एक सफ्टवेयर सुरक्षा कम्पनीको सर्वेक्षणका अनुसार यतिखेर इन्टरनेटमा सनी धेरै सर्च हुने बलिउडवालाहरु मध्येमा पर्छिन् । आजभोलि सनीको पोर्न साइट र तस्वीरहरु ज्यादा सर्च हुनेमा पर्ने उक्त कम्पनीले दाबी गरेको छ ।
तर, कम्पनीका अनुसार सनीको अनुहार देखाएर केही गलत व्यक्तिहरुले कम्प्युटरमाथी आक्रमण गर्न सक्छन् र मानिसको एकाउन्ट समेत ह्याक हुन सक्छ । सनीको तस्वीर भनेर देखाएर भाईरसको आक्रमणमा पार्नसक्ने सर्वेक्षणले देखाएको हो । सनीसँगै भाईरस फैलाउन बलिउडका कयौं अभिनेत्रीहरुको प्रयोग भईरहेको बताइएको छ । तर, यसमा पनि सबैभन्दा बढी भाईरस फैलाउन सनीको प्रयोग भएको सुरक्षा कम्पनीले जनाएको छ ।
जब सनीको आर्कषक तस्वीर या भिडियो हेर्नको लागि साईट क्लिक गरिन्छ त तब त्यसमा भाईरस हुने सम्भावना ९.९५ प्रतिशत रहन्छ । उक्त सर्वेक्षणले पछिल्लो वर्ष यस्तो जोमिखको शीर्ष स्थानमा रहेकी नायिका कैटरिनालाई ८.२५ प्रतिशतका साथ दोस्रो स्थानमा देखाएको छ ।
त्यस्तै यस्तो जोखिम हुनेको लिस्टमा एकमात्रै अभिनेता सलमान खान आठौं नम्बरमा रहेको सर्वेक्षणमा देखाइएको छ ।
Post a Comment