त्रिभुवन विमानस्थल नजिकै विमान दुर्घटना, १९ को मृत्यु (तस्बिरहरु सहित)

Thursday, September 27, 2012 | comments

   (तस्बिरहरु सहित)  


१२ असोज, काठमाडौं । काठमाडौंबाट लुक्लाको लागि उडेको सीता एयरको विमान उडेको दुई मिनेटमै त्रिभुवन विमानस्थल पछाडी पेप्सिकोला सिनामंगलमा दुर्घटना भएको छ । 9NAHA615 को
डोर्नियार विमान बिहान ६ बजे र १५ मिनेट जाँदा दुर्घटनामा परेको थियो । विमान जलेर पूर्ण रुपमा ध्वस्त भएको छ भने विमानमा सवार चालक दलसहित १९ जनाको मृत्यु भएको छ । दुर्घटना सुकुम्बासी बस्तीबाट नजिक मनोहर खोलामा भएको थियो । मृत्यु हुनेमा चालक दलका क्याप्टेन विजय तन्डुकार, सहक्याप्टेन प्रकृति थापा र परिचारिका रुजा शाक्य रहेको र मृत्य हुने यात्रुको पहिचान भने खुल्न सकेको छैन ।

प्रत्यक्षदर्शीका अनुसार विमानको अगाडिको भागमा आगोलागी भएको थियो भने मानिसहरु चिच्याइरहेको आवाज आइरहेको थियो । लास क्षतविक्षत अवस्थामा पाइएका छन् भने विमानमा कोही पनि जिवित नरहेको पाइएको छ । प्राविधिक कारणले विमानलाई विमानस्थलमा फर्काउन खोज्दा खोज्दै दुर्घटना भएको थियो । घटनामा सेना, प्रहरी, शसस्त्र प्रहरी, एयरपोर्टका सुरक्षा अधिकारी लगायत दमकल, एम्बुलेन्सको बाक्लो उपस्थिति रहेको छ ।
तस्बिरः विनिता दाहाल







Share this article :

Post a Comment

भिडियो खबर तथा जानकारी

पेट मिचिमिची हास्नुहोस !!

हेर्नुहोस नेपाली ओम सान्ति ओम कमेडी भिडियो

Om Shanti Om - Parody (Nepali)