एक समय नेपाली सिने बजारमा चलचित्र ए.टि.एमको प्रोमोले निकै सनसनी मच्चाएको थियो । जसका कारण यसका निर्माता तथा कलाकार दिनेश थापाले अनुहार नै छोपेर हिँड्नुपरेको थियो ।
त्यस्तै ए.टि.एम चलचित्रकै कारण नायिका जिया केसी सर्वाधिक आलोचनाकी पात्र बनेकी थिइन् । अहिले यस्तै भएको छ निर्देशक यादव सिलवाललाई ।
ए.टि.एम निर्देशन गरेपछि निकै विवादमा फसेका यादवले वेश्या पुरुषहरुको कथामा आधारित चलचित्र 'जिगिलो' पनि निर्देशन गरेको खुलासा भएको छ । चलचित्रको शुभमुहूर्तमा सञ्चारकर्मीहरुलाई झुटो समाचार दिएर जिगिलोको निर्देशन तिलक नेवाले गर्ने भनिएपनि यादव नै यसको निर्देशक भएको खुलासा भएको छ ।
छायांकन सुरु भएपछि ए.टि.एमकै नायिका जिया केसीलाई पनि सिनेमा भित्र सुटुक्क अनुवन्धित गराइएको थियो । अहिले जिगिलोको सम्पूर्ण छायांकन सकिएको छ । नायिका केसीले एक अनलाईन मिडियालाई बताए अनुसार उनले ए.टि.एममा भन्दा पनि निकै उत्तेजक दृश्य जिगिलोमा दिएकी छिन् । जसमा उनी पुरुषहरुलाई भाडामा सेक्स चाहना पूरा गर्ने भूमिकामा छिन् । जिगिलो प्रभावकर श्रेष्ठले निर्माण गरेका हुन् ।



Post a Comment