मलाई आफ्नै दिदीजस्तो मान्छन् । घरपरिवारका कुरा गर्छन् । उनीहरूसँग कुरा गर्दा निकै रमाइलो लाग्छ । मैले पनि फोन गर्ने गर्छु । 

पाँच वर्षअघि हो क्यारे, कलियुग फिल्मको सुटिङमा एकजना केटीले कुनामा उभिएर मलाई घुरेर हेरिरहेकी थिइन् । मैले उनलाई बोलाउन लगाएँ । उनी आएर मेरो हात समातेको समात्यै गरेर आफूलाई म निकै मन पर्ने बताइन् । प्राञ्जल सिंह नामकी ती युवती मेरी फ्यान रहिछन् । मलाई प्रत्यक्ष देख्दा सपनाजस्तो लाग्यो रे । त्यसपछिका दिनमा उनी मेरा निकै नजिक भइन् । मेरो घरमा आउने/जाने गर्न थालिन् । 
मैले मेरो बर्थडेमा उषा पौडेलले डान्स गर्ने दरबारमार्गको सो प्यालेस रेस्टुरेन्टमा पार्टी दिएकी थिएँ । त्यतिवेला प्राञ्जल पनि आएकी थिइन् । उनले मलाई सुनको सिक्री गिफ्ट दिइन् । धेरै पाहुना थिए । उनी पार्टीमा बस्न मानिनन् । सिक्री र बुके दिएर गइहालिन् । उनी अचम्मकी थिइन् । मसँग घन्टौँसम्म फोनमा कुरा गर्थिन् । कहिलेकाहीँ उनी सँगसँगै हिँड्दा पनि चपक्क हात समाउँथिन् । कोही पुरुषले मलाई हेर्‍यो, बोल्यो भने उनी रिसाउँथिन् । मैले म कलाकार हुँ, मान्छेले चिन्छन्, हेर्छन्, बोल्न खोज्छन् । यो स्वाभाविक हो भन्थेँ । तर, उनी मलाई हेर्ने मान्छेप्रति निकै रिसाउँथिन् । त्यो मान्छेले किन हेर्‍यो ? त्यसका आँखा फोडिदिउँ भनेर मुर्मुरिन्थिन् । उनले अति गर्न थालेपछि म पनि 'इरिटेड' हुन थालेँ । मलाई सधैँ सपिङ जाऊँ, म तपाइर्ंलाई सपिङ गरिदिन्छु नि भन्थिन् । उनको व्यवहार अलि 'एब्नर्मल' लाग्न थाल्यो । जसकारण मैले उनीसँगको सामिप्यता कम गर्दै लगेँ । एक वर्ष जति भयो, उनी मेरो सम्पर्कमा छैनन् । नम्बर पनि चेन्ज भएछ । कहाँ, के गर्दै होलिन्, एकचोटि कुरा गर्न मन लागेको छ ।

झापाका अर्का एकजना भाइ मेरा फ्यान छन् । उनी मलाई फोन गरिरहन्छन् । दिदी भनेर सम्बोधन गर्छन् । बिबिएस पढ्दै छु भन्छन् । उनले आफ्नो पढाइबारे कुरा गर्छन् । लभबारे सल्लाह-सुझाब माग्छन् । 'एउटी केटीसँग परेको छ, त्यसको अरू पनि छन् कि भन्ने शंका लाग्छ दिदी, केटीको मन कसरी बुझ्नू ?' भन्नेजस्ता सल्लाह माग्छन् । मैले जानेको जति बताउने गरेकी छु ।
एकचोटि, कर्म फिल्मको सुटिङका लागि हामी भीमसेनगोलाबाट गाडीमा चढेर नगरकोट गएका थियौँ । भीमसेनगोलामा एकजना मान्छे बाइकमा बसेका थिए । मान्छे राम्रै थियो । मैले कसोकसो उसलाई हेर्न पुगेँछु । त्यसपछि उसले मलाई नगरकोटसम्मै फ्लो गर्‍यो । नगरकोटमा हामी साँझसम्म सुटिङ गर्‍यौँ, ऊ भने कहिले कता कहिले कता उभिएर साँझसम्म नै मलाई हेरिरह्यो । सुटिङ सकिएपछि मैले ऊ कहाँ गयो, बोलाएर कुरा गर्नुपर्‍यो भनेर खोजेको त ऊ कता हरायो, हरायो । 

मैले मेरो धेरै फ्यानलाई घरमै भेटेकी छु । रामो बोली, व्यवहार गर्ने फ्यानसँगको सम्बन्ध निरन्तर चलिरहन्छ । एक/दुईचोटि मीठो बोलिदिएकै भरमा निकै आत्मीयता देखाउने, व्यवहारमा परिवर्तन ल्याउनेसँग भने सम्बन्ध 'कट' गर्ने गरेकी छु । फ्यान हुँ भनेर अनावश्यक तनाव दिने, सताउने खालका मान्छे पनि धेरै छन् । नक्कली नाम, ठेगानाबाट फ्यान भएको नाटक गरेर नचाहिने कुरा गर्ने पनि धेरै भेटँे । म कसैको चित्त दुखाउन नचाहने भएकाले सभ्य भाषामा सम्झाएर कन्भिन्स गरेका पनि थुप्रै घटना छन् । 
अहिलेका कतिपय हिरोइनलाई बाटोमा हिँड्दा मान्छेहरूले जिस्क्याउने, छाडा बोल्ने गरेको देखेकी छु । तर, मलाई अहिलेसम्म कसैले अभद्र व्यवहार गरेको छैन । कसैले मलाई हेरिरह्यो भने म उसलाई बोलाएर परिचय गर्छु । कलाकार भएका नाताले हामीमा मान्छेको नजर जानुलाई स्वाभाविक रूपमा लिने गरेकी छु ।

मलाई त एड्स लागेको रहेछ !

Thursday, November 22, 2012 | comments

स्टेजमा रंगीबिरंगी बत्ती बलिरहेको छ । साथमा चर्को आवाजमा गीत बजिरहेको छ, 'छुनलाई होइन, हेर्नलाई पाइन्छ, उध्रेको छ यो चोली, त्यै पनि लाइन्छ...' ।  त्यही गीतको हाउभाउमा नाचिरहेकी छिन्, कविता (नाम परिवर्तन) । केही क्षणमा गीत सकिन्छ । तर, बत्ती निभ्दैन । तुरुन्तै सुरु हुन्छ नयाँ हिन्दी गीत, 'मुन्नी बदनाम हुई डार्लिङ तेरे लिए..' । तर, कविताको ठाउँमा अर्कै एक युवती स्टेजमा देखापरिसकेकी छिन् । कविता फ्लोरमा बसेका ग्राहकनजिक जान्छिन् र चर्को गीतको आवाजका कारण ग्राहकको कानैमा गएर सोध्छिन्, 'दाइ, के ल्याउ“m, मलाई जुस त खुवाउने होला नि ?' 'होइन केको जुस, तिमीलाई त म ज्यानै दिन तयार छु नि, कम्ताकी राम्री छौ तिमी,' उत्तर पूरा हुँदा नहुँदै कवितालाई अर्को टेबलमा जाने हतार भइसकेको छ । अर्को टेबलमा पनि उनको त्यही प्रश्न ।


गोरो अनुहार, प्रकाशमैत्री र छोटा कपडाले कवितालाई सुन्दर देखाएको छ । झट्ट हेर्दा उनको जीवनको रंग अत्यन्तै रमाइलो जस्तो लाग्छ । तर, उनको कथा सुन्ने हो भने उनको यो अवस्था त सोकेसमा सजाइएको कुनै सुन्दर फूल मात्रै हो भन्ने सहज अनुमान हुन्छ । 'अब त यही पेसामा लागेको ६ वर्ष भइसक्यो, विगत सम्झँदा पनि मुटु भक्कानिएर आउँछ' कविता भन्छिन्, 'सुरुमा बारमै भए पनि नाचगान गर्दा कलाकार हुने बाटोमा छु भन्ने लागेको थियो तर कहाँ त्यसो रहेछ र ? आखिर सरसंगतले रात्रिजीवन नै प्यारो लाग्न थालेको छ ।'

रात्रिजीवन प्यारो नलागोस् पनि किन, कविताले काठमाडौँलाई पाँच वर्षसम्म दिउँसोको चर्को घाम या झरीमा हेर्नै पाएकी छैनन् । रातभर ठमेलको डान्सबारमा काम गर्ने उनी दिनभर सुत्छिन् । साँझ उठेर केही गर्न पाएको हुँदैन, रेस्टुरेन्टबाट फोन आइहाल्छ, 'तिम्रो डिमान्ड आयो, चाँडै आऊ न ।' उनले काम गरेको रेस्टुरेन्ट चारतले घरको तेस्रो तलामा छ । सिँढी उक्लिँदै तेस्रो तलासम्म पुग्दा उनले ठूलो स्वरमा बजाइएको गीत सुन्छिन्, 'मुन्नी बदनाम हुई डार्लिङ तेरे लिए' । तर, मनमनै गीत गुनगुनाउँदै सिँढी उक्लिन्छिन्, 'जिन्दगीले यसरी धोका दियो कि भाग्य आफ्नो बुझ्नै सकिनँ...।' उनी भन्छिन्, 'यो भर्‍याङ चढ्दा मैले कहिल्यै पनि खुसीका गीत गाएकी छैन, सधैँ विरहका गीत गाउनुपर्छ । मलाई थाहा छ, एकछिनपछि म मुन्नी बदनाम हुई गीतमा नाच्दै छु, तर सिँढी उक्लदाँ किन-किन जिन्दगीले धोका दिएको गीतको नै याद बढी आउँछ ।'

कवितालाई १५ वर्षकी हुँदासम्म काठमाडौंको एउटा बारमा नाच्छु भन्ने लागेकै थिएन । विद्यालयमा जेहेनदार विद्यार्थीका रूपमा उनको चर्चा हुन थालिसकेको थियो । नहोस् पनि किन, कक्षा आठसम्म उनी कहिल्यै दोस्रो भइनन् । 'त्यतिवेला त सबैले मलाई माया गर्थे,' उनी भन्छिन्, 'माया त अहिले पनि गर्छन्, तर त्यो वेलाको माया र अहिलेको माया, कुन हिसाबमा पो दाँज्न मिल्ला र ?' सिन्धुपाल्चोकको एउटा गाउँमा रमाइरहेको उनको जवानीले उनलाई नै धोका दियो । जब उनका बाबुले दोस्री आमा ल्याए, उनकी आमाले उनलाई पनि छाडेर अरू कसैसँग गइन् ।
त्यसपछि एक्लो भएको उनको जवानीमा साथ दिन आए गाउँकै एक युवक । त्यो युवकले उनलाई प्रपोज गरे, 'काठमाडौं हिँड, म तिमीलाई एउटा जागिर लगाइदिन्छु ।' पढ्दापढ्दैको स्कुल छाडेर उनलाई काठमाडौं आउन पटक्कै मन थिएन तर घरमा बस्ने वातावरण पनि त थिएन । 'त्यसपछि म एक रात त्यो दाइसँग भागेर काठमाडौं आएँ,' उनी विगतलाई सम्भिmन्छिन्, 'तर ती दाइले मलाई राम्रो ठाउँमा जागिर लगाउन सकेनन् ।' सुन्दर अनुहार, छरितो शरिर र बाहिरी मुस्कान लिएर भित्र जति नै पीडा भए पनि एकदिन उनी ठमेलमा हाल काम गरिरहेको बारमा पुगिन् । उनको सुन्दरतालाई देखेर बारमा सहजै उनलाई काम दिने निर्णय गरियो ।

'त्यसपछि सुरु भएको मेरो रात्रिजीवन अझै चलिरहेको छ, सायद यही जीवनमा नै अन्त्य हुन्छ होला,' पछाडि बजिरहेको चर्को संगीतलाई कतै पाखा लगाउँदै उनी मनको बह पोख्छिन्, 'पहिलो दिन यहाँ नाच्दा मलाई कुनै फिल्ममा काम गर्ने कलाकारसम्म हुन्छु भन्ने लागेको थियो तर त्यो सपना त आफैँ कता बिलायो-बिलायो ? मलाई नै पत्तो छैन ।' बारमा उनीपछि केही उनकै उमेरका साथी आए । पहिले काम गरिरहेका र नयाँ साथीले उनलाई जीवन बाँच्न यति धेरै सिकाए कि अहिले उनलाई लाग्छ, उनले जीवन पनि पूरै बाँचिसकेकी छिन् । 'आखिर अब के नै बाँकी पो होला र ?' उनी भन्छिन्, 'केही पहिलेसम्म लाग्थ्यो राम्रो पढेर म देशको सेवा गर्नेछु ।' उनको सपना कुनै नयाँ सपना थिएन । अधिकांश नेपाली बालबालिका तथा युवाले भविष्यमा केही गर्छु भन्ने सोच्ने नै गर्छन् । आफ्नो कुनै योग्यताको उपयोग गर्ने उनीहरूमा दृढसंकल्प हुन्छ ।

तर, यो पेसाका लागि योग्यता भनेको उनको मिलेको शरीर नै काफी भयो । उनको सुन्दरता र मीठो बोली यो पेसाका लागि न्यूनतम र अधिकतम दुवै आवश्यक योग्यता साबित भयो । 'यहाँ काम गरेर आधा जिन्दगी त बाँचियो तर अब के हुने होला ?' उनी भन्छिन्, 'सोच्दा पनि मन जिरिंग हुन्छ । मलाई मेरो जिन्दगी नै कता जाँदै छ भन्ने थाहा छैन ।' त्यसो त उनी काठमाडौं आएदेखि नै एकपटक पनि गाउँ फर्केकी छैनन् । 'यो चुरोटको धुवाँले सबै बिर्साउन थालेको छ,' एक सर्को सूर्य चुरोट तान्दै उनी भन्छिन्, 'आजभोलि हरेक रात मात्तिन थालेको छु, जिन्दगीदेखि जिन्दगी आत्तिन थालेको छ...।' उनलाई यसरी मात्तिएको एकदमै मन पर्छ रे । हरेक रात उनी तीन गीतमा नाच्छिन् । अन्तिम गीतमा नाच्दा त उनलाई कसरी नाचिएको छ, थाहा नै हुँदैन, रक्सीको नशाले । 'पिउन पनि कम पिइँदैन,' उनी भन्छिन्, 'यही रक्सीको मातले मेरो जिन्दगीलाई चाँडै बिदा गरिदिए हुन्थ्यो जस्तो लाग्छ ।'

उनलाई यो संसारमा लामो समय बाँच्न मन पनि छैन । 'केही वर्ष अगाडिसम्म थियो,' उनी भन्छिन्, 'त्यो वेला लामो समय बाँचँुला र जिन्दगीमा केही काम गरुँला भन्ने लागेको थियो, त्यसैले केही पैसा कमाउने सोचमा पनि थिएँ, अलिअलि त बचाएकी पनि थिएँ । तर, अहिले एक सुको कतै राखेको पनि छैन ।' आखिर दैनिक जीवन चलिरहेको छ भने किन पैसाको खाँचो पर्ला र भन्ने उनलाई लाग्न थालेको छ । उनको यो जीवनबाट बाहिर आएर समाजमा यही पेसामा लाग्ने दिदीबहिनीका लागि केही नयाँ काम गर्ने सोच त्यतिवेला तुहियो जतिवेला उनले आफू एड्सको संक्रमित भएको थाहा पाइन् ।

'त्यो दिन सम्झन पनि चाहन्नँ,' उनी भन्छिन्, 'केही नयाँ गरौँला भनेर एक भारतीयले मलाई प्रस्ताव गरेकाले उनीसँग एकरात बिताएँ । बिहान उनले दिएको पैसाको बिटो पनि लिएर बाटो लागेँ । तर, एक वर्षपछि रगत परीक्षण गर्दा मलाई थाहा भयो, मलाई त एड्स लागेको रहेछ ।' केवल त्यही एउटा रात उनको जीवनलाई नयाँ मोड दिन काफी भयो । जब उनलाई एड्स लागेको थाहा भयो, त्यसपछि उनको केही भए पनि जागेको जोस आफैँ सेलाउँदै गयो । 'छिट्टै केही गर्नुपर्छ भन्ने लागेर मैले एक लाखजति जम्मा पनि गरिसकेकी थिएँ तर पछि मलाई किन पैसा चाहियो र भन्ने सोच्दै गएँ, अहिले त एक कौडी पनि छैन मसँग,' उनी भन्छिन् ।

आफूलाई एड्स लागेको दिनदेखि उनलाई प्रत्येक दिन निरस लाग्दै गएका छन् । वेलावेलामा त उनी आत्महत्या गर्ने सोच पनि बनाउँछिन् तर त्यही कुरा भने लामो समय उनको दिमागमा रहन पाउँदैन । किनकि, जब उनलाई आत्महत्याबारे सोच आउँछ, तब उनी एउटा चुरोट झिकेर सल्काउन थालिहाल्छिन् ।

अफसोस गर्नुपर्ने कुरा उनीसँग धेरै छन् । गाउँबाट भागेको केही महिनामा उनका बाबु उनलाई लिन आएका थिए, उनी फर्किइनन् । एकजना सुन्दर र धनी युवाले बिहेको प्रस्ताव राखेका थिए, उनले इन्कार गरिदिइन् । डान्सबारमा काम गर्न थालेपछि उनलाई एकजना मानिसले सामान्य होटेलमा काम गर्न हिँड भनेका थिए, पैसा कम हुन्छ भनेर उनले त्यो कुरालाई नसुनेजस्तो गरिदिइन् । एक विधुर पुरुषले उनलाई श्रीमती हुने प्रपोज गरेका थिए, उनले हाँसेर नै उडाइन् । तर, जब उनले केही पैसा कमाउने सोच बनाएर एक भारतीयको प्रपोज मानेकी थिइन्, उनको जिन्दगी नै बढो अप्ठ्यारोमा पर्‍यो । उनको एउटै ठूलो सहमतिले उनलाई एड्स सारिदियो ।
तर, सबैभन्दा महत्त्वपूर्ण त उनले अरू दुई जनालाई एड्स सारिदिइन् । यो कुरा उनी भन्न नै चाहन्नन् । 'मन भएर होइन, बाध्यताले हो,' उनी भन्छिन्, 'मैले नमान्दा-नमान्दै दुई युवाले जबर्जस्ती गरे । मैले एड्स सरेको छ दाइ, प्लिजभन्दा उनीहरूले बाहना बनाएको भने । मलाई यो कुराको याद मात्रै आयो भने पनि अत्यन्तै नरमाइलो लाग्छ, दिक्दार लाग्छ ।' तर, जे-जे लागे पनि उनले आफ््नो कमजोरी स्विकारिन् । आजभोलि उनी त्यही भएर कुनै पनि टेबलका ग्राहकसँग लामो समय बस्दिनन् । 'बढी सामिप्य भयो भने ग्राहक आफँै कर गर्न थाल्छन्,' उनी फेरि गल्ती नदोहोर्‍याउने सोचका साथ भन्छिन्, 'मलाई आफू बिग्रे पनि समाज बिगार्नु छैन ।'
उनका पीडा यतिमा नै भने सीमित छैनन् । दिनहुँ केही केटा उनलाई सताउँछन् । त्यस्तै सास्ती भोग्नुपर्छ उनले पुलिसको पनि । 'अहिले मलाई हेर्दा बाहिरबाट तपाईं जति सुन्दर देख्नुहुन्छ, त्यति नै सुन्दर मेरो जीवन पनि भएको भए, क्या रमाइलो हुने थियो,' आधी घन्टाको बसाइमा नै पाँचौ चुरोट सल्काउँदै उनी भन्छिन्, 'सोचेजस्तो हुन्न जीवन....'

नगरकोटमा सुपारी युद्ध !

| comments

खाने सुपारी भन्ने बित्तिकै नेपाली समाजमा हामी कुनै शुभ अवसरका लागि आएको निम्ता भन्ने बुझ्छौं । तर अहिले नगरकोटमा त्यही सुपारीलाई भिडन्तको रुपमा देखाउन खोजिएको छ।
जारी रहेको सुटिङमा चलचित्र 'सुपारी' एउटा रिभेन्ज एक्सन फिल्मको रुपमा देखाइएको छ । शिब घिमिरेको निर्देशनमा बन्न लागेको सो फिल्ममा गजित बिष्ट र झरना थापा मुख्य भुमिकामा रहनेछन् । भने करियोग्राफर कविराज गहतराजले नयाँ कलाकार सपना केसी, शरण डंगोल र विकेश शाहीलाई नगरकोटमा नचाई रहेका छन् ।

 निर्देशक घिमिरेअकै कथामा बन्न लागेको सो फिल्मलाई हेराकुमारी शाहीले निर्माण गर्दैछिन् । राजेन्द्र श्रेष्ठ र सूर्य किरणको संगीत रहेको सो फिल्मलाई महेन्द्र थापाले खिचिरहेका छन् । फिल्मको सुटिङ काठमाण्डौ उपत्यका, सिन्धुपाल्चोक र चितवनमा गरिने भएको छ ।

"सबैजना नांगै हिँडे अपराध कम हुन्थ्यो"

Wednesday, November 21, 2012 | comments


'मेरो बिर्सने बानी छ,' गायक योगेश्वर अमात्य विगतका स्मृति कोट्याउन खोज्दा भन्दै थिए, 'त्यसैले धीत मरुन्जेल पिट्न मन लागेको व्यक्तिलाई पनि दुई/चार दिनमै बियर अफर गरिरहेको हुन्छु ।' उनले लामै समय लगाएरै केही घटना मात्र सम्भिmए । जीवनमा गरिएका लफडा र खुसीका क्षण सम्भिmँदै भने, 'ममा इख पनि छैन, रिस पनि छैन । झन् झगडा साम्य पार्ने त मेरो स्पेसियालिटी नै हो ।' अहिले पनि झगडा परेको देख्नेबित्तिकै उनी गाडीबाट ओर्लन्छन् र झगडा मिलाइदिएर हिँड्छन् । तैपनि घटनाबारे बताइरहँदा उनी निराश देखिन्थे र भन्थे, 'टुरिस्ट बनेर विदेश जाँदा बढी अधिकार पाउँछुजस्तो लाग्छ, जुन म मेरै देशमा पाउँदिनँ ।' उनले सम्भिmएका केही घटना उनकै शब्दमा :
एक किक हान्दा चार घन्टा यातना
२०४३ सालमा म अमेरिकामा बिबिए पढ्थेँ । बिदामा घर आएको थिएँ । त्यतिखेर कानमा टप लगाउँथेँ, हेयर स्टाइल मेक्सिकन साथीले मयुरको जस्तै बनाइदिएको थियो । हाम्रो अमेरिकन जिप थियो, त्यसको छाना झिकेर खुला नै कुदाउँथेँ । तेक्वान्दोमा अमेरिकाबाट ब्ल्याकबेल्ट लिएको थिएँ, नेपालमा मेघदूत बक्सिङ क्लबको नाममा दैनिक तीन सयभन्दा बढीलाई तेक्वान्दो पनि काउँथेँ ।
एक दिन बिहानै मेरी बजैलाई टेम्पो ड्राइभरले झर्नुपर्ने ठाउँभन्दा अलि परै रोकेछ । अनि फिर्ता दिनुपर्ने ७५ पैसा नदिएर उल्टै लफडा गरेछ । त्यो देखेर छिमेकी किरण प्याकुरेलले 'बूढी आमैलाई पनि ठग्ने हो, फिर्ता पैसा खुरुक्क देऊ न' भनेर ड्राइभरलाई हप्कीदप्की गरेछ । ड्राइभरले त उल्टै किरण भाइलाई एक मुक्का बजाएछ । त्यति नै वेला म जिपमा त्यहीँ आइपुगेँ । ड्राइभरको त्यो हर्कत सुनेपछि मेरो कन्पारो तात्यो, कस्सेर एक किक हानेको ड्राइभर त पर्लक्कै ढल्यो । त्यसपछि घर गएँ । 
मध्याह्न १२ बजेतिर म क्लबमा तेक्वान्दो प्राक्टिस गर्दै थिएँ, एक्कासि १५/१६ जनाको हुल आएर 'तपाईंलाई इन्सपेक्टर सा'पले बोलाउनुभएको छ, हिँड्नुपर्‍यो' भने । उनीहरू सादा पोसाकमा थिए । 'तपाईंहरू प्रहरी भनेर मैले कसरी मान्ने' भनेपछि उनीहरूले आफ्नो परिचयपत्र देखाए । किन बोलाए, हेक्का थिएन । कालिमाटीका इन्सपेक्टरहरू प्रायः मेरो क्लबमा आइरहन्थे, उनीहरूसँग सम्बन्ध पनि राम्रो नै बन्थ्यो । केही कामका लागि बोलाएको होला भन्ठानी म चौकी पुगेँ । चौकीमा पुगेपछि देखेँ- त्यो ड्राइभर इन्सपेक्टरसामु रुँदै थियो । 'म बालबच्चा भएको मान्छे, त्यत्तिकै मलाई पिट्यो,' भन्दै थियो ।
ट्रयाक सुटमा चौकी पुगेको थिएँ । इन्सपेक्टर पनि बडी बिल्डर थियो, मलाई पहिलेदेखि नै वाच गरेको रहेछ । उसले मेरो अन्डरवेयरबाहेक सबै कपडा खोलिदियो र घोप्टो पारेर बाँसमा हातखुट्टा बाँधिदियो । 'तँ नेपालमा छानाविनाको जिप कुदाउने, मयुरको जस्तो कपाल बनाउने' भन्दै पिट्न थाल्यो । 'मेरो गल्ती नै छैन, पहिला हातपात गर्ने त्यही ड्राइभर हो,' मात्रै भनेको थिएँ, झन् बेस्सरी पिट्यो । 'अमेरिकामा त यस्तो हुँदैनथ्यो,' भनेँ । 'त्यसो भए तेरो हातखुट्टा भाँचिदिन्छु, अमेरिकामा नै गएर उपचार गर् है त' भन्दै पिटिहाल्थ्यो । मलाई त भियतनाममा छु कि जस्तो लाग्यो, त्यतिवेला मलाई भियतनाममा 'वार' फिल्मको सुटिङ गरिरहेको अनुभूति पो भयो । 'कालीमाटीमा दुईवटा साँढे बस्न मिल्दैन, बुझिस्,' भन्दै लगातार चार घन्टा धुलाइ गरेपछि मात्रै उसले मलाई छाड्यो । 

धर्मराज थापाको म्वाइँ 

वसन्तपुरको शिव-पार्वती मन्दिर जीर्णोद्धारका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ठूलो सांगीतिक कार्यक्रम आयोजना भएको थियो । त्यहाँ बूढादेखि बच्चासम्म सबै गायक उपस्थित थिए, तर गायकको सूचीमा मेरो नाम थिएन । त्यतिवेला मेरो 'करैकरले' एल्बम मात्रै निस्किएको थियो । ओमविक्रम विष्टले 'तिमीले पनि गाउनुपर्छ' भनेपछि म गएको थिएँ । 
मेरो प्रस्तुति सकिएपछि धर्मराज थापाले 'तपाईं भनननन घुमेर गाउनुहुने रहेछ, मलाई एकदमै रमाइलो लाग्यो, भूपि शेरचनले मेरो गीत मन पराएर मलाई म्वाइँ खानुभएको थियो, त्यो म्वाइँ म तपाईंलाई फर्काउँदै छु' भनेर म्वाइँ खानुभयो । र, मेरो फोटो पनि माग्नुभयो । धर्मराज थापाजस्ता वरिष्ठ स्रष्टाको त्यो सम्मान मेरो जीवनभरकै सबैभन्दा ठूलो उपलब्धि ठान्छु । 'तिम्रोबारे गोर्खापत्रमा लेख लेख्दै छु, फोटो दिनुपर्‍यो' भन्दै उहाँले मलाई धेरैचोटि फोन गर्नुभयो । मलाई पनि एकदमै 'दिउ“m-दिऊँ' लागेको थियो । तर, त्यतिवेला चर्चामा आइएला, अरूले योगेश्वरले आफ्नो चर्चा गर्न लगायो भन्लान् भन्ने सोचेँ । धेरैचोटि माग्दासमेत फोटो दिइनँ । त्यतिवेला फोटो नदिएकोमा अहिलेचाहिँ पछुतो लाग्छ ।

स्कुलबाट रेस्टिकेटमा बारबार बचियो
मैले दार्जिलिङको नर्थ प्वाइन्ट स्कुलमा पढेको हुँ । स्कुल पढ्दा तीनजना मिल्ने साथी थियौँ । नौ कक्षाको अन्त्यतिर कसैले स्कुलको भित्तामा मसीको सिसी फुटाएछ र त्यो काण्डमा हामी तीनजनाको नाम मुछियो । स्कुलले 'यु प्रोमोटेड टु क्लास टेन बट यु आर रेस्टिकेटेड' भन्दै हामी तीनैजनाको हातमा चिठी थमाइदियो । घरमा बाबाको पनि गाली खाइयो, तर वास्तविकता बताएपछि बाबाहरू मिलेर स्कुलमा कुरा गर्नुभयो, हामीलाई स्कुलबाट निकालिएन ।
हाम्रो कक्षामा नेपाली जम्मा दुईजना मात्रै थियौँ । धेरैजसो बंगाली, केही चिनियाँ र भुटानी थिए । हामीभन्दा एक क्लास जुनियर कम्फु/सम्फु सिकेको चाइनिज केटो थियो, ऊ आफूलाई ब्रुस्ली नै सम्झन्थ्यो । एक दिन उसले बिहारको एकजना फुच्चे ठाकुर केटालाई कुटेछ । हामी स्कुलमै फिल्म हेरिरहेका थियौँ, फिल्म हेरेकै ठाउँमा आएर ठाकुरले रुँदै मसँग सहयोग माग्यो । त्यतिखेर मैले ७५ भारुमा भुटानी आर्मी अफिसरको बेल्ट किनेको थिएँ । त्यो ठाकुर फुच्चे रोएको देख्दा मैले आफूलाई नियन्त्रण नै गर्न सकिनँ । सरासर गएर त्यो चाइनिजलाई बेल्ट नै बेल्टले बजाएँ । बेल्ट बाक्लो थियो, रिसको झोकमा कति कुटेँ, हेक्कै भएन ।
त्यो घटनापछि मलाई स्कुलले फेरि 'रेस्टिकेट' गर्न लागेको रहेछ । त्यो हल्ला सुनेपछि सिनियर बंगाली र भुटानी साथीहरूले स्कुल हेडलाई भेटे । उनीहरूले 'चाइनिज केटाले ठाकुरलाई पिटेपछि प्रतिकार मात्रै गरेको हो, योगेश्वरको गल्ती छैन,' भनेपछि मलाई पुनः स्कुलबाट निकालिएन । 
अरूलाई बोतल, मलाई वान्स मोर
राष्ट्रिय सभागृहमा सांगीतिक कार्यक्रम थियो, सुकबहादुर सोनाम दाइले गाउन बोलाउनुभएको थियो । तर, मेरो आफ्नै गीत रेकर्ड थिएन, नेपाली लोक र राष्ट्रिय गीतलाई पप र रकमा ढालेर गाउँथेँ । रोदी ब्यान्डले बजाइरहेको थियो, रोदी ब्यान्डसँग मैले पहिले नै गाइसकेको थिएँ । स्टेजमा सुकमित गुरुङ गाउँदै थिइन्, मलाई भने त्यहाँ गाउन मन लागेन । ब्याकस्टेजमा पुगिसकेको थिएँ, एक्कासि स्टेजबाट मेरो नाम उद्घोष भयो । सुकबहादुर दाइले पनि धकेलेर मलाई स्टेजमा पुर्‍याइदिनुभयो, मैले गाएँ । 'आकाशैमा चिल उड्यो धरतीमा छाया' गीत गाउँदा दर्शकबाट हुटिङका हुटिङ आयो, 'वान्स मोर'को आवाज घन्किरहेको थियो । 
गीत गाइसकेर ब्याकस्टेज आइसकेपछि थाहा पाएँ, मभन्दा अघि जति पनि गायक/गायिका गए, उनीहरूलाई बोतलहरू फ्याँकेर, अन्य चिजले हिर्काएर स्टेजमा टिक्नै दिएका रहेनछन् । तर, मेरो प्रस्तुतिभरि कुनै त्यस्तो हर्कत भएन ।

नांगै बस्न मन लाग्छ, बसियो पनि
मलाई शिक्षा दिन एकदमै मन लाग्छ, भनेरभन्दा पनि गरेर । अझ म सबैजना नांगै हिँड्नुपर्छ, त्यसो भए अपराध कम हुन्छ, शरीरको बारेमा लाज र चासो लाग्दैन भन्ने सोच्छु । अहिले पहिरनमा धेरै नै खर्च हुन्छ, सबै नांगै हिँडे, त्यो पनि बचत हुन्छ । तैपनि, कुनै चिज किन लुकाउनुपर्छ ? चोरले पो लुकेर र लुकाएर हिँड्छ । धेरैजसो महान् व्यक्ति पनि त्यसरी नै हिँडेको देखेको/सुनेको छु । त्यसैले म पहिरनमा कहिल्यै ध्यान दिन्नँ, हाफ पाइन्ट र सामान्य टिसर्टमै हिँड्छु ।
१५ वर्षको उमेरदेखि नै म एनआरटी क्लबमा आबद्ध छु । एनआरटी क्लबले बर्सेनि पिकनिक कार्यक्रम गथ्र्यो । एनआरटीको पिकनिक कार्यक्रम दोलालघाटमा थियो, त्यसवेला मैले पिकनिकका आधाभन्दा बढी साथीलाई नांगै पौडी खेल्न लगाएँ । धेरैबेरसम्म रमाउँदै नांगै पौडी खेलियो ।
एक दिन दिउँसै हेटौँडाको राप्ती खोलामा साथी विनय रञ्जित र म नांगै करिब एक घन्टासम्म जिप धोएर बस्यौँ । हामी नांगिएको सयौँ व्यक्तिले हेरिरहेका थिए, तर हामीनजिक उनीहरू पनि आउन सकेका थिएनन् । त्यति धेरै व्यक्तिले हामी नांगिएको हेरिरहँदा पनि हामी पटक्कै लजाएनौँ ।

पाँच मिनेट ढिलो पुग्दा "गेट-आउट"
अमेरिका पढ्दा मैले एन्थ्रोपोलोजीको पनि क्लास लिइरहेको थिएँ । एन्थ्रोपोलोजीका लेक्चरर विदेशी विद्यार्थीलाई अलि हेप्न खोज्थ्यो, विशेष गरी केटालाई । केटीप्रति भने ऊ नम्र नै थियो । एक दिन म क्लासमा पाँच मिनेट ढिलो भएँ । त्यही दिन मात्रै म ढिलो पुगेको थिएँ, मलाई त 'गेट-आउट' पो भन्यो, केटीहरू खाजा खाएर बिस्तारै आए पनि केही भन्दैनथ्यो । मैले तत्कालै प्रतिकार गरेँ, फेरि 'गेट-आउट' भन्यो । 'बाहिर जानैपर्‍यो भने पहिला सेक्युरिटी गार्ड बोलाएर ल्याउँछु अनि मात्रै जान्छु,' मैले भनेँ, 'फि तिरेर पढेको हुँ, तपाईंले भन्दैमा म किन जानेँ ?' त्यसपछि उसले मलाई कर गरेन ।
त्यो लेक्चररको बानी मलाई पटक्कै चित्त बुझेको थिएन । त्यसका विरुद्धमा पर्चा/पम्प्लेट बनाएर बाँड्छु भन्ने सोच्दै कलेज हेडकहाँ गएँ । कलेज हेडले 'झन् मैले दसौँ वर्षदेखि कसरी सहेर बसेको हुँला' भन्दै उल्टै मलाई प्रश्न गरेपछि म चित्त बुझाएर निस्किएँ ।

नेवारबाटै असहयोग
छोरी पढ्न विदेश जाँदै थिइन्, स्वीकृति पत्र लिन म शिक्षा मन्त्रालय पुगेको थिएँ । सबै प्रक्रिया पूरा भइसकेको थियो, तर एकजना श्रेष्ठ थरका कर्मचारीले भने स्वीकृति-पत्र पि्रन्ट दिन आलटाल गरे । मैले धेरैचोटि छिटो गरिदिन अनुरोध गरेँ, तर उनी 'तपाईं गायक भएर के भो, वेला भएपछि दिइहाल्छु नि' भन्दै उल्टै मसँग जंगिए । 'मैले तपाईंलाई म गायक हुँ भनेकै छैन, त्यो त मेरो अधिकारको कुरा हो, खुरुक्क दिनुस् न' भनेँ । उनले नटेरेपछि म उनको हाकिमकहाँ गएँ । हाकिमले फोनबाट आदेश दिए, उनले फोनमा आदेश माने । तल झर्छु त उनी हिँडिसकेका थिए । भोलिपल्ट पनि उनले त्यस्तै व्यवहार देखाए । अति भएपछि मैले धम्कीपूर्ण भाषामा भनेँ, 'पाँच मिनेटभित्र मेरो काम गर्नुभएन भने म कि जनअदालत जान्छु, किचाहिँ पत्रकारकहाँ जान्छु ।' त्यसपछि भने उनले मेरो काम गरिदिए ।
केही वर्षपछि फेरि छोराको सिफारिस-पत्र लिन श्रम मन्त्रालय पुगेँ, तिनै श्रेष्ठ थिए । फेरि पनि उनले मेरो काममा आलटाल गरे । उनकै छेउमा बसेको तराईमूलका कर्मचारीले 'उहाँको काम यति त हो नि' भन्दै पि्रन्ट दिए । एउटा तराईमूलका मान्छेले मलाई सहयोग गरे, तर उनी त काठमाडौंका नेवार थिए, म पनि काठमाडौं कै नेवार हुँ । किन त्यस्तो व्यवहार देखाए कुन्नि Û

ढाडमा निस्कियो तेस्रो हात !

| comments

चीनको एक अस्पतालमा डाक्टरहरु त्यतिबेला अचम्ममा परे, जब एक ११ वर्षीया स्कुलले बालिकालाई अस्पताल भर्ना गरियो । उनी सामान्य बिरामी थिइनन् । मेडिकल साइन्सको इतिहासमा अनौठो घटना लिएर आएकी थिइन ती बालिका । उनको पिठ्युँमा तेस्रो हात पलाएको थियो । २ बटा मात्र औंला रहेको हातसँगै साथमा अबिकशित छाति जस्तो देखिने अंग पनि थियो ।

उपचारमा संलग्न चिकित्सकहरुका अनुसार आमाको पेटमा हुर्किएका जुम्ल्याहा मध्ये एक अविकसित भ्रुण बिकशित भ्रुणमा टाँसिएको हुनसक्छ । बेइजिङस्थित आम्र्ड पुलिस फोर्सको जनरल अस्पतालका प्रोफेसर बाओगान पेंगले यो अनौठो केशलाई विश्वसामू ल्याएका छन् । यसका लागि उनले एक बेलायती जर्नलको साथ लिए । त्यहाँ उनले यो अनौंठो मेडिकल केसको बारेमा उल्लेख गरेका छन् । उनका अनुसार यस्तो घटना ५० लाख मानिसमा एकमात्र देखिने गरेको छ ।

भिडियो खबर तथा जानकारी

पेट मिचिमिची हास्नुहोस !!

हेर्नुहोस नेपाली ओम सान्ति ओम कमेडी भिडियो

Om Shanti Om - Parody (Nepali)