गायक सोनु र अभिनेता संजय दत्तको घरमा छापा

Sunday, December 9, 2012 | comments

बलिउडका चर्चित अभिनेता संजय दत्त र गायक सोनु निगमको घरमा भारतीय आयकर विभागले छापा मारेको छ । भारतीय आयकर विभागले शुक्रबारको दिन अभिनेता संजय र गायक सोनुको घरमा छापा मारेपनि खबर भने आजमात्रै सार्वजनिक भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

समाचारका अनुसार विभागले संजय र सोनुलाई लामो बयान समेत लिएको छ । तर, यो कुराको बारेमा संयज र सोनुले भने केही नबताएको जनाइएको छ । संजय दत्त बलिउड अभिनेता हुन् भने राजनीतिक परिवारसँग पनि सम्बन्ध जोडिएका व्यक्ति हुन् । उनले एक फिल्म खेलेको करोड बढी रकम दिने गरेका छन् ।

त्यस्तै सोनु निगम भारतका एक चर्चित गायक त हुँदै हुन् । साथै उनी बलिउडमा सबैभन्दा बढी पैसा कमाउने गायकहरु मध्येमा पनि पर्ने गर्छन् । उनी कन्सर्टका लागि भारत बाहिरका मुलुकमा पनि अधिक जानेमा पर्छन् ।

बलिउडका चर्चित कलाकारका घरमा भारतीय आयकर विभागले छापा मारेको यो पहिलो घटना भने होइन । यसअघि विगत डेढ वर्षअघि नायिकाहरु कैटरिना कैफ र प्रियंका चोपडाको घरमा पनि त्यहाँको आयकर विभागले छापा मारेको थियो ।
Share this article :

Post a Comment

भिडियो खबर तथा जानकारी

पेट मिचिमिची हास्नुहोस !!

हेर्नुहोस नेपाली ओम सान्ति ओम कमेडी भिडियो

Om Shanti Om - Parody (Nepali)