भारतमा अध्ययन गरिरहेकी नेपाली युवतीको सामूहिक बलात्कार

Monday, October 15, 2012 | comments

भारतको बंगलौरमा कानुनअध्ययन गरिरहेकी एक नेपाली युवती सामूहिक बलात्कारको शिकार भएको भारतीय समाचार एजेन्सी डिएनएले आज जनाएको छ। २२ वर्षकी युवतीलाई आठ जनाको समूहले शनिबार यौन दुर्व्यवहार गरेको सो समाचार एजेन्सीलेबताएको छ। युवतीको परिचय खुलाइएको छैन तर उनी कानुनको दोस्रो वर्षको विद्यार्थी भनिएको छ। समाचार एजेन्सीका अनुसार आफ्ना ब्वाइफ्रेन्डसँग शनिबार राति बंगलौर युनिभर्सिटीनजिक ै घुमिरहेको बेला यो घटना भएको हो। उनीहरुले पहिले पैसा र गहना मागेका थिए। आफ्नो पर्स कारमा रहेको बताएपछि उनीहरुले निर्मल (ब्वाइफ्रेन्ड) लाई लिएर आउन धम्क्याएका थिए। पैसा लिएर फर्कँदा युवतीसहित त्योसमूह गायब थियो। त्यसपछि उनी फेरि ल क्याम्पस गए, त्यहाँ भेटिएका एक प्रहरीलाई घटना बारे बताएपछि दुवैले टर्चलाइट बाल्दै खोज्न थाले। प्रहरीले चार किलोमिटर टाढाको ज्ञानभारती क्याम्पस नजिकैको जंगल क्षेत्रमा युवतीलाई फेला पारे। उनको लुगा च्यातिएको थियो। प्रहरीलाई उनले आफूसित यौन दुर्व्यवहार भएको उजुरीदिएकी छिन्।
Share this article :

Post a Comment

भिडियो खबर तथा जानकारी

पेट मिचिमिची हास्नुहोस !!

हेर्नुहोस नेपाली ओम सान्ति ओम कमेडी भिडियो

Om Shanti Om - Parody (Nepali)