कलंकी-नौबिसे खण्डमा यातायात अवरुद्ध, हजारौं यात्रुलाई सास्ती
Saturday, October 20, 2012 | comments
काठमाडौं, कात्तिक ४- कलङ्कीदेखि धादिङ नौबिसेसम्मको सडक खण्डका विभिन्न पाँच स्थानमा सवारीसाधन बिग्रिएर ती क्षेत्रमा यातायात सञ्चालनमा अवरोध उत्पन्न भएको छ। यातायात अवरुद्ध हुँदा दशैँ मनाउन बाहिरिएका हजारौं यात्रुले सास्ति पाएका छन्।
सतुङ्गल, चेकपोष्ट, नागढुङ्गालगायतक ा स्थानमा सार्वजनिक यातायात सडकमै बिग्रिएकाकारण यातायात अवरुद्ध भएको महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले जानकारी दिएको छ।
प्रहरीले यातायात सुचारु गराउन प्रयत्न गरिराखेको प्रभागका प्रहरी सहायक निरीक्षक इन्द्र थामीले बताए। आज बिहानमात्र करिब ५० हजारभन्दा बढी यात्रुले नागढुङ्गा काटेको उनले जानकारी दिएका छन्। रासस
भिडियो खबर तथा जानकारी
पेट मिचिमिची हास्नुहोस !!
हेर्नुहोस नेपाली ओम सान्ति ओम कमेडी भिडियो
Om Shanti Om - Parody (Nepali)


Post a Comment