११ क्वीन्टल गाँजा सहित तीन जना पक्राउ
नेपालबाट तातोपानी नाका हुँदै चीन लैजान तयार गरिएको झण्डै ११ क्वीन्टल गाँजा सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । यो घटनापछी नेपालबाट चीनतर्फ गाँजा तस्करी भईरहेको खुलासा भएको छ ।
चीन तर्फपनि गाँजा तस्करी हुने गरेको तथ्य खुलेपछि प्रहरीले चीनतर्फपनि यसको संजाल पत्ता लगाउन अनुसन्धान सुरु गरिसकेको प्रहरीको लागु औषध नियन्त्रण कानून कार्यान्वयन ईकाईले जनाएको छ ।
ईकाईका प्रहरी बरिष्ठ उपरिक्षक नवराज सिलवालले चीनतर्फ गाँजा तस्करी गर्ने मुख्य व्यक्ति राजनन्दन साह सहितका व्यक्ति फक्राउ गरेर नेपालभित्र रहेको उनको समुहको संजाल नै तोडेको दाबी गर्नुभयो । प्रहरीले मकवानपुर सरिखेत पलासे ६ का डिलबहादुर मगर, महोत्तरी डाम्हीमडै ९ का उमेश चौधरी र महोत्तरी भटोलिया ८ का राजनन्दन साहलाई १ हजार ८० किलो गाँजा चाल्नाखेलमा पक्राउ गरेको छ ।
Post a Comment