मुम्वईमा आतंकवादी हमलाको चार वर्ष पूरा (फोटो फिचर)

Monday, November 26, 2012 | comments

११ मंसिर, एजेन्सी । भारतको मुख्य शहर मुम्वईमा आतंकवादी हमला भएको आज चार वर्ष पूरा भएको छ । सन् २००८ को नोभेम्बर २६ तारिखका दिन भएको मुम्बई हमलाबाट १ सय ६६ जनाको ज्यान गएको आज चार वर्ष पूरा भएको हो ।
मुम्वई हमलामा संलग्न एकमात्र जिवित अभियुक्त अजमल कसावलाई केही दिन अघिमात्र  फासी दिइसकेको अवस्थामा सम्भावित थप आक्रमणलाई ध्यानमा राखी मुम्वई सहित मुलुकको मुख्य शहरहरुमा आज सुरक्षा व्यवस्था थप कडा बनाइएको भारतीय गृह मन्त्रालयले जनाएको छ ।























कसावलाई फाँसी दिएपछि तालीवानी विद्रोहीले भारतमा जुनसुकै बेला पनि आतंकादी हमला गर्ने सकिने धम्की दिएपछि नै कडा बनाइएको सुरक्षा व्षबस्था आज थप कडा बनाइएको हो ।

आक्रमणका जिवित एक कसावलाई केही दिन अघि झुण्ड्याइएर फाँसी दिएको थियो । यस्तै आतंकवादी हमला, तथा यसबाट ज्यान गुमाउनेहरुको सम्झानामा भारतमा विभिन्न कार्यक्रम गरि मनाइने स्थानीय मन्त्रालयहरुले जनाएका छन ।







Share this article :

Post a Comment

भिडियो खबर तथा जानकारी

पेट मिचिमिची हास्नुहोस !!

हेर्नुहोस नेपाली ओम सान्ति ओम कमेडी भिडियो

Om Shanti Om - Parody (Nepali)