गरिबीका कारण दसैं मनाउन नसक्दा आत्महत्या

Wednesday, October 24, 2012 | comments


रत्ननगर (चितवन) नागरिक, कात्तिक ८-
चितवनको माडीमा गरिबीका कारण दसैँ
मनाउन नसक्दा एक जनाले
आत्महत्या गरेका छन्। बाह्र
बालबालिकाका अभिभावक ५० वर्षीय
धनबहादुर परियारले गरिबीका कारण
आत्महत्या गरेको चितवन प्रहरीले
जनाएको छ। गरिबीले दसैं मान्न
धौधो परेपछि उनले
आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानले
देखाएको इलाका प्रहरी कार्यालय
माडीले जनाएको छ।
माडीका प्रहरी निरीक्षक गोविन्दसिंह
ठकुरीका अनुसार १२
छोराछोरी भएका उनले
दसैंको गर्जो टार्न
नसकेपछि हिजो झुन्डिएर
आत्महत्या गरेका हुन्। उनको शवलाई
परीक्षणका लागि भरतपुर
अस्पतालमा राखिएको प्रहरीले
जनाएको छ। माडीको अयोध्यापुरी घर
भएका स्थानीय गोपाल
परियारका छोरा धनबहादुर मसला पिस्ने
लोहोरो र सिलौटो बनाउने काम
गरी आफ्नो परिवार पाल्दैआएका थिए।
बाह्रजना बालबालिकामध्ये
दुईजना आर्थिक जोहो गर्न जिल्लाबाहिर
गएको प्रहरीले जनाएको छ। उनको शव
उठाउन समेत पैसा नभए
पछि गाउँमा चन्दा उठाएर
एम्बुलेन्समा शव राखी भरतपुर
पठाइएको प्रहरी निरीक्षक ठकुरीले
जानकारी दिए। रासस
Share this article :

Post a Comment

भिडियो खबर तथा जानकारी

पेट मिचिमिची हास्नुहोस !!

हेर्नुहोस नेपाली ओम सान्ति ओम कमेडी भिडियो

Om Shanti Om - Parody (Nepali)