INTERSTING
इटलीका पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीले कम उमेरकी नाइट क्लब डान्सरका साथ सेक्स गर्नका लागि पैसा दिएको आरोप अश्विकार गरेका छन् । उनीमाथी मिलानमा मुद्दा चलिरहेको छ । बर्लुस्कोनीका अनुसार उनको घरमा कहिल्यै पनि ‘ सेक्स संग जोडिएको’ कुनै कार्यक्रमको आयोजना नभएको बताएका छन् । उनी यस मुद्दाको सुनवाईमा अचानक पुगेका थिए ।
बर्लुस्कोनीले उनको एक पार्टीमा करीमा अल-महरूग नामकी ती युवती आएको भने स्विकार गरेका छन् साथै उनले ती युवतीको उमेर सोध्दा २४ बर्षको भएको बताएकी थिइन् । अल-महरूगले भने आफुसंग १७ बर्षको उमेरमा पूर्व प्रधानमन्त्री बर्लुस्कोनीले १३ पटक सेक्स गरेका थिए भन्ने आरोप लागएकी छन् । इटलीमा १८ बर्ष भन्दा कम उमेरकी युवतीसंग यौन सम्बन्ध राख्नका लागी पैसा दिन पाइँदैन् । बर्लुस्कोनी रूबी नामले चिनिने अल-महरूगका साथ त्यतिबेलासम्म सेक्स गरेका थिए, जब उनी १७ बर्षकी थिइन् । यसका लागी उनलाइ पैसा पनि दिइएको भन्ने आरोप लगाइएको छ । त्यति बेला बर्लुस्कोनी ७० बर्षका थिए । उनीमाथि प्रधानमन्त्रीको प्रभावको प्रयोग गर्दै ती युवतीलाइ प्रहरी हिरासतबाट छुटाउनका लागी मद्दत गरेका थिए भन्ने पनि आरोप पनि लागेको छ । तर बर्लुस्कोनीले भने उनले कहिल्यै पनि मिलान प्रहरीमाथि कुनै प्रकारको दबाव दिएका छैनन् भनेका छन् । मोरक्कोबाट आएकी अल-महरूग चोरीको एक आरोपमा पक्राउ परेकी थिइन् । सेक्स पार्टिहरूसंग जोडिएको यस मुद्दामा बर्लुस्कोनीले ती ७८ जना साक्षीहरूको सूची पेश गरेका छन्, जसमा उनले रियाल म्याड्रिडका फ़ुटबलर क्रिस्टियानो रोनाल्डो र हलीउड स्टार जर्ज क्लूनी पनि समाबेस छन्र । यी सबै बर्लुस्कोनीको एक पार्टीमा पाहुना भैसकेका छन् । उनले यी सबै जनाका लागी आफुले डिनरको आयोजना गरेका थिए । जसमा सबैजनाले साथमा बसेर खाना खाएका थिए ।
INTERSTING
एक अध्ययनले छोटा तथा कामुक पहिरन लगाउने तथा कामुक देखिन चाहने महिलाहरू खासै क्षमतावान् नहुने तथ्य पत्ता लगाएको छ। लाइभ साइन्समा प्रकाशित अध्ययन-प्रतिवेदनअनुसार अमेरिकाको ओहियोको क्यानयोन कलेजको एक समूहले उक्त तथ्य पत्ता लगाएको हो। अनुसन्धानकर्ताहरूका अनुसार छोटा तथा कामुक पहिरन लगाउने युवतीहरू कम सक्षम हुन्छन्, जबकि सामान्य पहिरन लगाउने महिला बढी क्षमतावान् हुन्छन्। अनुसन्धानकर्ता मनोविज्ञ सारा मुर्नेनका अनुसार अध्ययनमा १ सय ६ जना महिलासमेत गरी १ सय ६२ जना विद्यार्थी सहभागी थिए। ती सबैलाई ३ समूहमा विभाजन गरी विभिन्न खालका पहिरन लगाएका युवतीका तस्बिर दिएर ती युवतीको बुद्धिमत्ता, सक्षमता आदिको तुलना गर्न अर्हाइएको थियो। त्यस क्रममा लगभग सबैजसोले कम कपडा लगाएका अर्थात् सेक्सी पहिरन लगाएका युवतीहरूको क्षमता, बुद्धि तथा निर्णय क्षमता सामान्य पहिरन लगाउने युवतीको भन्दा कम हुने बताएका थिए। मनोविज्ञहरूका अनुसार सेक्सी पहिरन लगाउने सबै युवतीलाई कम क्षमतावान् भन्न नमिल्ने भए पनि कामुक पहिरन लगाउन मन गर्ने धेरैजसो युवती आफ्नो असक्षमता लुकाउन पहिरनलाई कामुक बनाउने प्रयास गर्छन्।
INTERSTING
काठमाडौं । पर्दामा चिटिक्क देखिने कलाकारहरुको गेटअप देखेर सर्वसाधारणले समेत नक्कल गर्छन् । कपाल त्यही शैलीमा मिलाउँछन्, हिंडाइको चाल पनि आफ्नो मनपर्ने कलाकारकै जस्तो बनाउँछन् । अझ फलानो नायकनायिकाजस्तो देखिएँ ? भन्दै दंग पनि पर्छन् ।
फ्यानलाई यसरी प्रभावमा पार्न उनीहरुले कतिसम्म गर्नुपर्छ तपाइँले कहिल्यै सोच्नुभएको छ ? चाँडै विवाह बन्धनमा बाँधिने बताइरहेकी नायिका सुमिना घिमिरेले विगत तीन वर्षदेखि दई छाकै भात खाएकी छैनन् रे । आफ्नो सुन्दरता जोगाउनै उनले यस्तो गरेकी हुन् । 'देख्दैमा छ्या यस्ती पनि नायिका ? भनेर कसैले प्याच्च भन्यो भने त बोर नै हुन्छ नि,' उनले भनिन्, 'फेरि मोटी भयो भने त फिल्ममा कसले खेलाउँछ र ।' मोटाउने पीरले नै उनले आलु समेत मुखमा हालेकी छैनन् रे । फलफूल, जुस, रोटी, उसिनेको तरकारी उनको नियमित खान्की हो । मासु त उनी उच्चारण गर्दा समेत मोटाइन्छ भनेर परे भाग्छिन् ।
अर्की अभिनेत्री नीता ढुंगाना शरिरको फिगर मेन्टेन गर्न नियमित जिम धाउँछिन् । तर उनी जीउ घटाउन होइन बढाउन जिम गईरहेकी छिन्, सात महिनादेखि । नीताले सुन्दर रहन गरेको प्रयास भने आफैंमा विवादस्पद जस्तो लाग्छ । एकातिर उनी मोटाउन जिम जान्छिन् भने अर्कोतिर एक छाक मात्रै भात खान्छिन् । बेलुका सुख्खा खान्की मन पराउने उनले बताइन् । पेट नबढोस् भनेर एक छाक मात्रै खाएको उनको तर्क छ । हिप बढाउन भने नीता नियमति विहान उठबस गर्छिन् ।
चार दशक उमेर पार गरेर समेत अभिनेत्री करिष्मा मानन्धरको रुप देखेर जोकोही भुतुक्क हुन्छन् । विहान नियमित दुई घण्टा योगा गर्ने उनको शैलीलाई पछ्याएकी छिन्, नायिका गरिमा पन्तले । करिष्माको रुपमा योगाले नै निख्खरता थपेको हुनसक्ने ठहर छ, गरिमाको । 'उहाँको सुन्दरताबाट म प्रभावित छु । तर त्यस्तै देखिन मैले योगा गरेको भने होइन । प|mेस हुन्छ त्यसैले गरेकी हुँ ।'
नायिका रेखा थपा आफू मोटाएको थाहा पाउनसाथै विहानविहान दौडिन थालेकी छिन् । पत्तै नपाई मोटाएको बताउने उनले एउटा फिल्ममा फुटबल खेलाडी बन्नुपर्ने हुँदा कुद्ने अभ्यास गर्दा मोटाएको थाहा पाइन् । 'ऐना हेरेको त गाला समेत पुक्पुक्क लागेछन्,' रेखाले भनिन्, 'तौल पनि बढेछ ।' सुन्दर देखिन भन्दा पनि स्वस्थ रहनका लागि आफू नियमित व्याम गर्ने रेखाको भनाई छ ।
अर्की सुन्दरी केकी अधिकारी पनि स्वस्थ रहन नियमति हल्का व्याम गर्छिन् । शरिर स्वस्थ रह्यो भने मात्रै सबै कुरा परिपक्व किसिमले गर्न सकिने हुँदा आफू शरिरको हेरचाहमा विशेष ध्यान दिने उनी बताउँछिन् । गर्मीमा पानी बढी खाने गर्छिन्, केकी । ग्ल्यामरस सिनबाटै डेब्यु नायिका बिनिता बराल नियमित एक घण्टा योगा गर्ने सुनाउँछिन् ।
अझै पनि निर्देशकहरुले सुन्दर अनुहार र बान्की परेको शारीरिक फिगर हेरेरै नायिका छनौट गर्छन् । जसले गर्दा कलाकारहरु आफ्नै कला निखार्न भन्दा पनि सुन्दरता निफन्न बढी ध्यान दिनुपर्ने बाध्यता छ । नभए कसले पत्याउने ? सुन्दरतासँगै कला पनि हेर्नुपर्ने बताउँछन्, निर्देशक आकाश अधिकारी । अर्का निर्देशक नरेश पौडेल त कलाकारको शारीरिक पक्ष दोस्रोमा राखेर कलाको जाँच पहले गर्नुपर्ने बताउँछन् । जे होस् कथाले मागेपछि सुन्दरता नबचाएर करियर बच्दैन ? कि कसो सुन्दरी महोदयहरु ?
-filmikhabar
INTERSTING
एजेन्सी-भारतको झारखण्ड राज्यमा पर्ने सिमडेगा जिल्लामा आदिवासीहरुको बाहुल्यता छ । यो ठाउँ बिचित्रको छ । यहाँ एक हल गोरु किन्नु परेमा ३० हजार रुपैयाँ लाग्छ । पुरानो मोटरसाइकल किन्नु परेमा २० हजार, पुरानो स्कुटर १५ हजार रुपैयाँ पर्छ । तर यहाँका आदिवासीका छोरीहरु भने सस्तैमा पाइन्छन् ।
बीबीसीले हालै प्रकाशित गरेको एक रिपोर्ट अनुसार त्यहाँ २ हजारदेखि ५ हजार रुपैयाँमा आदिवासीका छोरीलाई दलालहरुले शहरमा लगेर बेच्ने गरेको रहस्य खुलेको छ । यस क्षेत्रबाट कयौं आदिवासी युवती बेपत्ता पनि भएका छन् । उनीहरुलाई राम्रो रोजगारी दिने आश्वासन दिएर सहरमा लगेर दलालहरुले बिक्री गर्ने गरेको बताइन्छ । कयौं गरिब अभिभावकले रोजीरोटीका लागि छोरीलाई शहर पठाउने गरेको पाइएको छ । यसरी पठाउँदा दलालहरु हाबी हुने गरेको र उनीहरुले शहरमा रहेका देहव्यापार गिरोहलाई २ हजार देखि ५ हजार रुपैयाँ सम्ममा युवती बिक्री गर्ने गरेको बताइएको छ ।
हालै ग्रामिण क्षेत्रमा स्थानीयले चार दलाललाई पक्राउ गरे । उनीहरुलाई स्थानीय पञ्चायतमा बुझाइएको थियो । यसरी बुझाइएका दलालमध्ये कै एक एनोस कुजुरलाई पञ्चायतका सामू पेश गरिएको थियो । जिल्ला परिषद सदस्य नील जस्टिन बेक र उपमुखिया विजय एक्काको अगुवाइमा बसेको पञ्चायतमा कुजुरले आफ्नो अपराध स्वीकार गरे । मानव बेचबिखन गर्ने गिरोहबाट आफू दुई युवती बेचेबापत १० हजार रुपैयाँ लिएको उनले स्वीकार गरे ।
INTERSTING
गएको सस्करणमा खुलेआम पोर्न भिडियो निर्माता निर्माण गर्ने पोर्न स्टार सन्नी लियोनलाई सहभागि गराएको बिग बोसले यो सिजनमा भने अर्की भारतीय मुलकी पोर्न स्टार प्रिया राईलाई ल्याउने तयारी गरेको छ । सातामा दुई दिन सञ्चालन गर्ने तयारी गरिरहेको यस सिजनको बिग बोसको प्रस्तुती सलमान खानले गर्ने कार्यक्रममा प्रियालाई आयोजकहरुले नै कार्यक्रम हिट बनाउने भन्दै ल्याउन लागेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन । आगमन हुन लागेकी प्रिया भारतीय मूलकी प्रख्यात पोर्न फिल्मका स्टारको रुपमा चिनिदै आएकी थिइएन ।
भारतको नयाँ दिल्लीमा जन्मिएकी उनको वास्तविक नाम प्रिया अञ्जली राई हो। दुई वर्षको उमेरमा उनलाई अमेरिकी अभिभावकहरुले पालेका थिए। पोर्न फिल्म उद्योगमा प्रवेश गर्नुअघि उनी मोडल थिइन । यस पटकको शो पारिवारिक हुने बताइएको भए पनि टिआरपी घट्दै गएपछि पोर्न स्टारलाई निम्त्याउन लागेको हुनसक्ने अनुमान सञ्चार क्षेत्रका विष्लेषकहरुले गरेका छन ।सन्नी लियोनले बिग बोसकै कारण बलिउड फिल्ममा समेत अभिनय गर्ने मौका पाएकी थिइन् । प्रियाको भने भविष्य के हुने हो, अहिले नै भन्न सकिने स्थिति छैन।