भारतबाट घर फर्किँदै गरेका युवालाई नसालु पदार्थ सुँघाएर लुटियो

Wednesday, October 24, 2012 | comments

कञ्चनपुर, कात्तिक ७- दशैं मनाउन भारतको गाजीयावादबाट मजदुरी गरेर घर फर्कंदै गरेका कञ्चनपुरको भीमदत्तनगरपालिका- १८ कटानका भीमदत्तलाई भारतको रोडबेजको युके ०७/१३०७ नम्बरको बसमा नसालु पदार्थ सुँघाएर लुटपाट गरिएको छ। नसालु पदार्थ सुँघाएर लुटेराले उनीसँग रहेको भारतीय छ हजार रुपैयाँ लुटेर लगेको भारतीय प्रहरीले बताएको छ। उनको झोलामा रहेको सामान भने सुरक्षित छ।
बसमै बेहोस भएपछि उनलाई टनकपुरमा रहेको संयुक्त चिकित्सालयमा भर्ना गरिएको छ। उनी अहिले होसमा आएको भारतीय प्रहरीले बताएको छ। भारतीय प्रहरीका अनुसार दशैंका लागि घर फर्कने आधादर्जन बढी नेपालीलाई लुटेराले नसालु पदार्थ खुवाएर र सुँघाएर लुटपाट गरी सकेका छन्।

यस नाका भएर हाल एक हजारको हाराहारीमा भारतबाट नेपालीह घर फिर्ता भइरहेका छन्। रासस
Share this article :

Post a Comment

भिडियो खबर तथा जानकारी

पेट मिचिमिची हास्नुहोस !!

हेर्नुहोस नेपाली ओम सान्ति ओम कमेडी भिडियो

Om Shanti Om - Parody (Nepali)