सुनसरी जेल ब्रेक प्रकरण, संलग्न ४६ प्रहरी निलम्बन

Friday, November 9, 2012 | comments

२४ कार्तिक, सुनसरी । सुनसरीको झुम्का स्थित क्षेत्रीय कारागारबाट योजनाबद्ध ढंगबाट कैदी फरार भएको घटनाको छानविन गर्न कारागार विभाग र नेपाल प्रहरीको छुट्टाछुट्टै टोलि गठन भएको छ ।

कारागारको सुरक्षार्थ खटिएका सवै प्रहरीलाई निलम्वन गरि     घटनाको अनुसन्धान प्रारम्भ गरिएको हो । घटनाको छानविन गर्न केन्द्रीय कारागार विभागका महानिदेशक शम्भु कोइरालाको संयोगकत्वमा छानवीन समित गठन गरिएको छ । त्यस्तै नेपाल प्रहरीको तर्फबाट कोशी अञ्चल प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक रमेश फुयलको नेतृत्वमा ५ सदस्यीय टोलि गठन गरिएको छ । टोलिमा सुनसरी जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक शौरभ राणा, क्षेत्रिय प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक किशोर दाहाल, जिल्लाको प्रहरी निरिक्ष्क खड्ग पौडेल र प्रहरी नायव निरिक्षक गजेन्द्र रायमाझी रहेका छन् ।

क्षेत्रिय कारागारको सुरक्षाका लागि खटिएका ४६ जना प्रहरीको टोलि मध्ये प्रहरी निरिक्षक इश्वर बस्नेतलाई निलम्वनका लागि गृहमन्त्रालय, प्रहरी नयाव निरिक्षक जीतबहादुर केसीलार्य प्रहरी प्रधान कार्यालय, असईहरु सम्मान श्रेष्ठ, मान बहादुर श्रेष्ठ र रामानन्द यादब लाई क्षेत्रिय प्रहरी कार्यालय र बाकि १० हवल्दार र ३० प्रहरी जवानलाई भने जिल्ला प्रहरी कार्यालय सुनसरीले निलम्वन गरिसकेको छ । यस्तै जेलर रामुप्रसाद उपाध्यायलाई पनि निलम्बन गरेको छ ।
कारागारको सुरक्षा र डिउटीमा रहेका कारण उनीहरुको लापरबाहि देखिएकाले निलम्बन गरीएको सुनसरीका प्रहरी प्रमुख शौरभ राणाले जानकारी दिए । प्रहरीले कारागारको सुरक्षामा रहेका सबै प्रहरी नै हेरफेर गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरिक्षक शैलेश थापाको नेतृत्वमा १८ र सीमा सुरक्षा बल रानीबाट ३० जना प्रहरीलाई कारागारको सुरक्षा जिम्मा दिईएको छ ।

तीनचार महिना भन्दा बढी समय अघि देखि योजनाबद्ध ढंगबाट सुरुगं खनी कैदी फरार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । इन्टरपोलका एक, भारतीय मोस्ट वान्डेटका दुई सहित ११ जना कैदी र एक जना बन्दि सुनसरीको झुम्कास्थित पुर्वाञ्चल क्षेत्रीय कारागारबाट गएराती फरार भएका थिए । कारागार भित्रै ८० फिटको सुरुङ खनेर उनीहरु फरार भएको कारागारका आजै निलम्बित भएका जेलर रामुप्रसाद उपाध्यायले जानकारी दिए । फरार हुनेहरुमा एक बंगलादेशी, पाँच नेपाली र सात भारतीय कुख्यात अपराधीहरु रहेका छन् ।

फरार कैदीहरुमा सर्लाहिका फारुक राय भाट, मोरङ बिराटनगरका पनवा चेन्हा भनिने ममताज मिया,सुनसरी हरीपुरका रमेश सदा मुसहर, सुनसरी सतेरझाडाका विनायक कुमार यादब, सुनसरी नरसिंहका रमेश भन्ने रेवन तथा रविन यादब, बंगलादेशी अपराधी अली असरफ अन्सारी, भारतीय कुख्यात अपराधी भारत सुपौलका मुखिया भनिने धिरेन्द्र यादब, सुपौलकै गुडु भनिने बमबम यादब, हरिश्चन्द्र भनिने दिनेश झा, भारत अररियाका जाकिर मिया, भारत खामौतीग्रामका सर्फराज आलम, खमौतीग्राकै सुवासकुमार यादब रहेको कारागार प्रशासनले जनाएको छ ।

आज बिहान कैदी चेकजाचका बेला १२ जना कैदी नदेखिएपछि मात्र प्रहरी र कारागार प्रशासनले कैदी भागेको थाहा पाएका थिए । क्षेत्रीय कारागारको सुरक्षा नेपाल प्रहरीले गर्दै आएको थियो । त्यहाँ प्रहरी निरीक्षक इश्वर बस्नेतको नेतृत्वमा ४७ जना प्रहरी थिए ।

सुनसरीका सवै भारतसंग जोडिएका नाकाहरु शिलवन्धि गरि फरार कैदीहरुको खोजी भइैरहेको सुनसरीका प्रहरी उपरिक्षक राणाले जानकारी दिएका छन् । सुनसरीको जिल्लाको ५ टोलि, अञ्चल र क्षेत्रको छुट्टाछुट्टै टोलिले फरार कैदीहरुको खोजि कार्य गरिरहेको छ । फरार कैदीहरुको खोजी भइरहेको बताएपनि कारागार भएको ठाउँबाट भारतीय सिमा ३० किलोमिटर मात्र दक्षिण रहेकाले उनीहरु राति नै भारतीय क्षेत्रमा पसेको हुनसक्ने प्रहरीको अनुमान छ ।
Share this article :

Post a Comment

भिडियो खबर तथा जानकारी

पेट मिचिमिची हास्नुहोस !!

हेर्नुहोस नेपाली ओम सान्ति ओम कमेडी भिडियो

Om Shanti Om - Parody (Nepali)