मलेसियामा मृत्युदण्ड सुनाइएका घले परिवारलाई आर्थिक सहयोग
२४ कार्तिक, नुवाकोट । मलेसियाको जेलमा मृत्युदण्डको सजाय सुनाइएका वर्सुन्चेतका हरिबहादुर घलेकी छोरी झरनाको शैक्षिक कार्यकालागि मलेसियामा रहेका नेपालीले आर्थिक सहयोग प्रदान गरेका छन् ।
९ वर्षअघि लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा पक्राउपरी अहिले मृत्युदण्डको सजाय सुनाइएका हरिबहादुरकी एकमात्र छोरी झरनाको शिक्षामा सहयोग पु¥याउन मलेसियामा काम गर्ने नेपालीले रु ६२ हजार २ सय ३५ सङ्कलन गरी पठाएको हरिबहादुरका भाइ टेकबहादुरले जानकारी दिए ।
मलेसियाको बाघसार भिलेज कम्पनीमा कार्यरत गोविन्दप्रसाद रिजालको अगुवाइमा सोही कम्पनीमा कार्यरत नेपालीले उक्त रकम सहयोग प्रदान गरेका हुन् । उक्त रकम दुई दिनअघि नेपाल आइपुगेको हो ।
त्रिशूलीस्थित त्रिशूली सामुदायिक बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत झरनाको नाममा बैंकमा खाता नै सञ्चालन भए पनि अरू रकमसमेत सङ्कलन गरेर पठाइने जानकारीसमेत आएको टेकबहादुरले बताए ।
मृत्युदण्डको फैसलापछि विदेशमा रहेका नेपालीले हरिबहादुरको परिवारलाई सहयोग गरेका हुन् । नेपाल सरकारले मृत्युदण्ड रोक्नका लागि प्रभावकारी पहल नगरेको भन्दै मलेसियामा रहेका नेपालीले आक्रोश व्यक्त गरेको समेत बताइएको छ ।
नेपाल सरकारले मृत्युदण्ड रोक्नका लागि मलेसिया सरकारलाई लेखेको पत्र त्यहाँको संसद्मा पेस भएपछि त्यहाँका राजाले माफी दिएमा मात्र हरिबहादुर ज्यान बच्नेछ । अन्यथा त्यहाँको सर्वोच्च अदालतले अन्तिम फैसला गसिरसकेकाले हरिबहादुरलाई राजाले माफी नदिएमा मृत्युदण्ड पाउने निश्चित भएको बताइएको छ ।

Post a Comment